×

NMB BANK
NIC ASIA

नेपालमा बिरामीले कसरी हवाई यात्रा गर्न सक्छन् ? के–के आवश्यक हुन्छ ?

जेठ ३०, २०७९

NTC
Premier Steels
  • रत्न राई, सिनियर म्यानेजर, ग्राउन्ड मार्केटिङ, बुद्ध एयर

सामान्य अवस्थामा हवाई यात्रालाई निकै सुरक्षित र छिटो गन्तव्यमा पुग्न सकिने माध्यमका रूपमा बुझिन्छ ।

Muktinath Bank

पछिल्लो समयमा नेपालमा पनि आन्तरिकतर्फ हवाई यात्रा गर्नेहरू दिनानुदिन बढिरहेको तथ्यांकहरूले देखाइरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हवाईयात्राका बारेमा यात्रुहरू वा जनमानस कति जानकार छ भन्नेबारे प्रश्न उब्जिरहेकै पाइन्छ । 


Advertisment
Nabil box
Kumari

हवाईसेवा प्रदायकले बुझाउनुपर्ने कुराहरू बुझाउन नसकेको वा कतिपय अवस्थामा हवाई यात्रुहरूले बुझ्न नचाहेको वा यस्तै कारणले सही जानकारीहरूबाट जनमानस वञ्चित बन्नुपरेको अवस्था रहन्छ । 

Vianet communication

हवाईयात्राका क्रममा सामान्य अवस्था र विशेष अवस्था भनेर छुट्याइएको हुन्छ । 

यहाँ, सामान्य अवस्थाका यात्रु भन्नाले गन्तव्यसम्म पुग्नका लागि एक्लै सक्षम हुने तथा अन्य निगरानी गरिरहनुनपर्ने हुन् । 

अर्को प्रकृतिको यात्रुलाई विशेष किसिमको यात्रु भनिएको हुन्छ । यसमा सामान्य यात्रुभन्दा  अलि बढी चनाखो हुनुपर्ने, विशेष प्राथमिकता दिएर हेरविचार गर्नुपर्ने वा सेवासुविधा दिनुपर्ने यात्रुहरू विशेष यात्रुका रूपमा रहन्छन् ।

यस्तो किसिमका यात्रुहरूमा ‘भीभीआईपी’, भीआईपीका साथै ज्येष्ठ नागरिक, बच्चा, गर्भवती महिला, कैदीबन्दीहरू, अन्य अशक्तता भएका व्यक्तिहरूका साथै बिरामीहरू पनि पर्दछन् । यस्ता यात्रुहरूलाई विमानमा विशेष ‘केयर’ गर्नुपर्ने हुन्छ र गरिन्छ पनि ।

आजको यस लेखमा कस्ता किसिमका बिरामीहरूले कसरी हवाईजहाजमा यात्रा गर्नुपर्ने हुन्छ वा यात्राका लागि के–के आवश्यक हुन्छ भन्नेबारे जानकारी दिन प्रयास गरिएको छ । 

 बिरामीलाई हवाई यात्रा

बिरामी विभिन्न किसिमका हुन्छन् । कोही शारीरिक त कोही मानसिक रोगी हुन्छन् । 

मानसिक रोगीहरूको हकमा बुद्ध एयरले एक्लै बिरामीलाई यात्रा गराउँदैन । उहाँसँग अर्को एक जना सक्षम साथी हुनुपर्छ । सक्षम भन्नाले बिरामी यात्रुको रेखदेख गर्नसक्ने । 

यसका साथै डाक्टरको ‘फिट टु फ्लाई’ प्रमाण पनि आवश्यक हुन्छ ।

हामीले यो खोज्नुका कारण हुन्छ । 

मुख्यगरी एउटा यात्रा नभएर सुरक्षा र सहजताका लागि पनि हो । 

एउटा मानसिक रोगीलाई यात्रा गराइयो भने उहाँले हवाई यात्रा सुरक्षामा खलल गर्ने कार्य हुन सक्छन् । जस्तै हातपात गर्ने वा हल्ला गर्ने वा अन्य किसिमका अवाञ्छित गतिविधि गर्ने हुन सक्छन् । 

त्यसकारण उहाँलाई राम्ररी ह्याडल गर्नका लागि अर्को एकजना सक्षम यात्रु आवश्यक हुन्छ ।

साथै डाक्टरले ‘फिट टु फ्लाई’ प्रमाणित गरिदिनुपर्ने हुन्छ ।

सरुवा रोग भएका बिरामी 

हुन त सरुवा रोग भएका बिरामीलाई यात्रा हिँडडुलमा बन्देज नै हुन्छ । 

हामीले पनि यस किसिमका यात्रुलाई उडानमा निषेध गरेका छौं । यसले कर्मचारीसहित अरू यात्रुहरूलाई सुरक्षामा खलल पुर्‍याउँछ । 

तर कतिपय सरुवा रोगहरू उपचार शुरू भएपछि नसर्ने पनि हुँदा रहेछन् । यस्तो अवस्थामा डाक्टरले उडान गर्न योग्य वा सक्षम भनेर लेखिदिनुपर्छ । डाक्टरले उडान सुनिश्चित गरिदिएमा यस्ता किसिमका यात्रुहरूले उडान गर्न पाउँछन् । 

अक्सिजन दिनुपर्ने बिरामी

कतिपय यात्रुहरू/बिरामीहरू अक्सिजन दिइराख्नुपर्ने हुन्छन् । त्यस्ता बिरामीहरूलाई उडाउन समस्या हुन्छ । 

बुद्ध एयरले सर्टिफाइ अक्सिजनको प्रयोग गर्ने गरेको छ । बिरामी यात्रुका लागि बुद्ध एयरले  म्यानेज गरिदिन्छ । केही गरी बिरामी स्वयंले अक्सिजन ल्याउनुभयो भने पनि २.५ फीट अग्लो र ५ किलोसम्मको पोर्टेबल सिलिन्डरसहित यात्रा गर्न सकिन्छ ।  तर त्यो भन्दा बढीको भयो भने अस्वीकार्य हुन्छ । यो अन्तर्राष्ट्रिय मान्यताविपरित हो । 

यसमा पनि डाक्टरले उडानयोग्य अथवा ‘फीट टु फ्लाई’ सर्टिफाइ गरिदिनु आवश्यक हुन्छ । उहाँलाई चिकित्सकले अक्सिजनको लेभल के कति हुनुपर्छ, सबै खुलाउनुपर्छ । अक्सिजन लेभल मिलाउन नसक्दा जोखिम पनि उत्तिकै हुन्छ ।

अर्को मुख्य कुरा, अक्सिजन लगाएर हिँड्ने मानिस आफैं हिँड्न सक्दैनन् भन्ने हाम्रो बुझाइ हो । यसको मतलब अक्सिजन बोकेर हिँड्ने बिरामीको साथमा एक सबल वा स्वस्थ साथी आवश्यक हुन्छ, तब मात्रै उडानयोग्य हुन्छन् । 

अक्सिजन कन्सन्ट्रेटर प्रयोग गर्ने मेसिन बोकेर हिँड्ने बिरामीहरूको हकमा भने उहाँको अवस्था हेरेर यात्रा अनुमति दिन सकिन्छ । 

‘हामीलाई जबजब समस्या हुन्छ, तबतब अक्सिन्जन लिन्छौँ,’ भन्ने किसिमका बिरामीहरूले जब गाह्रो हुन्छ तब आफैं अन गरेर सहज अवस्थामा आउन सक्छन् । यस्तो बिरामीलाई भने हामी एक्लै यात्रा गराउन सक्छौँ । अक्सिजन कन्सन्ट्रेटर बोकेर हिँड्नेले त्यसलाई चलाउन सक्ने हुनुपर्छ । उहाँलाई भने सहयोगी साथी आवश्यक हुँदैन ।

गर्भवती अवस्था

गर्भवती महिलाको अवस्था भनेको संवेदनशील अवस्था हो । हवाई यात्रामा यस्ता यात्रुहरूको विशेष ध्यान दिनुपर्छ । त्यसकारण यसमा पनि हामीले केही सुरक्षाका शर्तहरू राखेका छौँ ।

२८ हप्ताभन्दा मुनिको गर्भवतीले सहजै उडान गर्न पाउँछन् । तर पनि गर्भवती भनिसकेपछि उहाँहरूको प्यासेन्जर प्रोफाइल हेरिरहेका हुन्छौँ । हामीले त्यसै भएर काउन्टरमै आउनुपर्छ भनेको कारण पनि त्यै हो । त्यहाँ हामीले शारीरिक रूपमा कति स्वस्थ वा सहज हुनुहुन्छ अनुगमन गर्ने हो । 

२८ हप्ताभन्दा माथि ३६ हप्तासम्मको गर्भवती, जसको गर्भमा एकमात्रै बच्चा छ भने उहाँहरूलाई उड्न दिइन्छ । यसका लागि चिकित्सकले फीट टु फ्लाई सुनिश्चित गरेको हुनुपर्छ ।

२८ हप्ताभन्दा माथिको गर्भमा २ जना बच्चा छन् भने उहाँहरूलाई ३२ हप्तासम्मको अवस्थामा मात्रै उडान गराउँछौँ । उहाँलाई पनि चिकित्सकले फीट टु फ्लाई सुनिश्चित गर्नुपर्छ । 

गर्भवती महिलाहरूका लागि हामीले सीटमा क्याबिन क्रुलाई विशेष निगरानीका लागि जानकारी दिएका हुन्छौँ । 

कतिपय अवस्थामा क्याप्टेनलाई नै पनि जानकारी दिएका हुन्छौँ ।

गर्भवती महिलाहरूका लागि मात्रै नभएर विशेष आवश्यकता भएका हरेक यात्रुलाई हामीले यसरी निगरानी गर्ने गरेका छौँ । 

स्ट्रेचरको बिरामी 

स्टेचरका बिरामीहरू पनि बुद्ध एयरले बोकिरहेको छ । 

जो बसेर आउन सक्दैनन्, त्यस्ता बिरामीलाई स्ट्रेचरमा बोकिन्छ । एउटा प्लेनमा २ वटासम्म स्ट्रेचर राख्न सकिन्छ । 

यसमा चिकित्सकले फीट टु फ्लाई दिनुपर्ने हुन्छ । यसका लागि हामीललाई २४ घन्टा अगाडि नै जानकारी चाहिन्छ भनेका छौँ तर विशेष परिस्थितिमा ३/४ घन्टामा थाहा पाएमा पनि सम्भव हुन्छ । 

यो समय हामी तयारी हुनका लागि हो । 

जानकारीमा आएपश्चात काठमाडौंबाट स्ट्रेचर लैजानुपर्ने हुन्छ । २ जना टेक्निसियन जानै पर्छ । यसका लागि ४ वटा दुईतर्फी सिट आवश्यक हुन्छ । यस्तै स्ट्रेचर फीट गर्न करीब ४५ मिनेट समय लाग्छ । सबै प्रक्रियाहरू पूरा गर्न करीब डेढ घण्टा लाग्छ । एउटा उडानमा हामी दुईवटा स्ट्रेचरसम्म फिट गर्नसक्छौं ।

सामान्य अवस्था जस्तै हाँत भाँचिएको, खुट्टा भाँचिएको अवस्थामा हामीले फीट टु फ्लाई मागेका हुँदैनौँ । विशेष परिस्थिति वा यात्रुको स्वास्थ्य जटिल लागेमा हामीले फीट टु फ्लाई माग्छौं ।

स्ट्रेचर सुविधा बुद्धबाहेक अरू कुनैमा छैन । त्यसैगरी हामीले सर्टिफाइड अक्सिजन मात्रै प्रयोग गर्छौं । यस्तै ह्वीलचेयर गुडाउनका लागि प्यासेन्जर्स र्‍याम्प छ । बाहिर राखिएको त्यो भर्‍याङले ह्वीलचेयर गुडाउन तथा बिरामीलाई सहज रूपमा जहाजको सिटसम्म पुर्‍याउन सक्छ ।

यात्रुहरूले टिकट काटेर हवाईयात्रा गर्न पाइन्छ भन्ने हुँदैन । समयमै विमानस्थल, सुरक्षा चेकजाँच पास गरी चेकइन काउन्टरमा आउनुपर्ने हुन्छ । हामीले हरेक यात्रुको शारीरिक अवस्थाको निगरानी गरेका हुन्छौं । गन्तव्यसम्म पुग्न उहाँको शारीरिक सक्षमता निक्र्यौलपछि मात्रै बोर्डिङ पास दिन्छौं । यो अन्तर्राष्ट्रिय प्रचलन नै हो ।  

पुगिने गन्तव्यमा सेवा 

हामीले यात्रुहरू सबैलाई सुरक्षित र सहज रूपमा गन्तव्यमा पुर्‍याउँछौँ । स्पेशल सर्भिस भनेर राखेका छौँ । सिस्टममै यस्तो किसिमको बिरामी आउँदै हुनुहुन्छ, निगरानीमा राख्नु भन्ने खालको जानकारी दिन्छौँ । साथै अधिकांश समयमा हामीले फोनमार्फत पनि जानकारी दिन्छौँ । कतिपय अवस्थामा एम्बुलेन्स पनि बोलाइदिएका हुन्छौँ ।

(बुद्ध एयरको ग्राउन्ड मार्केटिङका सिनियर म्यानेजर रत्न राईसँगको कुराकानीमा आधारित)
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x