×

NMB BANK
NIC ASIA

‘इम्बोस्ड नम्बर’ जडानको उर्दीले गुर्जुधाराको हिलोमा देखिएको त्यो आतंक [भिडियो]

जेठ २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

यातायात व्यवस्था विभागले २०७८ कात्तिक २२ गते जारी गरेको सूचनाअनुसार २०७८ मंसिर १ गतेदेखि नयाँ सवारी दर्ता गर्दा अनिवार्य इम्बोस्ड नम्बर हुनुपर्ने व्यवस्था गरिएको थियो । उक्त सूचना अनुसार सोही वर्षको १ फागुनदेखि सवारी नामसारी गर्दा र १ जेठ २०७९ देखि सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्दा इम्बोस्ड नम्बर लिनुपर्ने अनिवार्य व्यवस्था भएको थियो ।

Muktinath Bank

यातायात व्यवस्था विभागले बागमती प्रदेशका लागि ललितपुरको एकान्तकुनामा चारपांग्रे र काठमाडौंको गुर्जुधाराबाट मोटरसाइकलमा इम्बोस्ड नम्बर जडान गर्ने व्यवस्था गरेको थियो । सवारी दर्ता जहाँ हुन्छ, त्यहीँबाट इम्बोस्ड पनि लिने व्यवस्था विभागले गरेको थियो तर चर्काे आलोचना भएपछि हाललाई इम्बोस्ड जडान कार्य स्थगित गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले इम्बोस्ड नम्बरलाई सुरक्षा र अन्तर्राष्ट्रिय मापदण्डको बनाउने भने पनि कर उठाउन मात्रै लिएको नीति भनेर आलोचना भएको थियो ।


Advertisment
Nabil box
Kumari

इम्बोस्ड नम्बर जडान गर्न मंगलवार ललितपुरबाट आएका सेवाग्राही सरोज शाक्यले भने, ‘यहाँ सबैतिर अस्तव्यस्त छ, यस्तो तरिकाले १ हप्ताभन्दा बढी समय लाग्ने देखिन्छ ।’

Vianet communication
Laxmi Bank

कार्यालयमै भेटिएका सेवाग्राही बद्री पोखरेलले भने, ‘यो सरकारले चुनावमा भएको खर्च उठाउन र आफ्ना कार्यकर्ता पोस्नका लागि अचानक ल्याएको नियम हो ।’

कीर्तिपुरबाट आएकी अर्की सेवाग्राही इन्द्रकलावती खत्रीले भनिन्, ‘चारैतिर दलाल नै दलाल पछि लागेर हैरान भएको छ, कहिले कता पठाएको छ, कहिले कता ! सबै अस्तव्यस्त छ । आज पनि इम्बोस्ड नम्बर प्लेट पाइएला जस्तो छैन । यो सरकारले हामी सर्वसाधारणलाई धेरै दुःख दिइरहेको छ ।’

इम्बोस्ड नम्बर प्लेट जडान गर्न विभागले ताकेता गरे पनि कर्मचारी अभाव, इम्बोस्डलाई भेहिकल रजिस्ट्रेसन सिस्टम (भीआरएस) मा नजोडिएको, नम्बर प्लेटमा गुणस्तर समेत नभएको गुनासो सम्बोधन हुन सकेको छैन ।

इम्बोस्ड नम्बर प्लेट राख्न २ पांग्रे (मोटरसाइकल/स्कुटर) लाई २ हजार ५००, ३ पांग्रेलाई २ हजार ९०० रुपैयाँ शुल्क तोकिएको छ । 

यस्तो नम्बर जडान गर्न साना ४ पांग्रेलाई ३ हजार २०० र ठूला सवारीसाधनलाई ३ हजार ६०० रुपैयाँ तोकिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार ५, २०७८

कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ । कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् । बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै ...

असार ४, २०७८

काठमाडौंवासीका लागि मेलम्ची खानेपानी आयोजना वर्षाैंको सपना हो । मेलम्ची सपना पूरा हुने गरी हालै उद्घाटन कार्यक्रम समेत भएर अन्तिम परीक्षण भइरहेको थियो । वर्षाैंदेखिको मेलम्ची सपना अन्तिम चरणमा पुगेका बेला ...

कात्तिक ३, २०८०

ललितपुर महानगरपालिकाको खोकनामा शुक्रवार सिकाली जात्रा मनाइएको छ। जात्रामा विभिन्न बाजागाजासहित नेवारी संस्कृतिमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।  स्थानीय बासिन्दा जगतबहादुर डङ्गोलका अनुस...

असार ५, २०७८

मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सा...

जेठ १२, २०७७

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले नक्सा जारी गरेपछि नेपाल र भारत दुवैतर्फबाट ‘प्रमाण जुटाउने युद्ध’ छेडिएको छ । नेपालका तर्फबाट कतिपय प्रमाणहरू मिडियामा छताछुल्ल भएपछि भारतले त्...

असार २३, २०७९

काठमाडौं महानगरपालिकाले काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ । काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खु...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x