२५ असार २०८३, बिहीबार

२० प्रतिशत कमिसन घूस मागेको आरोपमा कार्यालय प्रमुख र चालक पक्राउ

असार २२, २०८३
काठमाडौं
२० प्रतिशत कमिसन घूस मागेको आरोपमा कार्यालय प्रमुख र चालक पक्राउ

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको राजविराजस्थित भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दास र सवारी चालक भोगेन्द्र यादवलाई घूस रकमसहित नियन्त्रणमा लिएको छ।

भ्याक्सिनेटरहरूले सेवा उपलब्ध गराए बापत पाउनुपर्ने भुक्तानी रकमको २० प्रतिशत कमिसन (घूस) माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। टोलीले सवारी चालक भोगेन्द्र यादवलाई घूस बापतको ३३ हजार ३५० रुपैयाँ लिइसकेको अवस्थामा फेला पारेको थियो।

खानतलासीका क्रममा यादवको साथबाट स्रोत नखुलेको थप ४८ हजार ७० रुपैयाँ र १ लाख २९ हजार बराबरका विभिन्न ४ वटा चेकहरू समेत बरामद गरिएको छ। यस्तै, कार्यालय प्रमुख डा. दासको कार्यकक्षबाट १ लाख २५ हजार रुपैयाँको चेक र मोबाइल बरामद भएको अख्तियारले जनाएको छ।

घूस रकम र चेकसहित नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्