
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्बासी समस्याबारे आफू गम्भीर रहेको बताएका छन् । बिहीबार संसद् भवन सिंहदरबारबाट बाहिरिने क्रममा सञ्चारकर्मीका प्रश्नको संक्षिप्त जवाफ दिँदै सभापति लामिछाने सुकुम्बासी समस्याबारे आफू धेरै गम्भीर रहेको बताएका हुन् ।
उनीहरूको समस्या पनि आफूले बुझेको लामिछानेले बताए । 'यो विषयमा म एकदमै गम्भीर छु । धेरै नै गम्भीर छु । मैले बुझेको छु,' सञ्चारकर्मीहरूले सोधेको 'सुकुम्बासीको त रुवाबासी नै भयो, उनीहरूलाई खान-बस्न पनि समस्या भयो' भन्ने प्रश्नको जवाफ दिँदै सभापति लामिछानेले भने ।
पछिल्लो समय होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीले खाना र बस्न नपाएको गुनासो आइरहेको छ ।