×

NMB BANK
NIC ASIA

पाकिस्तानको राजनीतिक संकट

पाकिस्तानको राजनीतिक दुर्घटनाको भित्री कथा : सेनाले समेत किन छाड्यो इमरान खानको साथ ?

चैत २५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव खारेजीको निर्णयलाई असंवैधानिक भन्दै उल्ट्याएर संविधानवादलाई स्थापित गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रधानन्यायाधीश उमर अता बन्दियाल सहित पाँच न्यायाधीशको पूर्ण इजलासले सर्वसम्मतिका साथ अविश्वास प्रस्ताव खारेजी तथा संसद् विघटनलाई उल्ट्याइदिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री खानविरुद्ध विपक्षी दलहरूले ल्याएको अविश्वास प्रस्ताव विदेशी षड्यन्त्र अन्तर्गत आएको भन्दै उपसभामुख कासिम सुरीले खारेज गरिदिएका थिए । लगत्तै खानले संसद् विघटन गरी तीन महिनाभित्र चुनाव गर्न राष्ट्रपतिलाई सल्लाह दिए । त्यसपछि राष्ट्रपतिले संसद् विघटन गरे ।


Advertisment
Nabil box
Kumari

तर अब अदालतको निर्णयबमोजिम संसद् पुनर्बहाली गरिएको छ र खानले अविश्वासको प्रस्ताव सामना गर्नैपर्ने भएको छ । शनिवार (९ अप्रिलमा) प्रस्तावमा मतदान गरी त्यसको परिणाम घोषित गरिसक्नुपर्ने भनी अदालतले आदेश दिएको छ । 

Vianet communication
Laxmi Bank

अविश्वास प्रस्तावमा इमरान खानको पराजय लगभग सुनिश्चित छ । संसदमा बहुमतका लागि १७२ मत आवश्यक भएकोमा विपक्षी गठबन्धनसँग २०० भन्दा बढी मत रहेको बताइन्छ । खानको आफ्नै दल पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का सांसदहरू समेत विपक्षी खेमामा गएका छन् । 

इमरान खानसामु अब दुईवटा विकल्प छन् : कि त उनी र उनका मन्त्रीहरूले सामूहिक राजीनामा दिने कि त उनले अविश्वासको प्रस्ताव सामना गर्ने । त्यसो त खानले अन्तिमसम्म लडिरहने बताएका छन् । पूर्वानुमान गर्न नसकिने चरित्र भएका खानले के कदम चाल्ने हुन् भन्न सकिँदैन । उनले आर्थिक संकटकाल घोषणा गरेर सत्ता लम्ब्याउने कोशिश गर्ने पनि केही विश्लेषकहरुले अनुमान गरेका छन् । तर उनले जति जोडबल गरे पनि सत्तामा रहिरहने सम्भावना चाहिँ देखिँदैन ।

खान सत्ताच्युत भएपछि पनि दुईवटा विकल्पहरू खुल्ने देखिन्छ । कि त विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा दाबी गर्नेछ कि त कुनै टेक्नोक्राटलाई प्रधानमन्त्री बनाएर कामचलाउ सरकार गठन गरिनेछ । विपक्षी गठबन्धनमा कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा मतैक्य छैन । 

तत्कालको अवस्थामा इमरान खानले आफ्नो राजनीतिक भविष्यलाई दाउमा राख्दै कुनै अनुचित कदम चाल्लान् जस्तो देखिँदैन । पाकिस्तानी विश्लेषकहरूका अनुसार, अदालतको निर्णयलाई विनम्रतापूर्वक स्वीकार गरेमा उनले भविष्यमा आफ्नो राजनीतिलाई थप बलियो बनाउने अवसर पाउन सक्नेछन् । तर अदालतको आदेश अवज्ञा गर्ने लक्षण देखाएमा उनले आफूसँग भएको राजनीतिक पूँजी पनि गुमाउन सक्छन् । 

जस्तो सरकार बने पनि त्यसैले चुनाव गराउनेछ । आवधिक निर्वाचन सन् २०२३ मा हुनुपर्नेछ तर सबै दल सहमत भएमा त्यसअगावै चुनाव हुन सक्नेछ । निर्वाचन आयोगले आफू तीन महिनाभित्र चुनाव गर्न सक्षम रहेको बताएको छ । 

तत्कालको अवस्थामा इमरान खानले आफ्नो राजनीतिक भविष्यलाई दाउमा राख्दै कुनै अनुचित कदम चाल्लान् जस्तो देखिँदैन । पाकिस्तानी विश्लेषकहरूका अनुसार, अदालतको निर्णयलाई विनम्रतापूर्वक स्वीकार गरेमा उनले भविष्यमा आफ्नो राजनीतिलाई थप बलियो बनाउने अवसर पाउन सक्नेछन् । तर अदालतको आदेश अवज्ञा गर्ने लक्षण देखाएमा उनले आफूसँग भएको राजनीतिक पूँजी पनि गुमाउन सक्छन् । 

खैबर पख्तुनख्वामा हालै सम्पन्न स्थानीय निर्वाचनमा निकै राम्रो प्रदर्शन गरेको पीटीआईले आगामी आमनिर्वाचनमा पनि बलियो उपस्थिति कायम गर्न सक्छ । तर खानले सुझबुझपूर्ण कदम चाले भने मात्र यो सम्भव छ । 

जनतासामु आफ्नो सन्देश पुर्‍याउन र जनभावनालाई उद्वेलित पार्न खानले सफलता हासिल गरेका छन् । उनका कोर भोटरहरूले उनलाई कदापि छोड्ने छैनन् तर उनले चालेको असंवैधानिक कदम र शक्ति दुरुपयोगका कारण कतिपय स्विङ भोटरहरू उनीसँग रिसाएकाले आगामी चुनावमा त्यसको असर देखिने पनि कतिपयले बताएका छन् । 

वास्तवमा खानको कदमलाई सर्वोच्च अदालतले कुनै हालतमा स्वीकार गर्न सक्ने स्थिति थिएन । हुँदाहुँदा महान्यायाधिवक्ता खालिद जावेद खानलाई पनि अदालतमा सरकारको कदमको प्रतिरक्षा गर्न निकै गाह्रो परेको थियो । महान्यायाधिवक्ताको कमजोर तर्कका कारण पनि इजलास अविश्वास प्रस्ताव खारेजीलाई रद्द गर्ने निर्णय लिन प्रेरित भएको थियो । 

अविश्वास प्रस्ताव खारेजीका लागि इमरान खान सरकारले विदेशी षड्यन्त्रको भाष्य तयार पारेको थियो । आफूले अमेरिकालाई पाकिस्तानी भूमिमा सैन्य अड्डा बनाउन नदिएको, चीन र रुससँग सम्बन्ध बढाएको, युक्रेन युद्ध शुरू भएकै बेलामा रुसको भ्रमण गरेको र संयुक्त राष्ट्रसंघमा रुसविरुद्ध मतदान नगरी तटस्थ बसेका कारण अमेरिकाले सत्ताच्युत गराउन खोजेको खानले बताएका थिए । अमेरिकाले खानका सबै आरोप अस्वीकार गरेको थियो । अदालतले पनि खानको विदेशी षड्यन्त्रको भाष्यलाई खारेज गरेको छ । 

सबभन्दा महत्त्वपूर्ण कुरा, खानको कदमलाई सेनाको साथ प्राप्त थिएन । पाकिस्तानमा सेना नै सर्वेसर्वा हो भन्ने कुरालाई हेक्का राख्नुपर्ने हुन्छ । सेनाप्रमुख कमर जावेद बाजवाले हालैको एक कार्यक्रममा रुसको निन्दा तथा अमेरिकाको प्रशंसा गरेबाट नै इमरान खानलाई सेनाको शक्तिशाली तप्काको साथ नरहेको संकेत दिएको थियो । 

अनि सरकार हटाउन अमेरिकाले षड्यन्त्र गरेको भन्ने खानको आरोपमा कुनै प्रमाण नरहेको पनि सेनाले बताएको थियो । तर उपसभामुखलाई अविश्वास प्रस्ताव खारेज गर्न लगाउने हिम्मत खानले सेनाको अर्को तप्काको आडबलमा गरेको कतिपय बताउँछन् ।   

वास्तवमा सेनाले नै इमरान खानलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको हो । संसदमा तेस्रो ठूलो दल पीटीआई सन् २०१८ मा सम्पन्न आमनिर्वाचनमा सबभन्दा ठूलो दल बन्नुमा सेनाकै हात छ । पूर्वप्रधानमन्त्री नवाज शरीफले स्पष्ट रूपमा पीटीआईलाई सत्तामा पुर्‍याउन सेनाप्रमुख बाजवाले भूमिका खेलेको आरोप लगाएका थिए । प्रधानमन्त्री बनेपछि खानले गुन तिर्नका लागि सन् २०१९ मा बाजवालाई तीन वर्षको कार्यकाल थपेका थिए ।

तर त्यससँगै खानले अमेरिका तथा पश्चिमलाई चिढ्याउने अनि भारतसँग पनि नजिकिनका लागि राष्ट्रिय सुरक्षा नीति बनाउने काम गरर सेनालाई असहज महसूस गराए । पछिल्लो समयमा त झन् सेनाप्रमुख बाजवाको कार्यकाल नबढाएर उनको स्थानमा खानले फैज हमीदलाई ल्याउन खोजेपछि बाजवा खानसँग चिढिएको देखिन्छ । 

पाकिस्तानी सेना पहिलेको जस्तो गरी खुलमखुला आफू मुछिएको देखिने गरी राजनीतिमा प्रवेश गर्दैन किनकि लोकतान्त्रिक सरकार बहाल रहँदा पश्चिमको सहयोग पाइन्छ भन्ने कुरा उसलाई राम्रोसँग थाहा छ । खान आफैंले पनि सार्वजनिक रूपमा तटस्थ बस्ने सेनाको निर्णयको प्रशंसा गरेका थिए । 

तर सेनामा दुई किसिमका विचारधाराको द्वन्द्व चलिरहेको र खानले एक विचारधारालाई अंगीकार गरी अर्कोलाई चिढ्याएकाले सेनाले एकजुट भएर उनको समर्थन नगरेको अनि अहिलेको स्थिति आएको विश्लेषकहरूको मत छ । 

अमेरिकासँग नजिकिने कि चीन र रुसले प्रस्ताव गरेको बहुध्रुवीय विश्व व्यवस्थालाई अंगीकार गर्ने यी दुई विचारधारा सेनामा विद्यमान रहेको बताइन्छ । 

सन् २००१ मा अमेरिकाले शुरू गरेको आतंकवादविरुद्धको युद्धमा पाकिस्तानले अमेरिकाको साथ दिएर अमेरिकाबाट निकै ठूलो रकम हात पारेको थियो । तर उक्त युद्धमा ८० हजारभन्दा बढी पाकिस्तानी मारिएका थिए र देशको अर्थतन्त्र पनि तहसनहस भएको थियो । 

त्यसको असर देशले अहिलेसम्म भोगिरहेको छ । यसका बावजूद सेनाप्रमुख बाजवा अमेरिकासँग पाकिस्तानको सम्बन्ध थप सुमधुर बनाउनुपर्ने सोच राख्छन् । हालै एक कार्यक्रममा उनले पाकिस्तानी निर्यातको ठूलो बजार अमेरिकालाई नजिक राखिरहनुपर्ने बताएका थिए ।

इमरान खान चाहिँ अमेरिकाले चलाएको आतंकवादविरुद्धको युद्धको विरोध गर्दै राजनीतिमा उदाएका हुन् । तालिबानसँग निकट सम्बन्ध राख्ने फैज हमीदको सदिच्छा तथा सेनाप्रमुख बाजवाको आशीर्वादका कारण सन् २०१८ मा सत्तामा पुगेका खानले अमेरिका भन्दा पनि चीन र रुससँग सम्बन्ध विस्तार गर्न खोजे । हमीद तालिबान र अझ हक्कानी नेटवर्कसँग नजिक रहेका पात्र हुन् र अफगानिस्तानमा तालिबान सरकार बनाउने बेलामा उनको सिफारिशलाई गम्भीरतापूर्वक सुनिएको थियो । 

हमीदकै सल्लाहमा खानले अफगानिस्तानबाट बाहिरिएको अमेरिकालाई पाकिस्तानको भूमिमा सैन्य अड्डा बनाउन रोकेका हुन् । अमेरिकालाई यसरी रोकेका कारण खानसँग अमेरिकाका राष्ट्रपति जो बाइडनले अहिलेसम्म फोनमा कुराकानी गरेका छैनन् । अनि अमेरिकाको परराष्ट्र मन्त्रालयकी शीर्ष अधिकारी भिक्टोरिया नुल्यान्ड दक्षिण एसियाली मुलुकहरूको भ्रमण गर्दा पाकिस्तान गइनन् ।

अमेरिकालाई सैन्य अड्डा बनाउन नदिने खानले रुससँग सम्बन्ध विस्तार गर्दै पाकअफुज अर्थात् पाकिस्तान–अफगानिस्तान–उज्बेकिस्तान रेलमार्ग परियोजनाका रूपमा भूआर्थिक सम्पर्कवृद्धिलाई जोड दिन चाहेका छन् । त्यसका साथै उनले रुसको लगानीमा कराचीबाट कसुरसम्म जाने पाकिस्तान स्ट्रीम ग्यास पाइपलाइन परियोजनालाई पनि अघि बढाउन खोजेका छन् । 

अमेरिकालाई सैन्य अड्डा बनाउन नदिने खानले रुससँग सम्बन्ध विस्तार गर्दै पाकअफुज अर्थात् पाकिस्तान–अफगानिस्तान–उज्बेकिस्तान रेलमार्ग परियोजनाका रूपमा भूआर्थिक सम्पर्कवृद्धिलाई जोड दिन चाहेका छन् । त्यसका साथै उनले रुसको लगानीमा कराचीबाट कसुरसम्म जाने पाकिस्तान स्ट्रीम ग्यास पाइपलाइन परियोजनालाई पनि अघि बढाउन खोजेका छन् । 

अनि चीनसँग सुमधुर सम्बन्ध बनाएर चीन–पाकिस्तान आर्थिक कोरिडोरलाई पनि उनले गति दिन खोजेका छन् । अमेरिकाले चीनको सिन्ज्याङ प्रान्तमा रहेको वीगर मुसलमानहरूमाथि चीनबाट दमन भएको भन्दै चीनविरुद्ध विश्वव्यापी अभियान चलाएकोमा खानले चीनको निन्दा गर्न मानेका छैनन् । 

यी सबै गतिविधिका कारण खान अमेरिकाको तारो बन्ने पक्का थियो । तर खानले अमेरिका र चीन/रुसलाई सन्तुलनमा राखेर परराष्ट्रनीति सञ्चालन गर्न नसक्नु उनको कमजोरी हो । 

उनको स्थानमा आउने प्रधानमन्त्रीले त्यस्तो सन्तुलन कायम राख्न जरूरी छ । रुससँग सम्झौता गरेको परियोजनालाई परित्याग गर्ने अनि अमेरिकालाई सैन्य अड्डा बनाउन दिने निर्णय आगामी प्रधानमन्त्रीले लिए भने त्यो अर्को अतिवाद हुनेछ र त्यसको परिणाम पाकिस्तानका लागि भयावह हुनेछ । 

जे होस्, भूराजनीति र आन्तरिक राजनीतिलाई समुचित सन्तुलनमा राख्न नसक्दा इमरान खान सत्ताच्युत हुने सुनिश्चित बनेको हो । आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याइएपछि बहादुरीका साथ त्यसको सामना नगरी उनले उपसभामुखलाई असंवैधानिक कदम चाल्न लगाएर शक्तिको दुरुपयोग गरेको कुरालाई प्रतिरक्षा गर्न सकिँदैनथियो । पाकिस्तानको सर्वोच्च अदालतले त्यो कदमलाई उल्ट्याएर संविधानवादको ध्वजा उच्च बनाएको छ । 

तर इमरान खानको बहिर्गमनपछि पनि पाकिस्तानको राजनीति अस्थिर रहिरहने पक्का छ । पाकिस्तानमा विद्यमान आर्थिक संकट तथा सामाजिक विभाजन र आतंकवादी गतिविधिमा लगाउन नसकिएको लगामका कारण अर्को प्रधानमन्त्रीलाई पनि शासन चलाउन फलामको च्युरा चपाएसरी हुनेछ ।


hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x