×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

माधव नेपालको चुनावी तयारी– काठमाडौं छाडेर किन फर्किन खोज्दैछन् रौतहट ?

भदौ २, २०७९

NTC
Premier Steels

२०७० सालमा पनि मंसिर ४ गतेका लागि नै संविधान सभाको दोस्रो चुनावको मिति तोकिएको थियो । अहिले एकीकृत समाजवादीका अध्यक्ष रहेका माधव नेपाल त्यतिबेला एमालेबाटै संविधानसभा सदस्यको उम्मेदवार थिए । उनले काठमाडौं क्षेत्र नम्बर २ र रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए ।

Muktinath Bank

कात्तिक महिनाको अन्तिम सातातिरको कुरा हो । उनी काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा चुनाव प्रचारमा थिए । प्रचारकै क्रममा एक दिन साँझ नेपाललाई चुनाव परिचालन टीमले कोटेश्वरनजिकै तर, पहिले तय भएको भन्दा भिन्नै कार्यक्रममा सहभागी गरायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रम लम्बियो । कार्यक्रममा सहभागीमध्ये केहीले नेता नेपालमाथि चर्को टिप्पणी गरेका थिए । त्यसबाट नेपाल बिच्किए । निर्वाचन परिचालनको कमाण्डर थिए, गगांलाल तुलाधार ।


Advertisment
Nabil box
Kumari

त्यसैदिन साँझ ७ बजेतिर नेपालले आफ्नै निवासमा चुनावी प्रचारबारे समीक्षा गर्ने र नयाँ योजना बनाउने कार्यक्रम राखेका थिए । चुनावी समीक्षा शुरू नहुँदै नेपाल तुलाधारसँग कड्किए । शेड्युलमा नभएको कार्यक्रममा जबर्जस्ती सहभागी गराएको र अनावश्यक आलोचना सुन्नुपरेको भन्दै तुलाधरमाथि आक्रोश पोखे ।

Vianet communication

त्यसबेला झोक्किँदै नेपालले भनेका थिए, ‘यहाँको चुनाव जेसुकै गुर्नहोस्, म भोलि नै रौतहट जाने हो । अब भोट हाल्ने बेला मात्रै फर्कन्छु ।’ त्यसबेला कसैले प्रतिवाद गरेन । निर्वाचन परिचालन टीमका सबै सदस्य निरीह बनेर सुनिरहे ।

उनको यो अभिव्यक्तिले पनि उनी रौतहटमा कति सहज महसूस गर्छन् भन्ने बुझाउँथ्यो । २०६४ को निर्वाचनमा एमालेले नराम्ररी हार ब्यहोरेका कारण नेपाल पार्टी नेतृत्वबाट पन्छिनुपरेको थियो । नेपाल आफैँले पनि दुई ठाउँबाटै चुनाव हारेका थिए । उनलाई २०७० मा जसरी पनि चुनाव जित्नु परेको थियो र दुई ठाउँबाटै उम्मेदवारी दिएका थिए । अन्तिममा उनले दुवैतिर जिते । पछि नेपालले रौतहट रोजेर काठमाडौं छाडे । काठमाडौं २ मा भएको उपनिर्वाचनमा कांग्रेसका दीपक कुइँकेल विजयी भए ।

२०७२ मा संविधान जारी भएपछि कुनै पनि उम्मेदवारले एउटा निर्वाचन क्षेत्रबाट मात्रै चुनाव लड्न पाउने व्यवस्था भयो । त्यसपछिको २०७४ को चुनावमा नेपालले रौतहट छाडे र काठमाडौं रोजे । २०७४ मंसिरको चुनावमा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । काठमाडौं क्षेत्र नम्बर– २ बाट माधव नेपालले सहज जीत निकाले । 

माधव नेपालले काठमाडौं क्षेत्र नम्बर २ छाड्न खोज्नुको एक कारण हो, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच हुन सक्ने सम्भावित चुनावी तालमेल । ती दुई पार्टी मिलेको अवस्थामा कांग्रेस र माओवादी केन्द्रले नेपाललाई सहयोग गर्दा पनि जित्न असाध्यै मुश्किल पर्ने विश्लेषण नेपालनिकट नेताहरूको छ ।

एमाले अध्यक्ष केपी ओलीसँग माधव नेपाल समूहको ‘केमेस्ट्री’ मिलेन । गत साल भदौमा पार्टी फुट्यो । माधव नेपाल एकीकृत समाजवादीको अध्यक्ष भए । अहिले चुनावमा उनलाई जसरी पनि जित्नुपर्ने छ । त्यसैले उनी सहज निर्वाचन क्षेत्रको खोजीमा छन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल आगामी दिनमा पनि प्रधानमन्त्रीका दाबेदार हुन् । अर्कातर्फ, एमालेबाट विभाजित भएर नयाँ पार्टीको अध्यक्ष भएका कारण पनि उनलाई चुनाव जितेर पार्टी विभाजनको औचित्य पुष्टि गर्नुपर्ने दबाब छ । 

यिनै दबाब र जीतहारको हिसाब गरेर यसपटक फेरि माधव नेपाल चुनावमा तराई झर्ने योजनामा देखिएको एकीकृत समाजवादीकै नेताहरू बताउँछन् । भलै, नेपालले भने औपचारिकरूपमा कहाँबाट चुनाव लड्ने भन्ने उद्घोष गरिसकेका छैनन् । उनका निकटस्थहरूका अनुसार, नेपालले काठमाडौं २ मा चुनाव जित्नका लागि त्यति सहज देखेका छैनन् । 

माधव नेपालका लागि निर्वाचन क्षेत्र छाड्न सत्तारूढ गठबन्धनमा रहेका सबै दल तयार नै देखिन्छन् । एकीकृत समाजवादीका लागि काठमाडौं उपत्यकामा– ३ वटा निर्वाचन क्षेत्र दिने पूर्व सहमति गठबन्धनमा रहेको उक्त दलका एक नेताले बताए ।

गत वैशाखमा भएको स्थानीय तहको सिट बाँडफाँटकै क्रममा काठमाडौंमा ३ सिट दिने सहमति भएको पदाधिकारी तहका एक नेताले बताए । तर, एकीकृत समाजवादीले कुन–कुन निर्वाचन क्षेत्र पाउने भन्ने खुलेको छैन । 

माधव नेपाल उम्मेदवार हुँदै आएको काठमाडौं क्षेत्र नम्बर २ र जीवनराम श्रेष्ठ उम्मेदवार हुँदै आएको क्षेत्र नम्बर ८ एकीकृत समाजवादीले पाउने देखिन्छ । तर, अर्को एउटा कुन निर्वाचन क्षेत्र एकीकृत समाजवादीले पाउने हो भन्नेमा गठबन्धन छलफलकै क्रममा छ । 

काठमाडौंमा जुनसुकै निर्वाचन क्षेत्र पाए पनि माधव नेपालको मन भने रौतहट पुगिसकेको देखिन्छ । रौतहटमा उनको आउजाउ, त्यहाँ नेता कार्यकर्तासँगको भेटघाट र आफू उम्मेदवार हुने निर्वाचन क्षेत्रको पूर्वाधार विकासमा पछिल्लो समय देखाएको चासो हेर्दा उनी आगामी संसदीय चुनाव रौतहटबाटै लड्दैछन् भन्ने सजिलै अनुमान गर्न सकिन्छ ।

गत साउन १६ मा रौतहटको सदरमुकाम गौर पुगेर नेपालले ४२ करोड लागतका विभिन्न आयोजनाको शिलान्यास गरेका छन् । 

नेपाल सरकारको शहरी विकास मन्त्रालय र शहरी विकास तथा भवन निर्माण विभागको लगानीमा रौतहटको गौरमा निर्माण हुने टाउन हल, विवाह भवन तथा सबगढा, टिकुलिया र सिर्सियामा सडक निर्माण आयोजनाको उनले शिलान्यास गरेका छन् । 

ती आयोजनाका लागि मन्त्रालयले बजेट छुट्ट्याएको थिएन, तर उनकै पार्टीबाट मन्त्री भएका मेटमणि चौधरीलाई ‘बोर्डर टाउन’ आयोजनाको पैसा हाल्न सहमत गराएर नेपालले ती आयोजनाको शिलान्यास गरेका थिए । त्यस दिन नेपालले रौतहटको विकासमा आफूले निरन्तर योगदान गर्दै आएको दाबी समेत गर्न भ्याएका थिए ।

किन छाड्दैछन् काठमाडौं ? 

माधव नेपालले काठमाडौंको निर्वाचन क्षेत्र छाड्नुको एउटै कारण हो, स्थानीय तह निर्वाचनमा उनको पार्टीले पाएको मत । 

नेपालको निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहमा एकीकृत समाजवादीले एउटा वडाध्यक्ष मात्रै जित्न सकेको छ । 

उनको निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ र ३२ पर्छन् भने धेरैजसो चाहिँ कागेश्वरी मनोहरा नगरपालिकाको क्षेत्र पर्छ ।

गत चुनावमा एकीकृत समाजवादीले कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ६ को वडाध्यक्ष मात्रै जितेको छ ।

अर्कातर्फ, काठमाडौंका निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूको दबदबा देखिन थालेको छ । मतदाताको मनस्थिति पनि फेरिएको अहिलेको अवस्थामा काठमाडौंको निर्वाचन क्षेत्र नेपाललाई निको नलागिरहेको उनी निकट नेताहरू बताउँछन् ।

माधव नेपालले काठमाडौं क्षेत्र नम्बर २ छाड्न खोज्नुको अर्को कारण हो, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच हुन सक्ने सम्भावित चुनावी तालमेल । ती दुई पार्टी मिलेको अवस्थामा कांग्रेस र माओवादी केन्द्रले नेपाललाई सहयोग गर्दा पनि जित्न असाध्यै मुश्किल पर्ने विश्लेषण नेपालनिकट नेताहरूको छ ।

काठमाडौं क्षेत्र नम्बर २ मा सिनामंगल, तीनकुने, कोटेश्वर, जडिबुटी जस्ता घना शहरदेखि काठमाडौंको पूर्वी भेगमा रहेका जरसिंहपौवा, नाङ्लेभारे जस्ता गाउँहरू पर्छन् । धेरैजसो काँठ क्षेत्र उनको निर्वाचन क्षेत्रमा पर्छ । ती क्षेत्रमा स्वतन्त्रको प्रभाव कम हुने भए पनि राप्रपा र एमालेले गर्नसक्ने सहकार्यलाई नेपालले प्रमुख चुनौतीकोरूपमा लिएका छन् । 

एकीकृत समाजवादीले तयार पारेको तथ्यांक अनुसार, एमाले र राप्रपा मिल्दाको मत नै करीब २४ हजारभन्दा माथि हुन आउँछ । 

काठमाडौं क्षेत्र नम्बर– २ मा गठबन्धनको मत जित्नलाई पूर्णरूपमा भर पर्न सकिने खालको छैन । एमाले र राप्रपाको मत एक ठाउँमा हुँदा २४ हजार ५२८ छ । गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मत जोड्दा २५ हजार १७० हुन्छ । एमाले र राप्रपाको मतको योगभन्दा गठबन्धनमा रहेका दलको मत ६४२ ले मात्रै अघि छ । 

नेपाल काठमाडौंबाटै लड्दा पनि गठबन्धनका दलहरू चुनावमा सघाउन तयार छन् । काठमाडौं– २ मा कांग्रेस र माओवादी केन्द्रका पनि हेभी वेट उम्मेदवार छैनन् । 

माधव नेपालले काठमाडौं– २ छाडेको अवस्थामा उम्मेदवार बन्न सकिने भन्दै एकीकृत समाजवादीकै नेतृ रामकुमारी झाँक्रीले पनि त्यहाँको राजनीतिलाई नजिकबाट नियालिरहेकी छिन् । तर, उनले गुल्मी– २ रोज्ने कि काठमाडौं– २ भन्नेमा अझै निर्क्यौल गरिसकेकी छैनन् । 

चुनावी खर्च र खटनको हिसाबले काठमाडौं सजिलो हुने तर, भावना र आत्मीयताको हिसाबले गुल्मी नै उपयुक्त हुने विश्लेषण उनले सुनाउने गरेको रामकुमारी निकटका नेताहरू बताउँछन् । 

गुल्मीको चुनाव सहज नदेखेको अवस्थामा काठमाडौं– २ बाट रामकुमारी उम्मेदवार बन्न सक्ने सम्भावना पनि उत्तिकै रहेको समाजवादीका नेताहरू बताउँछन् ।

शहरी विकास मन्त्री हुँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग गरेको सहकार्यका कारण पनि स्वतन्त्रहरूले समेत उनलाई सघाउने आश्वासन दिएको चर्चा हुने गरेको छ ।  

रौतहटमा के छ अवस्था ?

रौतहट माधव नेपालको गृहजिल्ला हो ।

उनले २०५१ को मध्यावधि र २०५६ को आम चुनावमा रौतहटबाटै चुनाव जितेका थिए । २०६४ मा भने देशभर माओवादी केन्द्रको हावी थियो । त्यसबेला माधव नेपालले रौतहट र काठमाडौं दुवै ठाउँबाट चुनाव हारेका थिए । 

तर, अहिले परिस्थिति बदलिएको छ । काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय तहमा असाध्यै कमजोर नतिजा पाएको एकीकृत समाजवादीले रौतहटको क्षेत्र नम्बर १ मा भने शानदार मत ल्याएको छ ।

प्रतिनिधि सभाको क्षेत्र नम्बर १ मा पर्ने गौर र राजदेवी नगरपालिकामा एकीकृत समाजवादीले कार्यपालिकामा बहुमत हुने गरी चुनाव जितेको छ । जुन संसदीय चुनावमा माधव नेपालका लागि सहजताको विषय हो । 

त्यसबाहेक, यमुनामाई र दुर्गा भगवती गाउँपालिका तथा माधव नारायण नगरपालिका रौतहटको क्षेत्र नम्बर–१ म पर्छ । दुर्गा भगवतीमा माओवादी केन्द्रले जितेको छ ।

यमुनामाईमा लोकतान्त्रिक समाजवादी पार्टीले चुनाव जितेको छ । 

पाँचदलीय गठबन्धनमा रहेर चुनाव लड्ने तयारी गरेको माधव नेपालका लागि सहयात्री दलका मतदाताले पनि भोट दिन्छन् ।

त्यसो हुँदा उनलाई चुनाव जित्न सजिलो हुने गौर नगरपालिकाका मेयर शम्भु साह बताउँछन् । उनी एकीकृत समाजवादीका नेता पनि हुन् । 

रौटहटको क्षेत्र नम्बर १ मा सत्तारूढ गठबन्धनविरूद्ध एमाले र अन्य दलको मत असाध्यै कम छ ।  एकीकृत समाजवादीको १९ हजार ६९८, कांग्रेसको १६ हजार ९२८, जसपाको ८ हजार २४१ र माओवादी केन्द्रको ८ हजार १९१ मत छ । यी सबैको योग ५३ हजार ५८ हुन्छ । एमालेको मत भने ७ हजार ३८५ मात्रै छ ।

आगामी चुनावमा रौतहटको क्षेत्र नम्बर १ बाट माधव नेपाल उम्मेदवार हुने उनी बताउँछन् ।

‘हामी माधव नेपाललाई उम्मेदवार बनाउन तयार छौं । अबको चुनावमा यहाँबाट उहाँले नै चुनाव लड्नुपर्छ । हामी जिताएर पठाउँछौं’, साहले भने । 

रौटहटको क्षेत्र नम्बर १ मा सत्तारूढ गठबन्धनविरूद्ध एमाले र अन्य दलको मत असाध्यै कम छ । 

एकीकृत समाजवादीको १९ हजार ६९८, कांग्रेसको १६ हजार ९२८, जसपाको ८ हजार २४१ र माओवादी केन्द्रको ८ हजार १९१ मत छ ।

यी सबैको योग ५३ हजार ५८ हुन्छ । एमालेको मत भने ७ हजार ३८५ मात्रै छ । यो मतको हिसाबले पनि माधव नेपाललाई रौतहटबाट चुनाव जित्न सहज देखिन्छ । 

चुनाव लड्नका लागि माधव नेपाल आउने भएपछि अन्य स्थानीय नेता कसैले पनि दाबी नगरेको उनले बताए । 

‘माधव नेपाल नै उम्मेदवार हुन आउने सम्भावना देखिएपछि हाम्रो पार्टीमा यहाँका अरू कसैले पनि दावी गरेका छैनन्’, साहले भने । 

रौतहटको क्षेत्र नम्बर १ मा एमालेले भने अजय गुप्तालाई उम्मेदवार बनाउने तयारी गरेको छ । उनी गत स्थानीय चुनावमा एकीकृत समाजवादीका शम्भु साहसँग पराजित भएका हुन् ।

अघिल्लोपटक उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार थिए । अहिले उनै गुप्ता संघीय चुनावमा टिकटको वाचासहित एमाले प्रवेश गरेको स्थानीय नेताहरू दाबी गर्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x