पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
साउन २९, २०७९
आज (१४ अगस्ट) मा स्वतन्त्रता दिवस मनाइरहेको पाकिस्तान भूरणनीतिक अवस्थितिका कारण उच्च महत्त्वको मुलुक हो ।
भूरणनीतिक अवस्थितिको लाभ पाकिस्तानका अभिजात वर्गले उठाएको भए पनि सर्वसाधारणसम्म त्यसको प्रतिफल पुग्न पाएको छैन । त्यसैले पाकिस्तान राजनीतिक र आर्थिक समस्याको भुमरीमा परेको छ । संवैधानिक प्रक्रियालाई बारम्बार कुल्चिइएको तथा लोकतान्त्रिक संस्कृतिलाई जरा गाड्न नदिइएकोले यस्तो समस्या जन्मिएको हो ।
सन् १९४७ मा भारतीय उपमहाद्वीपबाट बेलायती उपनिवेशवादीहरूको बहिर्गमनसँगै भारतको विभाजन भएर पाकिस्तानको निर्माण भएको हो । वर्ल्डडेटा डट् इन्फोका अनुसार, यस ७५ वर्षको अवधिमा पाकिस्तान विश्वको ४२औं ठूलो अर्थतन्त्र बनेको छ । तर सन् १९७१ मा आफूबाट छुट्टिएको पूर्वी पाकिस्तान अर्थात् बंगलादेश (३३औं स्थान) को तुलनामा उसको अर्थतन्त्र कमजोर नै देखिन्छ ।
पाकिस्तान स्वतन्त्रताप्राप्तिको समयदेखि नै राजनीतिक रूपमा अस्थिर रहिआएकाले गर्दा अर्थतन्त्र तथा राज्यका अन्य क्षेत्रहरूमा अपेक्षित प्रगति हुन नसकेको देखिन्छ । नेपालमा जस्तै त्यस देशमा कुनै पनि प्रधानमन्त्रीले पूरा अवधिको कार्यकाल चलाउन सकेको छैन । अनि निर्वाचित सरकारलाई विभिन्न कालखण्डमा सेनाले अपदस्थ गरी प्रत्यक्ष शासन चलाउने गरेको छ ।
पाकिस्तानी सेना दक्षिण एसियाको सबभन्दा ठूलो मुलुक भारतप्रति पूर्णतः नकारात्मक भइदिँदा पनि देशको आर्थिक तथा राजनीतिक अस्थिरतामा योगदान पुगेको देखिन्छ । स्वतन्त्रताप्राप्तिदेखि नै भारतसँगको द्वन्द्वका कारण पाकिस्तानको अधिकांश ऊर्जा विनाशकारी गतिविधिमा खर्च भइरहेको छ ।
आफूलाई भूआर्थिक केन्द्रका रूपमा विकसित गर्ने आकांक्षा राखेको भए पनि कश्मीरमा भारतसँग परोक्ष युद्ध (प्रोक्सी वार) तथा देशभित्र विभिन्न आतंकवादी र अतिवादी शक्तिहरूसँग लडिरहेको पाकिस्तानलाई उक्त आकांक्षा साकार गराउन धेरै मुश्किल देखिएको छ ।
पाकिस्तानको अर्थतन्त्र अहिले महंगीको भारमा थिचिएर छटपटाइरहेको छ । अर्थतन्त्र चलायमान राख्नका लागि बारम्बार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग प्याकेज लिन अनि दातृसमुदायसँग भिक्षा माग्न पाकिस्तान बाध्य भइरहेको छ ।
आर्थिक समस्यालाई पाकिस्तानको सामन्तवादी समाज संरचनाले थप खराब बनाएको छ । पाकिस्तानी विश्लेषक उजैर एम युनुसका अनुसार, देशमा अझै पनि सामन्तवाद हावी छ ।
विशेषगरी सिन्ध र पञ्जाब राज्यमा विशाल भूक्षेत्र सामन्तहरूको नियन्त्रणमा छ । सम्पत्तिको अधिकार नागरिकलाई प्रत्याभूत गराउन राज्यले नसकेका कारण प्रभावशाली अभिजातहरूले गरीबगुरुवासँग भएको सानो क्षेत्रफलको जमीन समेत हडपिरहेका छन् । त्यसले पनि अतिवादलाई मलजल गरिरहेको छ ।
प्राविधिक तथा वैज्ञानिक शिक्षाको साटो धार्मिक शिक्षामा जोड दिइएका कारण पाकिस्तानले आफूसँग भएको विशाल युवा जनशक्तिको सदुपयोग गर्न नसकेको देखिन्छ । साँघुरो मजहबी शिक्षाका कारण पाकिस्तान अतिवादी जन्माउने भूमिमा परिणत भएको छ ।
त्यसका साथै पाकिस्तान पानी लगायतका प्राकृतिक स्रोतहरूको अभावका कारण पनि कठिन चुनौती बेहोरिरहेको छ । अहिले नै पाकिस्तानमा पिउनयोग्य पर्याप्त (वार्षिक रूपमा प्रतिव्यक्ति एक हजार घन मिटर) पानी उपलब्ध छैन भने जलवायु परिवर्तनले त्यस समस्यालाई थप बल्झाउने देखिन्छ । ऊर्जाका अन्य स्रोतहरू पनि पाकिस्तानमा बिस्तारै सकिन थालेको विश्लेषकहरू बताउँछन् । त्यसले ल्याउने दुष्परिणाम भयानक हुने देखिन्छ ।
आणविक हतियारले सुसज्जित संसारको एक मात्र मुस्लिम राष्ट्र भएको हैसियतले पाकिस्तानको अस्थिरता एसिया प्रशान्त क्षेत्र मात्र नभई विश्वकै लागि पनि खतराको सूचक हो ।
त्यसमाथि अझ विश्वमा विकसित हुँदै गरेको नयाँ शीतयुद्धमा पाकिस्तानको भूरणनीतिक अवस्थितिले दूरगामी असर पार्ने देखिन्छ ।
अहिले अमेरिकी परराष्ट्रनीतिको प्रमुख चासो नै एसिया प्रशान्त क्षेत्र हो । त्यहाँ चीनको प्रभाव बढ्न नदिनका लागि अमेरिकाले विभिन्न प्रयास थालेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनपिङको महत्त्वाकांक्षी बेल्ट यान्ड रोड इनिसिएटिभ अन्तर्गतको प्रमुख परियोजनाका रूपमा रहेको चीन–पाकिस्तान आर्थिक कोरिडोर समेतका कारण पाकिस्तानमा चीनको अत्यधिक प्रभाव परेको तथ्यलाई अमेरिकाले सकारात्मक रूपमा लिएको छैन ।
चीनलाई पाकिस्तानको बाटो हुँदै अरब सागरसम्म जोड्ने उक्त परियोजनाले मलक्का जलसन्धिमा आउन सक्ने बाधाको विकल्प दिने भएकाले बेइजिङले यसलाई अत्यधिक महत्त्व दिएको हो । मध्य, पूर्वी, दक्षिण र पश्चिम एसियासँग जोडिने मियोका रूपमा पाकिस्तान रहेकाले समग्र युरेसियाली क्षेत्रको सम्पर्क सञ्जालका रूपमा विकसित गर्न खोजिएको बीआरआईमा पाकिस्तान महत्त्वपूर्ण सदस्य हो ।
बीआरआईलाई असफल बनाउनका लागि सबै किसिमको हत्कण्डा अपनाइरहेको अमेरिकाले पाकिस्तानी परराष्ट्रनीतिलाई चीन र रुसतर्फ ढल्काउने इमरान खानलाई सत्ताच्युत गर्न भूमिका खेल्यो । अमेरिकासँग पुनः सम्बन्ध कायम गर्न खोज्ने पाकिस्तानी सेनाको अभीष्ट त्यसमा सहयोगी बन्यो ।
इमरान खानको बहिर्गमनपछि प्रधानमन्त्री बनेका शहबाज शरीफले पाकिस्तानलाई युद्धोत्तर जापान र जर्मनीसँग तुलना गरी अमेरिकाको सहयोगी राष्ट्र बनाउने छनक देखाएका छन् ।
अमेरिकाले अफगानिस्तानमा ‘ओभर द होराइजन’ कारवाही चलाउनका लागि पाकिस्तानमा सैन्य अड्डा बनाउन खोज्दा इमरानले रोकेका थिए भने शरीफले त्यसको अनुमति दिने सम्भावना रहेको विश्लेषकहरू बताउँछन् । त्यस्तो स्थिति आएछ भने युरेसियाली एकताको प्रक्रिया जोखिममा पर्न सक्छ ।
शीतयुद्धको बेलामा सोभियत संघ कमजोर बनाउनका लागि अमेरिकाले मुजाहिद्दीनहरूलाई गरेको सहयोगमा पाकिस्तानको केन्द्रीय भूमिका थियो ।
अनि अमेरिकाको ट्विन टावरमा भएको आक्रमणपछि तत्कालीन बुश प्रशासनले चलाएको आतंकवादविरुद्धको युद्धमा पनि पाकिस्तान अमेरिकी साझेदार बनेको थियो । तर त्यो नीति पाकिस्तानका लागि दुईधारे तरवार साबित भयो किनकि अतिवादीहरूलाई जन्माउन भूमिका खेलेको पाकिस्तानका लागि उनीहरू नै समस्याको कारण बनिरहेका छन् ।
जे होस्, अमेरिकाको प्रमुख गैरनेटो साझेदारका रूपमा रहेको पाकिस्तानमा इमरान खानले पश्चिमविरोधी आवाज चर्काएपछि सेनाले असहज अनुभव गर्दै उनलाई सत्ताच्युत गराएको हो । यससँगै अमेरिकासँग पुनः लाभ लिनका लागि सेनाले पाकिस्तानी भूमिमा सैन्य अड्डा राख्नका लागि अनुमति दिने आशंका गर्न सकिन्छ ।
तर पाकिस्तानको नेसनल डिफेन्स युनिभर्सिटीका पूर्वप्राध्यापक हुमायुँ खानका अनुसार, अमेरिकाको हिन्द–प्रशान्त रणनीतिले पाकिस्तान भन्दा भारतलाई नै बढी महत्त्व दिनेछ । त्यस्तो स्थितिमा पाकिस्तानले चीनसँग थप निकट सम्बन्ध बनाउनुपर्ने हुन्छ वा कट्टर दुश्मन भारतको भन्दा कम महत्त्वको भूमिकामा सन्तुष्ट रहनुपर्ने हुन्छ । यस्तो दोस्रो दर्जाको भूमिका पाकिस्तानी सेनालाई कत्तिको पाच्य हुन्छ भन्ने महत्त्वपूर्ण प्रश्न छ ।
त्यसैले अमेरिकालाई कुन हदसम्म पाकिस्तानी भूमिमा भित्र्याउने हो भन्ने विषयमा सेनाले चिन्तन गरिरहेको हुनुपर्छ । यसमा उसले निकै सोचविचारपूर्वक कदम चाल्नुपर्ने हुन्छ किनकि भारतबाहेक उसका सबै छिमेकीहरू अमेरिकाप्रति नकारात्मक छन् ।
नयाँ शीतयुद्धमा आफ्नो भूरणनीतिक अवस्थितिको फाइदा उठाएर पाकिस्तानलाई समृद्ध बनाउन त्यहाँका अभिजात वर्गले भूमिका नखेलेमा स्थिति नाजुक हुने देखिन्छ ।
अहिले नै पाकिस्तानमा समस्याका विभिन्न कारकतत्त्वहरू विद्यमान छन् । आतंकवाद, धार्मिक अतिवाद, अल्पसंख्यकमाथिको अत्याचार, व्यापक भ्रष्टाचार, अनियन्त्रित जनसंख्या वृद्धि, लैंगिक विभेद, कमजोर शिक्षाप्रणाली लगायतका चुनौतीलाई सम्बोधन नगरिएमा पाकिस्तान दक्षिण एसियाको ‘डाइनामाइट’ बन्ने खतरा छ ।
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...