
करेन्ट लागेर बर्दियामा एक महिलाको मृत्यु भएको छ ।
गुलरिया नगरपालिका-१० थारूपर्सिया बस्ने ३५ वर्षीया आकृति चौधरीको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो ।
आफ्नै घरको धारामा जडित विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको बर्दिया अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।