×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

भावी प्रधानमन्त्रीका दाबेदार ८ ‘हेभी वेट’ नेता, को कति सुरक्षित ?

भदौ १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

२०७४ मंसिर २ गते गोरखाको पालुङटारमा आयोजित चुनावी सभामा पुराना वामपन्थी नेता देवी ओझाले तत्कालीन वाम गठबन्धनबाट प्रधानमन्त्रीमा दाबी गर्नेहरूको लर्कोप्रति कटाक्ष गर्दै एउटा किस्सा सुनाएका थिए–

Muktinath Bank

म भर्खर झापाबाट यहाँँ आउँदैछु । झापामा केपी ओलीको क्षेत्रमा पुगें । त्यहाँ भावी प्रधानमन्त्री भनेर ओलीलाई भोट मागिँदैछ । बाटोमा आउँदै गर्दा साथीहरूसँग कुरा गरेको काठमाडौं– २ मा माधव नेपालका सहयोगीहरूले पनि भावी प्रधानमन्त्री माधव नेपाल भनेर भाषण गर्नुभएको रहेछ । चितवनमा पुगेको भावी प्रधानमन्त्री भन्दै प्रचण्डलाई भोट माग्दै गरेको देखें । चितवनबाट यहाँ आउँदै गर्दा मेरा पुराना साथी वामदेवको क्षेत्रमा के छ भनेर फोनमार्फत यसो बुझेको, बर्दियामा पनि भावी प्रधानमन्त्री भनेर भोट मागिएको रहेछ । काठमाडौं– ५ मा ईश्वर पोखरेलले पनि भावी प्रधानमन्त्री भनेर भोट मागिरहेका छन् । उनीहरूलाई कसैले बताइदिनु पर्‍यो, नेपालको संविधानमा एकजना मात्र प्रधानमन्त्रीको व्यवस्था छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओझाको किस्सा जस्तै ‘वाम लोकतान्त्रिक गठबन्धन’मा अहिले भावी प्रधानमन्त्रीको सूची लामो बन्दै गएको छ । चुनावको मिति घोषणा भएसँगै नेताहरूले आफूलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सार्ने गरेको पाइन्छ । 


Advertisment
Nabil box
Kumari

चुनाव जितेमा आफ्नो क्षेत्रको नेता प्रधानमन्त्री बन्छ र विकास हुन्छ भनेर मतदातालाई मनोवैज्ञानिक प्रभावमा पार्न पनि नेताहरूले चुनावमा जाँदा आफूलाई प्रधानमन्त्रीको रूपमा प्रोजेक्सन गर्ने गरेको पाइन्छ । 

Vianet communication
Laxmi Bank

आगामी मंसिर ४ गतेको निर्वाचनपछि प्रधानमन्त्री बन्न रहर गरेका आधा दर्जनभन्दा बढी आकांक्षी छन् ।

पाँचपटक प्रधानमन्त्री बनिसकेका शेरबहादुर देउवादेखि राजनीतिमा डेब्यु गरेका रवि लामिछानेसम्मले प्रधानमन्त्री बन्ने सपना देखेका छन् । उम्मेदवारी घोषणाको दिनसम्म संख्या बढ्ने भएपनि तत्कालका लागि ७ जना नेताले आगामी निर्वाचनपछि प्रधानमन्त्री पद ताकेका छन् । यसका लागि नेताहरूले देशभित्र र बाहिर पनि लाइन मिलाउन शुरू गरेका छन् । 

प्रधानमन्त्री पद ताकेका ७ नेता आफ्नो निर्वाचन क्षेत्रमा कति सुरक्षित छन् ? अघिल्लो प्रतिनिधिसभा चुनाव र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको मत विश्लेषणका आधारमा यो विश्लेषण गरिएको छ । 

पुष्पकमल दाहाल प्रचण्ड

मंसिरको चुनावपछिको पहिलो कार्यकालका प्रधानमन्त्रीको रूपमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम सबैभन्दा बढी चर्चामा छ । तेस्रो शक्ति भएपनि सत्ताको चाबी बोकेर बसेको निर्णायक माओवादीले चुनावपछिको पहिलो कार्यकाल प्रधानमन्त्री लिनेगरी कांग्रेससँग सहमति गरेको छ ।

पहिलो कार्यकालको प्रधानमन्त्री सुनिश्चित नभए वामपन्थी गठबन्धन हुने प्रचण्डको धम्कीपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डलाई प्रधानमन्त्री दिन सहमत भएको विश्वस्त स्रोतको दाबी छ । 

पार्टीभित्र संस्थागत छलफल र निर्णय नभएपनि देउवा र प्रचण्डबीच पावर शेयरिङमा मोटामोटी सहमति भइसकेको कुरा लोकान्तरले यसअघि लेखिसकेको छ । ​

भावी प्रधानमन्त्रीको रूपमा प्रोजेक्सन गरिएका प्रचण्डले पुनः चितवन– ३ बाट चुनाव लड्ने तयारी गरेका छन् । यसअघिका चुनावमा निर्वाचन क्षेत्र फेर्दै हिँडेका प्रचण्डले यसपटक चितवन– ३ बाटै चुनाव लड्ने भन्दै तयारी गरेका छन् । विगतमा ‘टूरिस्ट’ उम्मेदवारको आरोप लागेपछि चुनाव नजिकिँदै गर्दा प्रचण्डले चितवनमा घर बनाएका छन् । आफ्नै घरमा बसेर चुनावी अभियान सञ्चालन गर्ने प्रचण्डको तयारी छ । 

२०७४ सालको प्रतिनिधिसभा चुनावमा राप्रपाका विक्रम पाण्डेलाई झण्डै १० हजार मतान्तरले पराजित गर्दै प्रचण्ड विजयी भएका थिए ।

प्रचण्डले ४८ हजार २ सय ६९ मत पाउँदा पाण्डेले ३८ हजार ९ सय ४२ मत पाएका थिए । त्यो बेला प्रचण्डले एमालेसँग र पाण्डेले कांग्रेससँग तालमेल गरेका थिए । यसपटक ठीक उल्टो छ । प्रचण्डले कांग्रेसलगायत दलसँग तालमेल गर्दा पाण्डेले एमालेसँग तालमेल गर्ने सम्भावना छ । स्थानीय तह चुनावमा भरतपुर महानगरमा एमालेले राप्रपासँग तालमेल गरेको थियो । 

एमाले र राप्रपाबीच तालमेल भएको खण्डमा फेरि पनि प्रचण्ड र पाण्डेबीच प्रतिस्पर्धा हुने सम्भावना छ । स्थानीय तह निर्वाचनलाई आधार मान्दा चितवन– ३ मा गठबन्धनको मत बढी देखिन्छ । चुनाव जित्ने या हार्ने विषयलाई सबै दलले स्थानीय तहको मतलाई आधार मानेर प्रक्षेपण गरिरहेका छन् । 

स्थानीय तह निर्वाचनमा चितवन– ३ मा एमालेले २९ हजार ७७१ मत पाएको थियो । सोही हाराहारीमा कांग्रेसले २९ हजार ३४३ र माओवादीले १० हजार ९४० मत पाएका थिए ।

राप्रपाले ६ हजार १९८ मत पाउँदा नेकपा एसले ५ हजार ३७ मत पाएको छ । वडाको मतलाई आधार मान्दा सत्तागठबन्धनको ४५ हजार ३ सय २० मत छ । राप्रपा र एमाले मिल्दा ३५ हजार ९६९ मत पुग्छ । स्थानीय तहको मतलाई आधार मान्दा गठबन्धन उम्मेदवार प्रचण्ड ९ हजार ३ सय ५१ मतले अगाडि देखिन्छन् । 

यसमा प्रचण्डको व्यक्तिगत प्रभावका भोटको प्रभाव पर्न सक्छ । चुनावपछि फेरि वामपन्थी सरकार बन्ने सम्भावनालाई मध्यनजर राखेर प्रचण्डलाई जिताउन एमालेकै शुभचिन्तक पनि लाग्न सक्छन् ।

नेकपा कालखण्डमा चितवनका कतिपय नेताले प्रचण्डसँग व्यक्तिगत सम्बन्ध स्थापित गरेका छन् ।

स्वतन्त्र वा अन्य कुनै आवरणमा नयाँ उम्मेदवारले चमत्कार गरेको अवस्थामा बाहेक चितवन– ३ मा प्रचण्ड सुरक्षित देखिएका छन् ।

शेरबहादुर देउवा

चुनावी सरकारको प्रधानमन्त्री र ठूलो दलको नेता भएपनि मंसिरपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सम्भावना दोस्रो नम्बरमा छ ।

पाँचपटक सरकारको नेतृत्व गरिसकेको र पछिल्लो समय जनताले देख्नेगरी केही काम गर्न नसकेका कारण देउवा स्वयं फेरि प्रधानमन्त्री बन्न लालायित छैनन् भनेर नेताहरू बताउँछन् । भलै ज्योतिषीको भविष्यवाणी अनुसार दुईपटक प्रधानमन्त्री बन्ने योग बाँकी नै छ । छैटौंपटक प्रधानमन्त्री बन्नुभन्दा पत्नी आरजुलाई राजनीतिमा स्थापित गर्ने देउवाको ध्यान रहेको कांग्रेस स्रोत बताउँछ । 

उमेरका कारण कार्यकारी पदमा भन्दा आलंकारिक पदमा बस्न फिट हुने सल्लाह उनले पाएका छन् ।

‘अन्य कुरा यथावत रहेमा’ भन्ने अर्थशास्त्रको सिद्धान्त राजनीतिमा लागू भएमा देउवा बालुवाटारबाट बूढानीलकण्ठ नभई शीतल निवास सर्न चाहन्छन् । गत महिना सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकमा देउवाले ‘सक्षम’लाई नेतृत्व दिएर आफू बिदा हुने बताएका थिए । 

राष्ट्रपति, प्रधानमन्त्री या पार्टी सभापति मात्र बस्ने जे भएपनि मंसिरको चुनावमा देउवा उम्मेदवार बन्दैछन् । लगातार ६ पटक चुनाव जितेका देउवा सम्भवतः प्रतिनिधिसभाका लागि अन्तिमपटक चुनावमा भिड्दैछन् । 

विगतमा वामपन्थी दलहरू एक ठाउँ हुँदा पनि चुनाव हराउन नसकेकाले देउवा यसपटक झन् ढुक्क देखिएका छन् । 

अघिल्लोपटक देउवाले २८ हजार ४ सय ४६ मत पाउँदा वाम गठबन्धनका माओवादी उम्मेदवार खगराज भट्टले २१ हजार ४ सय ९८ मत पाएका थिए ।

यसपटक कांग्रेस र माओवादीको भोट जोड्दा सहज जीत हासिल गर्न सकिने देउवाको आत्मविश्वास छ ।

स्थानीय तह निर्वाचनको वडागत मत नियाल्दा डडेल्धुरामा कांग्रेसले २१ हजार ७ सय ३५, माओवादीले १२ हजार ८ सय ७८ र एमालेले १० हजार ४ सय ४९ मत पाएका छन् । नेकपा एसको ५ हजार ४१ मत छ ।

प्रतिस्पर्धीभन्दा देउवा झण्डै ४ गुणाले अगाडि छन् । गठबन्धनको कुल भोट ३९ हजार ८ सय १० छ भने एमालेको १० हजार ४ सय मात्र छ । 

राप्रपाको ७ सय १४ भोटसमेत गर्दा विपक्षी गठबन्धनको ११ हजार १ सय ६३ को हाराहारीमा मात्र मत पुग्छ । 

केपी शर्मा ओली 

संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षी दललाई ‘प्राइमिनिस्टर इन वेटिङ’ भनिन्छ । संसद्मा सबभन्दा ठूलो दल भएर पनि प्रमुख प्रतिपक्षी दलको बेञ्चमा बस्न बाध्य एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री बन्ने तिर्खा मेटिएको छैन । 

सरकारमा गएर केही नयाँ गर्न खोजेपनि दुवैपटक आफूलाई अपमानपूर्वक ढंगले हटाइएको ओलीले बताउँदै आएका छन् । तेस्रोपटक सिंहदरबार पुग्ने केपी ओलीको महत्त्वाकांक्षा पूरा हुन चुनावमा अर्को चमत्कार हुनुपर्नेछ । 

सत्ता गठबन्धनको अहिलेको चरित्र हेर्दा एमालेले बहुमत पाउने सम्भावना क्षीण छ, तर केपी ओलीलाई चुनाव जित्न भने धेरै कठीन छैन । एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा गर्न ओलीलाई नै प्रधानमन्त्री प्रस्ताव गरेर चुनावमा जाने तयारी गरेको छ । 

एमालेले ‘ग्रीन जोन’मा राखेका करीब एक दर्जन क्षेत्रमध्ये झापा– ५ पनि एक हो । २०७४ सालको प्रतिनिधिसभा चुनावमा फराकिलो मतान्तरले विजयी भएका ओली यसपटक पनि सोही क्षेत्रबाट उठ्दैछन् ।

गत चुनावमा ओलीले ५७ हजार १ सय ३९ मत पाउँदा कांग्रेस उम्मेदवार डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत पाएका थिए । 

स्थानीय तह निर्वाचनमा गठबन्धनको भन्दा एमालेको भोट धेरै आएको छ । एमालेले ४१ हजार ६१९ मत ल्याउँदा कांग्रेसले २२ हजार २२, माओवादी केन्द्रले १० हजार ७८८, राप्रपाले ८ हजार ३५३ र नेकपा एसले १ हजार ९८८ मत पाएका थिए । गठबन्धनको भोट ३४ हजार ७ सय ९८ छ । राप्रपा र एमालेले तालमेल गरे भने ४९ हजार ९ सय ७२ हुन्छ । 

राप्रपाको साथ लिन सकेमा ओली झापा– ५ मा सुरक्षित देखिन्छन् । त्यसो त एमाले र राप्रपा तालमेलका लागि छलफलमा छन् ।

गगन थापा 

भावी प्रधानमन्त्रीको रूपमा प्रोजेक्सन गरिएका अर्का नेता हुन्, कांग्रेस महामन्त्री गगन थापा ।

त्रिशंकु संसद् बन्ने भएकाले मंसिर ४ पछिको पहिलो कार्यकाल नभएपनि पाँच वर्षको अवधिमा गगन थापा प्रधानमन्त्री बन्ने सम्भावना कायमै छ ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री बन्ने गगनको चाहना स्वाभाविक रहेको भन्दै सहयोग गर्ने बताएका थिए । 

परम्परागत सोच राख्ने पार्टी नेपाली कांग्रेसभित्र गगनको क्रेजका कारण पनि उनलाई रोक्न कठिन छ । प्रधानमन्त्रीका लागि संसदीय दलको नेता बन्नुपर्ने कांग्रेस विधानको व्यवस्था छ ।

सभापति शेरबहादुर देउवाले बनाउने समानुपातिकको बन्दसूची र देउवाले टिकट बाँडेका सांसदले गगनलाई संसदीय दलको नेतामा भोट हाल्छन् कि हाल्दैनन्, अहिल्यै अनुमान गर्न हतार हुन्छ । 

प्रधानमन्त्री बन्न खोजेका गगनलाई रोक्न पार्टीभित्रबाटै अन्तर्घात र षड्यन्त्र हुने सम्भावना बाँकी छ । चर्चा कमाउनका लागि पनि गगन थापाको क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेको कमी छैन ।

यति हुँदाहुँदै पनि गगन थापा चुनाव जित्नेमा ढुक्क छन् । विगतमा वामपन्थी गठबन्धन हुँदा समेत सहज जीत हासिल गरेका गगनले यसपटक पनि अप्ठ्यारो महसूस गरेका छैनन् । 

चुनाव जितेपछि निरन्तर मतदातासँग सम्पर्कका रहेका गगनले कोभिडको कालखण्डमा मतदाताको घरघर पुगेर सहानुभूति बटुलेका छन् । 

राजनीतिमा नयाँ पुस्ताको नेतृत्वमा स्थापित हुन लागेकोमा केही स्वतन्त्र मतदाताको समेत उनलाई समर्थन छ । खगेन्द्र संग्रौला जस्ता वामपन्थी कित्ताका बुद्धिजीवी पनि अन्तिम समयमा गगन थापालाई जिताउन हिँड्ने गरेका थिए । 

२०७४ सालको चुनावमा गगन २१ हजार ५ सय ५८ मत पाएर विजयी भएका थिए । प्रतिद्वन्द्वी वामपन्थी उम्मेदवार राजन भट्टराईले १८ हजार १ सय ४० मत पाएका थिए ।

स्थानीय तह निर्वाचनमा वडा तहमा यो क्षेत्रबाट नेकपा एमालेले धेरै मत पाएको छ । गठबन्धनको कुल मत जोड्दा थोरै मात्र बढी छ । 

स्थानीय चुनावमा एमालेले १६ हजार ५०७, कांग्रेसले १५ हजार ७६३, नेकपा एसले २ हजार ४१४, राप्रपाले २ हजार २९३ र माओवादीले ८ सय ४४ मत पाएका थिए । उम्मेदवारको व्यक्तिगत योग्यता, हैसियत र प्रभावले मतमा तल माथि हुन सक्छ । 

डा. आरजु देउवा 

नेपाली कांग्रेसबाट प्रधानमन्त्रीमा 'प्रोजेक्सन' गरिएकी अर्की पात्र हुन्, डा. आरजु राणा देउवा । 

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी आरजुलाई चुनावपछिको प्रधानमन्त्रीको रूपमा चर्चा गरिएको छ ।

आरजुको हकमा वास्तविकताभन्दा अफवाह धेरै फैलाइएको छ ।

उपचारको सिलसिलामा भारतको राजधानी नयाँ दिल्लीमा भारतीय नेताहरूसँग भेट गरेर प्रचण्डसँग आलोपालो प्रधानमन्त्रीको सहमति गरेको भनेर नेपालमा हल्ला फैलियो । 

हल्ला र अफवाह धेरै फैलिएपनि देउवाले आरजुलाई राजनीतिमा स्थापित गर्न खोजेको कुरा लुकेको छैन । समानुपातिकमा सीट सुरक्षित हुँदाहुँदै आरजुले फेरि पनि प्रत्यक्षमा चुनाव लड्न खोज्दैछिन् । 

माइती जिल्ला बर्दियादेखि, कैलाली र कञ्चनपुरसम्मबाट आरजुलाई चुनाव लड्न लागि प्रस्ताव आएको छ ।

२०७४ सालमा कैलाली– ५ बाट चुनाव लडेकी आरजु यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने गृहकार्य गरिरहेकी छिन् । २०७४ सालमा एमालेका नारदमुनि रानासँग आरजु पराजित भएकी थिइन् ।

नारदमुनिले २७ हजार २ सय २ मत ल्याउँदा आरजुले २२ हजार ३ सय २२ मत पाएकी थिइन् । 

आरजुले ताकेको कैलाली– ५ मा भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको नतिजामा कांग्रेस एक्लै राम्रो पोजिसनमा छ । माओवादीको पनि राम्रो भोट छ । कांग्रेसले २२ हजार ७ सय ७९ मत ल्याउँदा एमालेले १७ हजार ४ सय २० मत पाएको थियो । माओवादीले ८ हजार १ सय मत पाउँदा नेकपा एसले २ हजार पाएको छ ।

गठबन्धनका सबै दलको भोट जोड्दा यो क्षेत्रमा झण्डै दोब्बर मतको फरक छ । गठबन्धनको मत ३३ हजार ११३ पुग्दा एमाले र राप्रपाको कुल मत १९ हजार २१७ मात्र पुग्छ ।

माधवकुमार नेपाल

सत्ता गठबन्धनमा रहेको तेस्रो घटक नेकपा एसले पनि मंसिर ४ पछिको कुनै कालखण्डमा सरकारको नेतृत्व दाबी गरेको छ । गठबन्धनको मर्मअनुसार आलोपालो सरकारको नेतृत्व पाउनु पर्ने नेकपा एसको अडान छ ।  

चुनावमा नेकपा एसले कस्तो हैसियत प्राप्त गर्छ, त्यसले माधव नेपाल प्रधानमन्त्री बन्ने/नबन्ने निर्क्यौल हुनेछ ।

प्रचण्ड, देउवा र नेपालबीच पाँच वर्षपछिको चुनावी सरकारको नेतृत्व माधव नेपाललाई दिनेगरी भद्र सहमति भएको माओवादी स्रोतहरू बताउँछन् । 

सरकार सञ्चालनमा असमझदारी भएर चुनावपछि वामपन्थी दलहरू फेरि एकजुट हुने अवस्थामा पनि माधव नेपाल प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ ।

‘विद्रोही शक्ति’ भएकाले प्रतिनिधिसभा चुनावमा आफ्नो पार्टीको हैसियत बढ्ने नेता नेपालले दाबी गरेका छन् । 

भावी प्रधानमन्त्रीका एक उम्मेदवार ठानिएका माधव नेपाल यसअघि चुनाव जितेको काठमाडौं– २ रोज्छन् कि विगतमा चुनाव जित्दै आएको रौतहट– १ मा झर्छन् भन्ने यकिन छैन । स्थानीय तहको मत विश्लेषणका आधारमा यसपटक नेपालले काठमाडौं– २ भन्दा रौतहट सुरक्षित ठानेका छन् । काठमाडौंमा स्वतन्त्रको बाढी र पूर्वप्रधानमन्त्रीलाई हराउने ‘नो, नट अगेन’ अभियान चलेका कारण रौतहट सुरक्षित रहेको सुझाव उनले पाएका छन् । 

मधेशको भोट ‘स्वीङ’ हुने सम्भावना कायम रहन्छ, त्यो अवस्थाबाहेक स्थानीय तह निर्वाचनमा गठबन्धनले पाएको मतले माधव नेपाललाई सहज देखाउँछ ।

स्थानीय तह निर्वाचनमा दुईवटा पालिका जितेको एसले १९ हजार ६९८, कांग्रेसले १६ हजार ९२८, लोसपाले १२ हजार ६२, जसपाले ८ हजार २४१ र माओवादी ८ हजार १९१ मत पाएका छन् ।

माधव नेपालको प्रतिस्पर्धी एमालेको ७ हजार ३८५ मत छ । लोसपा समेत गठबन्धनतर्फ आकर्षित भएकाले रौतहटबाट चुनाव जित्न माधव नेपाललाई सहज देखिन्छ । 

डा. बाबुराम भट्टराई

गोलाकारभित्रको हँसिया हथौडा चिह्नबाट चुनाव लड्न खोजेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि कतिपयले भावी प्रधानमन्त्रीको रूपमा चर्चा गर्ने गरेका छन् । बाबुरामसँग राजनीतिक सम्बन्धविच्छेद गरेका प्रशान्त सिंहले लोकान्तरसँगको एक अन्तर्वार्तामा बाबुराम फेरि प्रधानमन्त्री बन्ने दाबी गरेका थिए ।   

एउटै चिह्नबाट चुनाव लड्दै भविष्यमा पार्टी एकतासम्म पुग्ने सहमति गरेका बाबुराम परिस्थिति अनुकूल बन्दा प्रधानमन्त्री बन्न नसक्ने होइन ।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा कांग्रेसको समर्थनमा भट्टराई गोरखा– २ बाट निर्वाचित भएका थिए । बाबुरामले ३१ हजार ८ सय ७ भोट पाउँदा वाम उम्मेदवार नारायणकाजी श्रेष्ठले २४ हजार ९ सय ३३ मत पाएका थिए ।

‘बाबुराम ब्रान्ड’सँग चुनाव लड्न नसकिने रहेछ भनेर हिँडेका नारायणकाजी अहिले राष्ट्रिय सभा सदस्य छन् । बाबुरामको क्षेत्रमा माओवादी बलियो छ भने हाराहारीमा कांग्रेस छ । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादीले २२ हजार २५० मत पाउँदा कांग्रेसले २१ हजार १३६ मत पाएको थियो । एमालेको ७ हजार ९२६, बाबुरामको पार्टीको ७ हजार ५०४ र राप्रपाको ८७८ मत छ । गोरखा– २ मा गठबन्धनको भोट ५० हजार छ भने एमाले र राप्रपाको भोट जोड्दा झण्डै साढे ८ हजार हुन्छ । स्थानीय तह चुनावको मतलाई आधार मान्दा पनि बाबुराम सुरक्षित देखिन्छन् ।

वामदेव गौतम 

प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षा लिएर वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको कार्यकाल बाँकी रहँदै प्रतिनिधिसभा चुनाव लड्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री बन्नकै लागि वामदेवले प्रतिनिधिसभा सदस्य बन्ने तयारी गरेका हुन् । गोलाकारभित्रको हँसिया हथौडाको माओवादी चिह्नबाट वामदेव चुनाव लड्दैछन् । 

जनमोर्चाको प्रभाव बाँकी रहेको प्युठानबाट चुनाव लड्ने गौतमको चाहना छ । तर, पाँचदलीय गठबन्धनको एउटा हिस्सा राष्ट्रिय जनमोर्चाले दाबी गरेको त्यो क्षेत्र गौतमले पाउँछन् कि पाउँदैनन् अन्यौल छ । 

२०७४ सालको चुनावमा जनमोर्चाकी दुर्गा पौडेल ४७ हजार ५ सय १४ मतसहित विजयी हुँदा कांग्रेसका डा. गोविन्द पोखरेलले ३१ हजार २ सय ८६ मत पाएका थिए । 

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा प्युठानमा कांग्रेस र माओवादीले समान ३ पालिका जित्दा एमाले दुई स्थानमा खुम्चिएको छ । तर, वडातर्फको भोटका आधारमा भने नेकपा एमाले अग्रस्थानमा छ । 

एमाले ३९ हजार ८७७ मत पाउँदा कांग्रेसले २१ हजार ५६४ मत पाएको छ । माओवादीले १७ हजार १ सय ६३ र जनमोर्चाले १३ हजार ६ सय १२ मत पाएका छन् ।

नेकपा एकीकृत समाजवादीले १ हजार ४ सय १७ मत पाउँदा राप्रपाले ४ सय ३३ मत पाएको छ । 

गठबन्धनको मत एक ठाउँमा जोड्दा ५३ हजार ७ सय ५६ हुन्छ । जनमोर्चालाई मिलाएर गठबन्धनबाट सर्वसम्मत उम्मेदवार बनेमा मात्र यो क्षेत्रमा गौतमलाई सहज हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x