माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
असार १२, २०७९
शनिवार (जुन २५) मा रुसी सैनिक तथा डोनबास क्षेत्रका दुई जनगणतन्त्रका मिलिसियाले सेभेरोडोनेत्स्क शहर नियन्त्रणमा लिएका छन् ।
उक्त क्षेत्रबाट पछि हट्नका लागि युक्रेन सरकारले आफ्ना सैनिकहरूलाई शुक्रवार नै आदेश दिइसकेको छ । सैनिकहरूले प्रतिरक्षा गर्न असम्भव रहेकाले पछि हट्न भनिएको हो । आजोट कारखाना रहेको औद्योगिक क्षेत्र समेत रुसको नियन्त्रणमा पुगेको छ ।
यससँगै त्यस क्षेत्रमा बग्ने सेभेर्स्की डोनेट्स नदीको बायाँ किनाराका साथै बोरोव्सकोये, भोरोनोभो र सिरोटिनो शहर पनि रुसी सैनिकहरूको पूर्ण आधिपत्यमा छन् ।
त्यसो त युक्रेनले उक्त क्षेत्रबाट आफ्ना सैनिकहरूलाई पछि हट्न लगाएर आफूअनुकूल रहेको तथा प्रशस्त हातहतियार भएको पोजिसनमा राखेको दाबी गरेको छ । सेभेरोडोनेत्स्कका मेयर अलेक्जेन्डर स्ट्य्रुकले युक्रेनी सेनालाई रुसी फौजहरूले घेराबन्दी गर्न नसकेको भनी आफ्नो हारको सकारात्मक व्याख्याको कोशिश गरे ।
मरिउपोलको आजोभस्टालमा झैं सेभेरोडोनेत्स्कको आजोट कारखानामा युक्रेनी सैनिकहरूले सर्वसाधारणलाई बन्दी बनाएर रुससँग लामो लडाइँ गर्ने योजना बनाएका थिए । तर चेचेन्याका प्रमुख रमजान कादीरोभका अनुसार, ८०० सर्वसाधारण आजोट कारखाना छोडेर गएका छन् र त्यो रुसको पूर्ण नियन्त्रणमा आइसकेको छ ।
युक्रेनबाट पृथक् भएको घोषणा उहिल्यै गरिसकेको लुगान्स्क जनगणतन्त्रका लगभग सबै क्षेत्रबाट अब युक्रेनले पूर्ण रूपमा नियन्त्रण गुमाइसकेको छ । सेभेरोडोनेत्स्कमा विजय प्राप्त गरेपछि रुसी फौजहरू लिसिचान्स्क शहरबाहिर पुगेर युक्रेनीहरूसँग लडाइँ गरिरहेका छन् । डाँडामाथिको लिसिचान्स्क शहर पनि रुसको नियन्त्रणमा गएमा सम्पूर्ण लुगान्स्क क्षेत्र रुसको नियन्त्रणमा पुग्नेछ ।
डोनेत्स्क क्षेत्रसँग सीमा जोडिएको लिसिचान्स्क कब्जामा लिएपछि रुसी फौजहरूको नजर डोनेत्स्कको स्लोभयान्स्क र क्रामातोर्स्क शहरमा पर्नेछ । तिनमाथि नियन्त्रण कायम गर्न सकेमा रुसले डोनबास क्षेत्रलाई युक्रेनी शासनबाट मुक्त गर्ने लक्ष्य हासिल गर्नेछ ।
सेभेरोडोनेत्स्कबाट युक्रेनीहरू हप्तौंअघि पछि हटिसक्नुपर्ने थियो । यसभन्दा लिसिचान्स्कको प्रतिरक्षा गर्न बढी सहज हुन्थ्यो । तर युक्रेनीहरूले प्रत्याक्रमण गरिरहे ।
पश्चिमको हतियार नआउन्जेलसम्म रुसी सुरक्षाफौजहरूलाई अल्झाएर राख्न उनीहरूले त्यसो गरेको दी इकोनोमिस्ट पत्रिकामा प्रकाशित एक सामग्रीमा उल्लेख छ । अमेरिकाले युक्रेनलाई दिन खोजेको हिमार्स रकेट लोन्च प्रणालीको प्रतीक्षामा युक्रेनी फौजहरूले सेभेरोडोनेत्स्कलाई प्रतिरक्षा गरिरहेका हुन् । अहिले हिमार्स हतियार प्रणाली युक्रेनी भूमिमा पुगिसकेको छ तर त्यसले युद्धको दिशा बदल्ने कुरा शंकाको घेरामा छ ।
अनि रुसी सैनिकहरूलाई अन्य क्षेत्रहरूमा तैनाथ हुनबाट रोक्नका लागि सेभेरोडोनेत्स्कमा अल्झाएर राखिएको हो । त्यसबाहेक रुसी सैनिकहरूलाई व्यापक हताहती गराएर संख्या घटाइदिने लक्ष्य पनि युक्रेनीहरूले लिएको देखिन्छ ।
शहरी युद्धकलामा युक्रेनीहरूको दक्षता देखिएकाले पनि उनीहरू सेभेरोडोनेत्स्क शहरमा लडिरहेका थिए । खुला ठाउँमा एकअर्काविरुद्ध आर्टिलरी प्रहार गरी लड्ने हो भने रुसले युक्रेनलाई सजिलै हराइदिन्छ ।
तर जस्तो उद्देश्य लिएर लडेको भए पनि युक्रेनी फौजहरू सेभेरोडोनेत्स्कबाट पछि हट्न बाध्य भएका छन् । युक्रेनका लागि यो ठूलो क्षति हो तर ऊ र अमेरिकाले यसलाई महत्त्वहीन घटनाका रूपमा प्रस्तुत गर्न खोजिरहेको छ । अमेरिकाको रक्षा मन्त्रालयले सेभेरोडोनेत्स्क जित्नु रुसका लागि सानो लाभ मात्र भएको प्रतिक्रिया दिएको छ ।
त्यसो त लिसिचान्स्क पनि लामो समय युक्रेनको नियन्त्रणमा रहने देखिएको छैन । रुसले डोनेत्स्कमा रहेको बाखमुट शहरबाट लिसिचान्स्क आउने मूल सडकलाई अवरुद्ध गर्न खोजिरहेको छ ।
बाखमुट शहर कब्जा गर्नका लागि रुसीहरू लगातार अघि बढिरहेका छन् । त्यसमा कब्जा गर्न उनीहरू सफल भएमा लिसिचान्स्क तथा त्यस नजिकका अन्य क्षेत्रमा रहेका युक्रेनी सैनिकहरूले हातहतियार तथा खानपिनको सामग्री किएभबाट ल्याउन पाउने छैनन् । त्यस्तो अवस्थामा रुसी सेनासमक्ष आत्मसमर्पण गर्नुबाहेक उनीहरूसँग अर्को विकल्प रहने छैन ।
अहिले पनि चोरबाटो र कच्ची बाटो भएर लिसिचान्स्कमा सामग्रीहरू ल्याउन सकिने सैन्य विश्लेषकहरू बताउँछन् । तर लुगान्स्कभन्दा पश्चिममा रहेको पूरै क्षेत्रमा रुसले लगातार गोलीको वर्षा गरिरहेको छ । त्यसैले युक्रेनी सैनिकहरूको जत्थालाई सुरक्षित रूपमा लिसिचान्स्क पुग्न निकै गाह्रो छ ।
तैपनि युक्रेनले नयाँ सैन्य इकाइहरू लिसिचान्स्क पठाइरहेको छ । रुसीहरू त्यसबाट खुशी नै छन् किनकि उनीहरूको लक्ष्य युक्रेनको असैन्यीकरण हो । आफूले लडाइँ गरिरहेको ठाउँमा नै युक्रेनी सैनिकहरू मर्न आइपुग्दा रुसलाई आफ्नो लक्ष्य हासिल गर्न सहजता प्राप्त भएको छ । डोनबास गुमाएर पनि युक्रेनले युद्ध जारी राखेमा रुसले ओडेसा समेत हात पारेर युक्रेनलाई कमजोर भूपरिवेष्ठित राज्य बनाइदिनेछ ।
डोनबास क्षेत्रलाई युक्रेनी शासनबाट मुक्ति तथा युक्रेनको असैन्यीकरणको लक्ष्य रुसले हासिल गर्न लागेपछि पश्चिममा निराशाको बादल छाएको छ । युद्धपरस्त पश्चिमी सञ्चारमाध्यमहरू पनि अमेरिकी हतियार सहयोगका बावजूद युक्रेनले अब यो लडाइँ जित्न सक्दैन भन्न थालेका छन् । नेटोका महासचिव जेन्स स्टोल्टनबर्ग र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यो युद्ध लामो समसयसम्म जाने भने पनि पश्चिमी जनतामा युद्धप्रतिको उत्साह देखिन छोडेको छ ।
हुँदाहुँदा अमेरिकी गुप्तचर निकाय सीआईएका पूर्व कर्मचारी ग्राहम फुलरले समेत रुसको विजय अवश्यम्भावी रहेको स्वीकार गर्दै एक साताअघि आफ्नो वेबसाइटमा एउटा लेख लेखेका छन् ।
फुलरका अनुसार, अमेरिका र नेटोले मस्कोको विरोधका बावजूद जानीजानी रुसको सीमानजिक नेटो विस्तार गरेकाले युद्धको स्थिति आएको हो । युक्रेनले तटस्थ रहन मानेको भए युद्ध नै हुने थिएन । वाशिङटनले रुसको हार हुनैपर्छ भनी युद्धलाई भड्काउन खोज्नु भूल थियो ।
फुलर थप्छन्, वाशिङटनले जे भने पनि रुसले यो युद्ध जितिरहेको छ अनि युक्रेनले युद्ध हारिसकेको छ । यस युद्धका कारण रुसलाई पुगेको दीर्घकालीन क्षति बहसको विषय हो ।
अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धले रुसलाई भन्दा युरोपलाई बढी क्षति गरिरहेको छ । विश्व अर्थतन्त्र सुस्त बनेको छ र कैयौं विकासशील मुलुकहरूमा गम्भीर खाद्यान्न अभाव तथा भोकमरीको जोखिम बढेको छ ।
त्यस्तै स्वतन्त्र भूराजनीतिक तथा सैन्य विश्लेषक ड्रागो बोस्निकले रुसलाई धराशायी बनाउने पश्चिमको आत्मविश्वास चुरचुर भएको तर्क गरेका छन् । युक्रेनले लगातार हार बेहोरिरहेकाले मानिसहरू अब युक्रेन युद्धमा चासो देखाउन छोडेको उनी लेख्छन् । पश्चिमी प्रतिबन्धका कारण रुसलाई भन्दा पश्चिमलाई बढी नकारात्मक असर परेपछि मानिसहरूको उत्साह झन् मरेको हो ।
रुसलाई दण्डित गर्नुपर्छ भनी चर्को स्वर उराल्ने अमेरिकीहरू पनि अब आजित हुन थालेका छन् । गत अप्रिल महिनामा एसोसिएटेड प्रेसले गरेको सर्वेक्षणमा बहुमत अमेरिकी मतदाताले अमेरिकालाई आर्थिक पीडा पुग्ने भए पनि रुसविरुद्ध कठोर प्रतिबन्ध लगाउनुपर्ने मत राखेका थिए ।
तर मे महिनामा आइपुग्दा ५१ प्रतिशत अमेरिकीहरूले रुसलाई हराउनु भन्दा पनि अमेरिकी अर्थतन्त्रलाई जोगाउनु बाइडन प्रशासनको प्राथमिकता हुनुपर्ने बताए । तेलको मूल्य आकासिएर अत्त्याएपछि अमेरिकीहरूको जोश घट्न थालेको छ ।
रुसको विजयले अमेरिकाको एकध्रुवीय प्रभुत्वलाई विधिवत अन्त्येष्टि गरिदिएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता यसको घोषणा नै गरिसकेका छन् । रुसलाई युद्धमा हराएर आफ्नो प्रभुत्वप्रति नतमस्तक बनाउने अमेरिकी सपना चकनाचुर भएको छ ।
यस घटनापछि रुसको भूराजनीतिक प्राथमकितामा युरेसिया क्षेत्र पर्ने सुनिश्चित रहेको फुलर लेख्छन् । हुन पनि युरोपप्रति रुसको केही मायाममता थियो भने त्यो पनि युक्रेन युद्धले ध्वस्त पारेको छ ।
अब आफ्नो आर्थिक भविष्य आन्ध्र नभई प्रशान्त महासागरमा नै भएको रुसी अभिजातहरूले बुझिसकेका छन् । उनीहरूले चीनसँगको सम्बन्ध थप मजबूत बनाएर अमेरिकालाई संसारभरि एकपक्षीय सैन्य तथा आर्थिक हस्तक्षेप गर्नबाट रोक्नेछन् ।
अमेरिकी प्रभुत्वको दह्रो स्रोतका रूपमा रहेको डलरको दबदबालाई परास्त गर्न उनीहरूको साझेदारी कायम रहनेछ । अमेरिकालाई युरेसिया क्षेत्रमा लडाइँ गर्न अमेरिका र चीनले मिलेर रोकेछन् भने अमेरिकी प्रभुत्वको अर्को स्रोत हतियार व्यापारलाई पनि धक्का लाग्नेछ ।
एघार दिनअघि सिरिया र इराकको सीमामा रहेको अल–तन्फ शहरमा अमेरिकी अड्डामा बसेका आतंकवादी समूहहरूका विरुद्ध रुसका लडाकू विमानले गरेको कारवाहीबाट वाशिङटनलाई मस्कोले दह्रो सन्देश दिएको हुन सक्छ ।
त्यसैले सेभेरोडोनेत्स्क शहरमा रुसी नियन्त्रण र सम्पूर्ण डोनेत्स्क क्षेत्रमा हुन लागेको युक्रेनको लज्जास्पद पराजयले विश्व व्यवस्था परिवर्तनको झलक दिएको भन्न सकिन्छ । युक्रेनमार्फत रुससँग छद्मयुद्ध गरेको अमेरिकालाई यो हार पचाउन निकै गाह्रो पर्नेछ ।
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...