×

NMB BANK
NIC ASIA

‘कालजयी नेपाली कविता’ प्रकाशित

असोज १, २०७९

NTC
Premier Steels

कवि एवं कूटनीतिज्ञ कृसु क्षेत्रीले ‘कालजयी नेपाली कविता’ नामक ऐतिहासिक कृतिको सम्पादन गरेका छन् ।

Muktinath Bank

सुवानन्द दासको पहिलो नेपाली कविता ‘पृथ्वीनारायण’ (विक्रम संवत् १८३१) देखि समकालीन कविता फाँटका प्रतिनिधि कविहरूको कवितालाई सम्पादन गरी कृतिमा समावेश गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बीपी कोइराला नेपाल भारत फाउन्डेसनद्वारा प्रकाशित कृतिमा यस अवधिका १०१ कविहरूका १/१ वटा कालजयी कविता संग्रहीत छन् । सम्पादक क्षेत्रीका अनुसार निकट भविष्यमै कृतिलाई हिन्दी र अंग्रेजी भाषामा अनुवाद गरेर प्रकाशन गरिनेछ ।


Advertisment
Nabil box
Kumari

नेपाली कविता परम्परामा प्रत्येक कालखण्डका केही कविता भाषा, शैली, शिल्प र समयसापेक्ष जस्ता विशिष्ट गुण भएका पाइएको सम्पादक क्षेत्रीले बताए । उनका अनुसार समयसीमामा नबाँधिई अमरत्व प्राप्त गरेका कालजयी कविताहरू एकैठाउँमा संकलन हुन सकेको थिएन । 

Vianet communication

विशेषगरी नेपाली कविताको विभिन्न मोड, आयाम र प्रवृत्तिलाई समाविष्ट गर्न नसकिएको अवस्थामा यो संकलन नेपाली साहित्यका गम्भीर पाठक, अध्येता र शोधकर्ताका लागि निकै उपयोगी, पठनीय र संग्रहणीय हुने विश्वास फाउन्डेसनले लिएको छ । 

प्रथम कवि सुवानन्द दास, यदुनाथ पोखर्याल, भानुभक्त आचार्य, ज्ञान दिलदास, मोतीराम भट्ट, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, माधवप्रसाद घिमिरे, मोहन कोइराला, भूपि शेरचन, हरिभक्त कटुवाल, पारिजात, ईश्वर वल्लभ, वैरागी काइँला, तुलसी दिवस, वानिरा गिरि, कुन्ता शर्मा, कृष्णभुषण बल, विष्णुविभु घिमिरे, सरूभक्त, कृष्ण सेन इच्छुक, दिनेश अधिकारी, दुबसु क्षेत्री, श्रवण मुकारुङ आदिका बहुचर्चित कविताहरू संकलित प्रस्तुत संग्रह नेपाली कविताको इतिहासमा कोसेढुंगा सावित हुने विश्वास प्रकाशकले लिएको छ । 

‘यो संकलन जातीय, भाषिक, लैंगिक र वर्गीय दृष्टिकोणले कुनै आग्रह वा पूर्वाग्रहबाट ग्रसित छैन,’ सम्पादक क्षेत्रीले भने, ‘लेखनकै चिरन्तन र अमरतामा आधारित भएर कविता संकलन गरिएको यो कृति समग्र नेपाली कविताको प्रतिनिधि र कालजयी संकलन बनेको विश्वास लिएको छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x