भदौ ३१, २०८०
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाकी कुमारी थापा मुटु दुख्ने समस्याले छट्पटिएको लामो समय भयो । यसबीचमा उनी कहिले घरबाट २/३ घण्टा हिँडेर स्थानीय स्वास्थ्यचौकी पुगिन् त कहिले उपचारका लागि भनेर सदरमुकाम मुसिक...
असार २०, २०७९
‘विगत ३० वर्षको अवधिमा काठमाडौंको तापमान औसत १.६ डिग्रीले बढेको छ भने साउथ एसियामा औसत १.८६ डिग्रीले तापमान बढेको छ,’ लोकान्तरसँगको कुराकानीमा जलवायु परिवर्तन तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले भने ।
जबकि सन् २०२१/२२ को रेकर्ड अनुसार विश्व तापमान औसतमा १.१ डिग्रीले मात्र बढेको छ । ‘यसरी हेर्दा विश्व तापमानभन्दा काठमाडौंको तापमान बढी देखिन्छ,’ उनले गुनासो पोखे ।
‘हाम्रो औद्योगिक क्षेत्रबाट उत्सर्जन हुने कार्बनलगायत अन्य हरितगृह ग्यासहरूको कारणले गर्दा वायुमण्डलमा कार्बन उत्सर्जन हुन्छ, यसले समग्र वायुमण्डलको तापक्रममा असर पार्छ जुन जलवायु परिवर्तन हो,’ डा. उप्रेतीले भने ।
उनका अनुसार सन् २०२१/२२ को रेकर्डअनुसार समग्र विश्व तापमान औसत १.१ डिग्रीले बढेको छ भने विगत ३० वर्षको अवधिमा काठमाडौंको तापमान १.६ डिग्रीले बढेको छ ।
त्यस्तै साउथ एसियामा १.८६ तापमान बढेको छ । ‘यसरी हेर्दा विश्वमा औसत १.१ डिग्रीले बढ्दा काठमाडौंमा त्यो भन्दा बढी १.६ डिग्रीले बढेको छ । त्यही भएर यसले पार्ने असर पनि हाम्रो देशमा बढी पार्ने सम्भावना देखियो, यसले हामी धेरै जोखिममा रहेको देखाउँछ,’ उनले निष्कर्ष निकाल्दै लोकान्तरको टिमलाई सुनाए ।
डा. उप्रेतीका अनुसार अस्ट्रेलिया र इन्डोनेसियामा समुन्द्रको तापक्रम कस्तो रहन्छ, त्यसले साउथ एसियाको तापक्रमलाई प्रतिनिधित्व गर्छ । त्यसैले हाम्रो वरिपरिको तापक्रमले मात्र हामीलाई असर गर्छ भन्ने मात्र पनि होइन विश्वमा जसरी जलवायुमा परिवर्तन हुन्छ, त्यसले पनि हाम्रो देशमा असर गर्छ । जसको असर आज–भोलि हाम्रो हिमाली क्षेत्रमा पहिलेको भन्दा धेरै पानी परेर शुरू भएको छ ।
डा. उप्रेतीले प्रष्ट पार्दै भने, ‘यसले गर्दा बिना मनसुन पनि वर्षा भएको छ । पोहोर सालको कात्तिकमा सुदूरपश्चिममा धेरै ठूलो वर्षा भयो । किसानले काट्न लागेको धान बाली नष्ट गर्यो । त्यसैगरी मेलम्चीमा बाढी आयो जसले गर्दा बीसौँ वर्षदेखिको मेलम्ची आयोजना क्षणभरमै ध्वस्त बनाइदियो ।’
उनी भन्छन्, ‘यसरी भन्नुको अर्थ जलवायु परिवर्तनको असरहरू देखिएका छन् । यसले समग्र हाम्रो पानी पर्ने प्रणाली, हावाको प्रणाली, चट्याङ पर्ने प्रणाली समग्र विपदका घटनाहरू बढेका छन् ।’
कार्बन सोस्ने तत्त्वहरूकै विनाश हुनु, जस्तो वनजंगल मासिनु, शहरीकरण बढ्नु, जनसंख्या वृद्धि हुनु, औद्योगीकरण बढ्नुले गर्दा कार्बनको उत्सर्जन बढेको छ । वन वातावरण, समुन्द्रजस्ता प्राकृतिक तत्वले कार्बन जति सोस्नु पर्ने हो, त्यति मात्रामा सोस्न नसक्दा कार्बन उत्सर्जन बढेको छ । यसले गर्दा जलवायु परिवर्तनको असर छिटो–छिटो देखिने गरेको भन्दै उनी थप्छन्, ‘जलवायु परिवर्तनका दृष्टिले नेपालमा अझ जोखिम क्षेत्रमा पर्छ ।’
यसरी कम गर्न सकिन्छ जलवायु परिवर्तनको असर
डा. उप्रेती भन्छन्, ‘जलवायु परिवर्तनको असर देखिन लागेका छन् । हाम्रो अगाडि यसले निम्त्याउने प्रकोप निश्चितरूपमा आइसकेको अवस्था छ । यसलाई रोक्न बनेका योजना नीति तथा कानून बनेका छन्, त्यसलाई थन्काएर राख्ने होइन कार्यान्वयनमा ल्याउनुपर्छ ।’
नेपाल सरकारले सन् २०३० र २०५० सम्मको योजना बनाइसकेको छ अब त्यसलाई स्टेप बाई स्टेप अगाडि बढाउनुपर्ने समय आइसकेको उनको भनाइ छ ।
त्यस्तै, ७५३ वटै स्थानीय पालिकालाई अधिकारसम्पन्न बनाएर विपदका नियन्त्रणको धेरै अधिकार दिन सके प्रकृतिको क्षयीकरण रोक्न सकिने उनले बताए ।
अर्को भनेको काठमाडौंबाट विस्तारै पेट्रोलियम पदार्थलाई न्यूनीकरण गर्दै विद्युतीय सामग्रीको प्रबद्र्धन गर्ने हो ।
यसले गर्दा अन्तर्राष्ट्रियस्तरमा काठमाडौंलाई स्वच्छ ऊर्जामा आधारित यातायात सञ्चालन गरेर नमूना शहरको रूपमा देखाउन सकिन्छ ।
‘यसो गर्ने हो भने तापक्रमलाई सन् २०५० सम्म १.५ डिग्रीभन्दा बढ्न नदिने भन्ने अहिले जुन विश्वको रोडम्याप छ, त्यसमा हामीले शुरुआत नगरी सम्भव नै छैन । सरकारले बनाएको योजनालाई तदारुकताका साथ कार्यान्वयन गर्ने हो भने मात्र पनि आधा विपद अहिले नै घट्छ सक्ने छ,’ उनले भने ।
भिडियो :
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाकी कुमारी थापा मुटु दुख्ने समस्याले छट्पटिएको लामो समय भयो । यसबीचमा उनी कहिले घरबाट २/३ घण्टा हिँडेर स्थानीय स्वास्थ्यचौकी पुगिन् त कहिले उपचारका लागि भनेर सदरमुकाम मुसिक...
गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो । नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ । श्रीकृष्ण जन्माष्टमीका...
'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...
ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । सरकारी मर्यादाक्रममा मुख्यसचिव ...
पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...