×

NMB BANK
NIC ASIA

उपत्यकामा ११ लाख सवारी साधन, यस्तो छ जाम नहट्नुको कारण ...

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, २१ पुस — नेपालमा पछिल्लो समय सवारी साधनको संख्या तीव्र गतिमा बढेको छ । तर सडक सुधार भने कछुवाको गतिमा भइरहेको छ । यसैको परिणाम दिनहुँ सवारी जामको चर्को समस्या भोग्न बाध्य छन् राजधानीवासी । अझ कार्यालय समयको त कुरै नगरौं । भनेको समयमा गन्तव्यमा पुग्नुभयो भने तपाईंले अालूलाई भाग्यमानी ठाने हुन्छ ।

किन बढ्यो त सडकमा सवारी जाम ? महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी प्रकाश अर्याल भन्छन्, ‘सडकमा जाम बढ्नुको मुख्य कारण सडक कम र सवारी साधनको चाप बढी हो ।’

पछिल्लो २० वर्षमा झण्डै ९ लाख सवारी वृद्धि
यातायात व्यवस्था कार्यालय, वाग्मतीको तथ्याङ्क अनुसार २०६५ सालमा काठमाडौं उपत्यकामा मोटरसाइकलको संख्या तीन लाख हाराहारीमा थियो । तर २०७३ मा आइपुग्दा यो संख्या बढेर नौ लाख पुगेको छ ।

यसलाई हेर्दा आठ वर्षको अवधिमा तीन सय प्रतिशतले वृद्धि भएको देखिन्छ । २०५१ सालमा उपत्यकाभित्र ७८ हजार सवारी साधन दर्ता भएका थिए ।

बीस वर्षको अन्तरालमा राजधानीमा गुड्ने सवारी साधानको सङ्ख्या झन्डै दुईसयभन्दा बढी प्रतिशतले वृद्धि भएको छ । अहिले यातायात व्यवस्था कार्यालय, वाग्मतीमा मात्र ९ लाख ५० हजार १ सय गाडी दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७२/७३ सम्म कति दर्ता भए उपत्यकामा सवारी ?
आर्थिक वर्ष २०७२/७३ मा वाग्मतीमा १० हजार ३ सय ७९ बस दर्ता भएका छन् । त्यस्तै, मिनीबस ९ हजार ५ सय ७५, ट्रक तथा मिनीट्रक २० हजार ८ सय ४७ दर्ता भएका छन् ।

विभागको तथ्यांक अनुसार मोटरसाइकल ७ लाख ७० हजार दर्ता भएका छन् । कार, जीप र भ्यानको संख्या १ लाख २५ हजार ४ सय ३९ रहेको छ । त्यस्तै क्रेन तथा एक्स्क्याभेटर ४ हजार ८ सय ७७ , पिकअप १७ हजार १ सय ७० रहेको विभागको तथ्यांकमा रहेका छन् ।

यसबाहेक राजधानीमा चीनमा निर्मित ब्याट्रीबाट चल्ने स्कूटरमात्र करीब पाँच हजार छन् । त्यस्तै साइकलको संख्या पनि उल्लेख्य छ ।

१६ सय किलोमिटर सडकमा ११ लाख गाडी

सडक विभागका अनुसार, राजधानीमा १ हजार ५ सय ९४ किलोमिटर सडक छ । यातायात व्यवस्था कार्यालयका अनुसार वाग्मतीमा ९ लाख ५० हजार १ सय ७८ गाडी दर्ता भएका छन् ।

यसबाहेक बाहिर दर्ता भएका सवारी पनि राजधानीमा गुड्छन् । महाशाखा प्रमुख डिआइजी प्रकाश अर्यालका अनुसार अहिले उपत्यकामा ११ लाख हाराहारीमा सवारी साधन छन् । सडक अनुपातमा यो संख्या एकदमै धेरै हो ।

सडक विस्तार नहुने तर सवारी साधनको संख्या दिनदिनै थप हुनेक्रमले सडकमा जाम बढेको महानगरीय प्रहरी कार्यालय प्रमुख एआइजी प्रतापसिंह थापा बताउँछन् ।

राजधानीमा दैनिक कुद्छन् साढे ६ लाख सवारी साधन
काठमाडौं उपत्यकामा दैनिक ६ लाखभन्दा धेरै सवारीसाधन गुड्ने गरेका छन् । यातायात व्यवस्था विभागको तथ्यांकअनुसार वाग्मती अञ्चलमा दर्ता भएका साढे ९ लाखमध्ये अधिकांश उपत्यकाभित्रै चल्छन् ।

विभागका उपमहानिर्देशक वसन्त अधिकारीका अनुसार दर्ता भएकामध्ये ७० प्रतिशत सवारीसाधन दिनको एकपटक सडकमा निस्कन्छन् । यस आधारमा उपत्यकाभित्रका सडकमा मात्रै दैनिक ६ लाख ४६ हजार ३० सवारीसाधन गुड्ने गरेको विभागको अनुमान छ ।

यी हुन् उपत्यकामा अत्यधिक जाम हुने क्षेत्र

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, राजधानीमा कोटेश्वर, नया“ बानेश्वर, गौशाला, चावहिल, कोटेश्वरदेखि कलंकी, कालिमाटी, त्रिपुरेश्वरबाट कालिमाटी, सिंहदरबार, थापाथली, पुतलीसडक क्षेत्रमा अधिक जाम हुने गरेको छ । अझ कतिपय स्थानमा सडक निर्माण जारी रहेकाले पनि जाम बढिरहेको छ ।

कसरी हुन्छ सवारी जाम समस्याको समाधान ?
महाशाखा प्रमुख डिआइजी अर्याल भन्छन्, ‘सडक जाम कम गर्न सडक निर्माणमा विशेष ध्यान दिनुपर्छ । कि त सवारी दर्तामा रोक लगाएर वैकल्पिक सवारीको व्यवस्था गर्नुपर्छ ।’

सरकारले सवारी साधनको संख्या थप नगर्ने वा सडक विस्तारलाई प्राथमिकतामा नराख्ने हो भने अबको चार/पाँच बर्ष वर्षभित्र राजधानीमा गाडी सडकमा निकाल्न पनि समस्या हुने देखिएको छ ।

राजधानीका सडकका ओभरफ्लाई र सबवे रोडहरू नभएकाका कारण पनि समस्या बढेका छन् । बाटो क्रस हुँदा सवारी जाम हुने गरेको छ । त्यसका लागि सरकारी तवरबाट सडक व्यवस्थापन प्राथमिकतामा रहनु आवश्यक छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x