×

NMB BANK
NIC ASIA

ग्वार्कोको जामबाट छिट्टै मुक्ति मिल्ने अपेक्षा

द्रुत गतिमा ग्वार्को फ्लाइ ओभर: यही ढंगले काम भए वैशाखबाट सञ्चालनमा [ड्रोन भिडियोसहित]

काठमाडाैं | मंसिर १९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ ।

Muktinath Bank

प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन गरेर धमाधम काम भइरहेको हो । कोटेश्वर-कलंकी सडक खण्डअन्तर्गत ग्वार्को चोकको जाम कम गर्न 'फ्लाइ ओभर' निर्माण गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्माण कम्पनी 'आशिष समानान्तर रेलिगर जेभी'ले पूर्व निर्धारित मिति यही फागुन महिनाभित्र काम सम्पन्न गर्ने दाबी गरेको छ ।


Advertisment
Nabil box
Kumari

तर, समयमै सम्पन्न हुनेमा आशंका भने रहेको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सीडीई राकेश महर्जनले लोकान्तरसँग बताए ।

Vianet communication
Laxmi Bank

null

आगामी वैशाख वा जेठ महिनासम्ममा काम सम्पन्न हुने उनको विश्वास छ ।

'निर्धारित समय फागुन महिनामै निर्माण सम्पन्न गर्नेगरि निर्माण पक्ष लागिपरेको छ,' उनले भने, 'तर समयमै निर्माण सम्पन्न हुनेमा चुनौती छ । थप ३ महिना म्याद थप गरी वैशाख वा जेठसम्ममा पूर्णरूपमा निर्माण सम्पन्न गर्न सकिन्छ भन्ने लागेको छ ।'

निर्माण कम्पनीले काम भने निकै द्रुत गतिमा गरिरहेको उनले बताए ।

'अहिले चिसो मौसममा पनि बिहान सबेरै ५ बजेदेखि शुरू गरेर राति १० बजेसम्म काम गरिरहेका छन् । कोटेश्वर र सातदोबाटो दुवैतर्फ पाइल निर्माणको काम सम्पन्न भैसकेको छ,' सीडीई महर्जनले भने।

सीडीई महर्जन

पुलमा जानका लागि चाहिने अप्रोच रोडको निर्माण कार्य शुरू गर्न चाहिने आवश्यक निर्माण सामग्री पनि आइसकेकाले दुई साताभित्र त्यो काम पनि शुरू हुने उनको विश्वास छ ।

निर्माण पक्षले मोबिलाइजेसन पेश्कीबापत भनेर १ करोड ७० लाख लिएको उनले खुलाए । कामको भौतिक प्रगति ३० प्रतिशतको हाराहारीमा रहेको उनको भनाइ छ ।

null

निर्माणको समयमा बीचको लेन बन्द भए पनि अहिले ट्राफिक प्रहरीले छेउका लेनबाट सवारीसाधन नियमित सञ्चालन गरिरहेको छ। सवारीसाधन आवागमनमा सकेसम्म कम बाधा हुने गरी निर्माणको काम भइरहेको पनि उनले बताए ।

'ठाउँ-ठाउँमा ट्राफिक साइनबोर्ड राखेर र सवारीले धनीले सडक डाइभर्सनका लागि सूचना पाऊन् भनेर ट्राफिक प्रहरीसँगको समन्वयमा एफएममा सूचना समेत दिने गरिएको छ,' उनले भने ।

हेर्नुहोस्, भिडियो [ड्रोन : प्रकाश बुढाथोकी, लोकान्तर] :

हेर्नुहोस्, तस्वीरहरू :

null

null

null

null

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

भदौ ३१, २०८०

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाकी कुमारी थापा मुटु दुख्ने समस्याले छट्पटिएको लामो समय भयो । यसबीचमा उनी कहिले घरबाट २/३ घण्टा हिँडेर स्थानीय स्वास्थ्यचौकी पुगिन् त कहिले उपचारका लागि भनेर सदरमुकाम मुसिक...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x