×

NMB BANK
NIC ASIA

प्राकृतिक विविधताले भरिपूर्ण बर्दिया राष्ट्रिय निकुञ्ज । उत्तरमा चुरे पहाड, दक्षिणमा तराईको समथर फाँट । निकुञ्जलाई मध्यभागमा पारेर पूर्वमा बबई नदीे अनि पश्चिममा कर्णाली बगेको छ । बीचमा जैविक विविधताले भरिपूर्ण प्रकृतिको वरदान बर्दिया राष्ट्रिय निकुञ्जको हरियाली छ ।

Muktinath Bank

हरियाली फाँटमा चरेका मृग, मृगका क्रियाकलाप अझ तिनीहरूका आकर्षक आँखाले घुम्न आउने प्रत्येक पर्यटकलाई आकर्षित गर्छ । त्यति मात्र होइन, अनेकौं भौगोलिक विविधताको अनुपम समिश्रणबीच पश्चिम नेपालकै सुन्दर पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जले सबैको मन लोभ्याउने गर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

बर्दिया राष्ट्रिय निकुञ्ज खासगरी बाघका लागि परिचित छ । नेपालले बाघ संरक्षणको अभियानलाई तीव्रता दिएसँगै बाघको संख्या उल्लेख्य बढेको छ । त्यसमा बर्दिया राष्ट्रिय निकुञ्जको पनि ठूलो योगदान छ । यस निकुञ्जमा पनि बाघको संख्यामा वृद्धि भएको छ ।

Vianet communication

तर आजको फोटो कथामा बर्दियाको बाघभन्दा बाघको वृद्धि हुनमा सघाउ पु¥याउने र वन्यजन्तुको पारिस्थितिकीय प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्ने मृगको फोटोकथा प्रस्तुत गर्दैछु ।

प्रायः मानिसहरू बर्दिया राष्ट्रिय निकुञ्जमा प्राकृतिक आनन्दका लागि पुग्ने गर्छन्, जहाँ वन्यजन्तु, चराचुरुंगी, हरिया फाँट र खोला नालामा रमाउने उत्कट इच्छा बोकेर पुग्ने गर्दछन् । यी प्राकृतिक सुन्दरतामा रमाउनेबाहेक त्यहाँ पुग्ने सबैको एउटै चाहना हुन्छ बाघ हेर्ने । समय र मौसमले साथ दिएको खण्डामा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ देखिन्छ ।

मेरो बर्दिया निकुञ्जको भ्रमण यसपटक वर्षाको समय साउन महिनामा भएको थियो । वर्षाको समयमा वन जंगलमा घाँस र झाडी निकै बढिसकेको थियो, वर्षामा यो स्वाभाविक पनि हो । झाडीका कारणले गर्दा यस समयमा बाघ देख्न मुस्किल पर्ने रहेछ, त्यसैले लामो बसाइमा पनि बाघको दर्शन पाउन सकिएन ।

बाघ नदेखिए पनि मलाई प्रत्येक दिन निकुञ्ज घुम्दा देखिने मृगका हुल र ती मृगका चनाखो आकर्षक आँखाले लोभ्याउँथ्यो । बच्चासहित चरनमा चरेको मृगले प्राकृतिक आनन्दको अनुभूतिमा अझ उत्साही बनेर नजिक जाउँजाउँ जस्तै लाग्ने । निकुञ्जमा प्रशस्त मात्रामा देखिने मृगले पर्यटकलाई सबैभन्दा पहिले स्वागत गर्छ । धेरै र नजिकबाट देखिने मृगहरू नै हुन् तर जंगलको शेर बाघको दर्शनका लागि यहाँ आउने हरेक पर्यटक लालायित हुन्छन् । जति नै लालायित भए पनि हत्तपत्त बाघको दर्शन पाउन सकिँदैन । यसको मतलब फेरि बर्दियामा बाघ देख्नै सकिँदैन भन्ने चाहिँ होइन । मृगजस्तै सजिलै देख्न सकिँदैन भन्न खोजेकी मात्र हुँ ।

त्यसैले मेरो भाग्यमा यसपटक बाघ हेर्न जुरेन, मृगकै फोटो खिचेर चित्त बुझाउँदै फेरि कुनै समय बर्दिया राष्ट्रिय निकुञ्ज जाने मौका जुराएर बाघको फोटो खिच्ने उत्कट चाहना पूरा भएपछि बाघको फोटो कथा लिएर आउने छु ।

त्यसो त बर्दिया निकुञ्जमा पाटेबाघ, एकसिङ्गे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना र जंगली हात्ती लगायत विभिन्न प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोस र विभिन्न किसिमका माछा पाइन्छन् ।

यसपटक मेरो क्यामेराले कैद गरेका फोटोकथामा मृगको बथान । 

(अनन्ता भण्डारी विगत १० वर्षदेखि आमसञ्चारमाध्यममा संलग्न रहँदै आएकी छन् । विशेषगरी पर्यापर्यटन, वातावरण, निकुञ्ज क्षेत्र लगायतको वृत्तचित्र निर्माण, निर्देशन र छायांकन गर्नुका साथै फोटो पत्रकारिता गर्दै आएकी छन् ।) 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x