×

NMB BANK
NIC ASIA

फागुनदेखि जनकपुर–जयनगर रेल संचालनमा आउने

कात्तिक २०, २०७४

NTC
Premier Steels
जनकपुरधाम, १५ साउन – करिब २ बर्ष अघि बन्द भएको नेपालको एक मात्र नेपाल रेल्वे फेरि सञ्चालनमा आउने भएको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्मको रेल मार्गको पुनर्निर्माण अन्तिम चरणमा पुगेकोले २०७४ फागुनदेखि सञ्चालनमा आउने भारतीय पक्षले प्रतिबद्धता व्यक्त गरेको छ ।

५१ किलोमिटर लामोे रेल लिकको पुनर्निर्माण अन्तिम फेजमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको जनकपुरस्थित योजनाको कार्यालयले जनाएको छ ।

भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म जम्मा ६९ किलोमिटर ब्रोडगेज रेल मार्ग निर्माण कार्य सम्पन्न गरिने योजना भए पनि अबको आठ महिनामा जयनगरदेखि कुर्था सम्म ३२ किलोमिटर रेल पहिलो चरणमा संचालन गर्न अधिकांश तयारीहरु पुरा भइसकेको छ ।

भारतको जयनगर देखि जनकपुरसम्म २९ किलोमिटर दुरीमा नेपाल रेल पहिलो चरणमा संचालन हुने भएको छ । त्यसका लागि आवश्यक कार्यहरु युद्धस्तरमा अगाडि वढाइएको नेपाल रेल विभागको साईट कार्यालय जनकपुरका इन्जिनियर विनोद ओझाले बताए ।

लिकमा माटो भर्ने, ग्राभल गर्ने तथा साना देखि ठूला पुलपुलेसाहरूको निर्माण कार्य लगभग सम्पन्न भइसकेको उनले बताए । सन् २०१८ मार्च देखि पहिलो चरणमा रेल संचालन हुने गरि काम अगाडि बढेको इन्जिनियर ओझाको दावी छ ।

अहिले विभिन्न स्टेशन तथा हल्टहरुमा स्टेशन निर्माणका साथसाथै कर्मचारीहरुको आवासका लागि फ्लयाट सहितको क्वार्टर निर्माण भईरहेको छ । यसका अतिरिक्त मेन ट्रयाक निर्माणको लागि भारतको भिलाई स्थित सेल कम्पनीलाई अर्डर दिई निर्माण कार्य लगभग सम्पन्न भएकाले नेपालको विरगञ्ज हुँदै ढुवानी गरी पटरी ल्याइने भारतीय इरकन कम्पनीका एक अधिकारीले बताए । ६७ किलोमिटर सम्मको टूयाक निर्माणका लागि ४२ सय मेट्रिक टन पटरी ढुवानी गरिने उनले बताए ।

भारत सरकारको आर्थिक सहयोगमा भइरहेको निर्माणका लागि सुरुवातमा भारत सरकारले भारतीय रुपैयाँ पाँच अर्ब ३९ करोड सहयोग गरे पनि पछि त्यो रकम परिमार्जित भएर हाल सात अर्ब २० करोड भारतीय रुपैंया खर्चिने जनाइएको छ ।

पहिलो चरणमा जयनगरदेखी कुर्थासम्म ३२ किलोमिटर, दोस्रो चरणमा २०१९ मार्च सम्म कुर्थादेखि भंगहासम्म र तेस्रो चरणमा बर्दिबास सम्म गरी जम्मा ६९ किलोमिटर ब्रोडगेज निर्माणको काम भइरहेको छ । मार्च २०१८ सम्ममा नेपालमा ब्रोडगेज संचालनको लक्ष्य लिई निर्माण कार्यलाई तिव्रता दिइएको छ ।

रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा भएको द्विपक्षीय सम्झौता भएको थियो । सोही अनुसार २०११ माघ महिनामा निर्माणको थालनी भएको थियो ।

ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुईवटा निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढेको छ ।

जस अन्तर्गत नायक इन्फ्रास्ट्रक्चर प्रालि असम गुहाटीलाई इनर्वा बोर्डरदेखी महुवा कपिलेश्वरसम्म २४ किलोमिटर र धनुषाको कालिका रमण जेभिलाई कपिलेश्वरदेखि भंगहासम्म २४ किलोमिटरमा माटो, स्लोप, दुवैतिरको घाँस रोपाई र ग्राभलको कामको ठेक्का दिइएको हो ।

भारतको कम्पनीलाई सोही कामका लागि ६५ करोड र कालिका रमण जेभिलाई ७० करोडको ठेक्का दिइएको हो । जसमा हाल भारतीय कम्पनीले इनर्वादेखी महुवासम्ममा माटो, स्लोभ, घाँस राख्ने, लगायतको कामहरु सम्पन्न गरिसकेको कम्पनीका इन्जिनियर कौशिक साहुले बताए । उनले भने, ‘हामी मार्चमा रेल सञ्चालनका लागि प्रतिबद्ध भई काम गरिराखेका छौं । यता, अर्काे ठेकेदार कम्पनीले पनि आफ्नो काम करिब करिब सकेकै हो ।’

रेल र स्लिपरको काम इरकनले आफैं गर्ने छ । जस अन्तर्गत भारत तर्फ स्लिपरहरु सबै आइसकेको र नेपालका लागि ल्याउने कामहरु भइरहेको छ । त्यसैगरी रेल मार्गमा बिछ्याइने विशेष प्रकारको ढुंगा ब्लास्टहरु समेत जम्मा गर्ने कामहरु भइरहेको छ ।

ब्लाष्ट र स्लिपरको काम भइसकेपछि लिक ओछ्याउने काम सुरु हुने र त्यसका लागि समेत भारतको उडिसा राज्यको भिलाई भन्ने स्थानमा निर्माण कम्पनीलाई ठेक्का दिई एडभान्स रकम समेत दिई सकिएको र चाँडै नै वीरगंज बन्दरगाहबाट ति लिकहरु नेपाल भित्र्याइने जनाइएको छ ।

रेल मार्गमा १ सय २३ वटा साना पुलहरु र १९ वटा ठूला पुलहरु निर्माण भईरहेको छ । जसमध्ये साना पुलहरु सबै निर्माण भइसकेको छ भने मुख्य पुलहरुमा १७ वटामा काम करिब करिब सम्पन्न हुने तरखरमा रहेको इरकनका प्राविधिकले बताएका छन् । पुलहरुमा गाटर हालेर एक अर्कासंग जोडिएपछि ब्लाष्ट बिछाउने र लिंक हाल्ने काम सुरु भई स्लिपरहरु समेत राखिने छ ।

३ वर्षदेखि पूर्ण रुपमा बन्द रहेको रेल सेवा मार्चसम्ममा ब्रोडगेजमा परिणत हुने प्रतिबद्धता भारतीय पक्षले व्यक्त गर्दै आएको हुनाले सोही अनुरुप आफूहरु पनि काममा लागि परेको र निर्धारित समयमै रेल संचालन हुने रेल तथा मेट्रो विकास आयोजना, साइट कार्यालय जनकपुरका प्रमुख इन्जिनियर विनोद ओझाको भनाइ छ ।

भारतको जयनगरमा स्टेशन, इनर्वामा स्टेशन, खजुरीमा स्टेशन, महिनाथपुरमा हल्ट, बैदेहीमा स्टेशन, देउरी परवाहामा हल्ट, जनकपुरमा हल्ट, कुर्थामा स्टेशन, महोत्तरीको खुट्टा पिपराढीमा स्टेशन, लोहारपट्टीमा हल्ट, सिंग्याहीमा हल्ट, भंगहामा स्टेशन, रामनगरमा हल्ट र बर्दीवासमा स्टेशन निर्माण भइरहेको छ । हल्टमा सिङ्गल लाईनको पटरी रहने गर्छ । त्यसकारण हल्टमा रेल कम समयका लागि मात्र रोक्ने गर्छन् जबकी स्टेशनमा अलि लामो समयका लागि रोक्ने गर्छन् ।

भारतको जयनगरमा ४ लाईन, धनुषाको इनर्वामा ५ लाईन, खजुरीमा ३ लाईन, महिनाथपुरमा एक लाईन, बैदेहीमा ३ लाईन, परवाहामा १ लाईन, जनकपुरमा १ लाईन र कुर्थामा ५ लाईनको ट्रयाक निर्माण भइरहेको छ ।

महोत्तरीको बिजलपुरादेखि बर्दिबाससम्म १७ किलोमिटर लिक निर्माणका लागि अझै जग्गा अधिग्रहणकै प्रक्रियामा रहेको रेल तथा मेट्रो विकास आयोजना, साइट कार्यालय जनकपुरका इन्चार्ज विनोद ओझाले जनाए ।

यता, जयनगरदेखि इनर्वासम्म (भारतीय भूमि) तीन किलोमिटरसम्म माटो पुर्ने, रोडा ओछ्याउने र आवश्यक पुल तथा कल्भर्ट निर्माण कार्यको जिम्मा भारत सरकारले नै लिएको थियो । उक्त काम पूरा पनि भइसकेको छ ।

अगामी जुनबाट रेल सञ्चालन हुने दाबी गरे पनि ब्लांकेटिङको कामपछि ब्लास्ट (फुटाइएको ढुंगा), स्लिपर र लिक निर्माण कार्यमा समय लाग्ने हुँदा कम्तीमा एक वर्ष अझै लाग्ने भारतीय पक्षको भनाइ छ ।

उसको अनुसार ब्लांकेटिङपछिको कामको ठेक्का प्रक्रिया पनि अहिलेसम्म सुरु हुन सकेको छैन ।
बर्दिबासदेखि सिमरासम्मको रेलवे निर्माण कार्य पनि औपचारिक रुपमा सुरु भइसकेको बर्दिवासका डिभिजनल इन्जिनियर कमलदेव साहले जनाए ।

‘बर्दिबासदेखि सिमरासम्मको कामका लागि विस्तृत आयोजना प्रतिवेदन तयारी कार्य सुरु भइसकेको छ । यो औपचारिक रुपले काम सुरु भएको संकेत हो,’ उनले भने ।

५१ किलोमिटर लामो लिक फागुनमा पुनर्निर्माण सम्पन्न हुने भए पनि त्यसमा गुडाउने रेलको इन्जिन (लोकोम्याटिक) को भने अझै अत्तोपत्तो छैन । पुराना रेलका इन्जिन काम नलाग्ने भएकाले कम्तिमा पनि दुईवटा इन्जिन किन्नु पर्ने बाध्यता सरकारलाई छ ।

खजुरी स्टेसनमा रहेको सबैभन्दा पुरानो कृष्ण नामको जलवास्प रेलको इन्जिन । यो सन् १९३७ मा हल्याण्डले नेपाललाई उपहार दिएको थियो । रेलको एउटा इन्जिन किन्न कम्तिमा ५० करोड लाग्ने र त्यसमा आवश्यकताअनुसार डब्बाहरु जडान गर्दा एउटा रेल तयार हुन झण्डै एक अर्ब रुपैयाँ खर्च हुने रेल विभागको भनाई छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार रेलको इन्जिन पनि भारत सरकारसँगै माग्ने तयारी गरिएको छ । भारतले नदिए आफैंले किन्ने सोच मन्त्रालयले बनाएको ती अधिकारीले बताए ।

दोस्रो चरणमा बनाउने तयारी गरिएको बिजुलपुरादेखि बर्दिवाससम्मको १८ किलोमिटर लामो नयाँ खण्डको विस्तृत परियोजना रिपोर्ट तयार भइसकेको छ । यस खण्डमा अधिग्रहण गर्नुपर्ने जग्गा एकीन गरेर रेल विभागले सार्वजनिक गरे पनि रकमको अभावमा थप काम रोकिएको छ ।

बिजुलपुराबाट सुरु हुने यो खण्डमा जग्गा अधिग्रहणका लागि झण्डै ३ अर्ब चाहिने अनुमान छ । बिजुलपुरादेखि बर्दिवाससम्म निर्माण गर्न लागिएको रेलको लिक जाने स्थान फेर्न स्थानीय बासिन्दाले आग्रह गर्दै आएका छन् । विस्तृत परियोजना रिपोर्ट (डिपिआर) मा उल्लेख भएअनुसार रेलको लिक बनाउँदा धेरै उर्वर भूमि मासिने र ठूलो मानव वस्ती उठाउनु पर्ने हुँदा स्थानीय बासिन्दाले उत्तरतर्फ सारेर रेलको लिक बनाउन माग गरेका छन्

नेपालको रेल्वे इतिहास

विक्रम सम्बत १९९४ सालमा तत्कालीन ब्रिटिस शासकले महोत्तरीको जंगलबाट सखुवाको गोलिया काठ ओसार्नका निम्ति जनकपुर जयनगर रेल्वेको निर्माण गरिएको थियो । जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट धनुषाको जनकपुर हुँदै भारतको जयनगरसम्म सञ्चालनमा रहेको थियो ।

५२ किलोमिटर सम्म रेल संचालनमा थियो । तर २०५९ सालमा आएको बाढीबाट महोत्तरीको विग्ही पुल क्षतिग्रस्त भएपछि जनकपुर देखि विजलपुरा सम्मको रेल सेवा बन्द भएको थियो । त्यसपछि रेल सेवा जनकपुरदेखि जयनगर २९ किलोमिटरमा सीमित हुन पुगेको थियो ।

तर, न्यारोगेजमा संचालित उक्त रेल ब्रोडगेज सेवामा स्तरोन्नती हुँदा जनकपुर जयनगर सम्म सुचारु रहेको रेल सेवा २०७१ माघ देखि पुर्णतः ठप्प रहेको छ ।

सुरुमा इन्धनको रूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेल २०१८ साल देखि यात्रु ओसारपसार कार्यको थालनी गरेको थियो । पछि २०५१ सालमा भारत सरकारको सहयोगमा १८ बोगीसहित चारवटा डिजेल पावर इन्जिन प्राप्त भएपछि आधुनिक रेल सेवा सञ्चालन भएको हो । रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ सालमा यसलाई नेपाल यातायात संस्थान अन्तर्गत राखियो ।

पछि २०२५ सालमा सरकारले यसको नाम जनकपुर–जयनगर रेल्वे राख्यो । रेल्वेको पहिलो प्रबन्धकको रूपमा टेकजंग थापा नियुक्त भएका थिए । २०६१ सालमा रेल्वे सेवालाई नेपाल रेल कम्पनीको रूपमा कम्पनी रजिस्टूारको कार्यालयमा दर्ता गरिएपछि नेपाल रेल्वेको रूपमा हालसम्म चिनिएको छ ।

श्रम तथा यतायात व्यवस्था मन्त्रालयअन्तर्गत रहेको रेल्वे सेवालाई भौतिक योजना निर्माण तथा यतायात मन्त्रालयअन्तर्गत रेल विभाग गठन भएपछि त्यसले हेर्दै आएको छ ।

रेल्वेले धानेको जीवन
नेपाल रेल्वेले यस क्षेत्रको व्यापारमा ठूलो योगदान दिएको छ । व्यापारीहरुका लागि भारतीय बजार जयनगरबाट जनकपुर सामान ल्याउन सबैभन्दा सुविधाजनक बाटो रेलमार्ग नै हो । महिनामा करोडौं मूल्यबराबरको सामान रेलमार्फत ढुवानी हुने गरेको छ । रेल संचालन भएको बेला धनुषा भन्सार कार्यालयमा लक्ष्यभन्दा बढी राजस्व उठ्ने गरेको भन्सारकै तथ्याङ्कमा उल्लेख छ ।

जनकपुरदेखि जयनगरसम्म रेल्वे लिकको छेउमा तथा होटेलमा हजारौँले पसल खोलेका थिए । तर, अहिले ती सबै पसलेहरु विगत ३ बर्ष देखि विस्थापित हुन परेका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x