×

NMB BANK
NIC ASIA

कला

प्रहरीका एक्ला ‘स्केच आर्टिस्ट’ : जसले बनाउँछन् देशभरका फरार अपराधीको फोटो

असोज २०, २०७९

NTC
Premier Steels

देशमा हरेक दिन अपराधका घटना भइरहेका हुन्छन् । कतिपय अवस्थामा जघन्य अपराध पनि भएका हुन्छन् ।

Muktinath Bank

कतिपय अपराधी फरार हुन्छन्, ती अपराधीलाई प्रहरीले केही समयपछि पक्राउ गरेर सार्वजनिक गर्छ तर ती अपराधीलाई नदेखेको प्रहरीले कसरी पक्राउ गर्छ ? उनीहरूसँग पुग्नका लागि प्रहरीले अपनाउने एउटा बाटो हो – चित्र अर्थात् स्केच ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यो बनाउने नेपाल प्रहरीमा एक जना व्यक्ति छन्, जसको स्केच आर्टले जघन्य अपराधका अपराधीहरू लुक्न सकेका छैनन् । उनी हुन् प्रहरी वरिष्ठ नायब निरीक्षक (वसई) योगेन्द्र महर्जन ।


Advertisment
Nabil box
Kumari

उनी नेपालका एक मात्र अर्थात् एक्ला प्रहरी हुन्, जसले कसैले भनेको आधारमा हुबहुँ चित्र उतार्छन् । प्रहरीको शब्दमा यस्तो कामलाई ‘फरेन्सिक आर्ट’ भनिन्छ । अनुसन्धानको एउटा जटिल पाटोलाई सहज बनाउन कुनै व्यक्तिले भनेको आधारमा स्केच बनाउने काम सजिलो छैन । त्यसमा पनि प्रहरी संगठनमै एक्ला उनलाई कामको चाप कति होला ?

Vianet communication

सामान्य किसानको परिवारमा हुर्केका महर्जन विद्यालय पढ्दादेखि नै चित्र कोर्नमा अब्बल थिए । घरको कान्छो छोराको रूपमा जन्मेका महर्जन विद्यालय पढ्दा उनका साथीहरू चित्रकलामा उब्बल थिए । अहिले साथीहरू हराए तर उनी निरन्तर चित्र कोरिरहेका छन्, उनी आफ्नो भाग्य चित्रमै कोरिरहेका छन् ।

‘प्रत्येक व्यक्ति सानै उमेरदेखि केही न केही सीप ल्याएर आएको हुँदो रहेछ । सानैदेखि धेरै कुराहरू सिक्दै जान्छौं । स्कूल जीवनमा मैले चित्र कोर्दै आएको थिएँ । मेरा साथीहरू मिलेर सानैदेखि चित्र कोर्थ्यौं । मभन्दा राम्रा साथीहरू पनि थिए तर उनीहरूले छोडे । मैले निरन्तर काम गर्दै आएँ,’ महर्जनले लोकान्तरसँगको कुराकानीमा भने ।

विद्यालयको पढाइ (१२ कक्षासम्म) पूरा गरेपछि उनी आफ्नो रुचिको पढाइ गर्न ललितकला क्याम्पसमा भर्ना भए । आफन्त र परिवारले चित्रकला गरेर खान नपुग्ने भनेपछि उनी सँगसँगै ताहचल क्याम्पसमा गणित विषय लिएर पढ्न थाले ।

उनले ललितकला क्याम्पसबाट फाइन आर्टमा स्नातक गरेका छन् भने गणित विषयमा पनि स्नातक गरेका छन् ।

‘ललितकलामा शिक्षकलाई देखेर किन सामान्य हुन्छन् भन्ने लाग्थ्यो । त्यो बेलामा चित्रकला गरेर पैसा कमाइन्छ भन्ने पनि थिएन । रुचिको विषय भएकाले फाइन आर्ट पढें तर कमाइ खानका लागि गणित विषय लिएर एजुकेसन पढेको हुँ,’ महर्जनले लोकान्तरसँग भने, ‘सरहरूको अवस्था देखेर पनि कलाले मात्रै जीविका चलाउन सकिन्छ जस्तो लाग्दैन ।’

उनका दाजु सशस्त्र प्रहरीमा नायब उपरीक्षक छन्, दाजुले नै उनलाई प्रहरी सेवामा ल्याएका हुन् । पहिला प्रहरी बन्छु भन्ने एक अंश पनि सोचेको थिएनन् उनले । दाजुले कमाउनका लागि एउटा काम गर्नुपर्छ, स्केच बनाएर मात्र हुँदैन भन्दै प्रहरीमा जागिर खानुपर्छ भनेपछि भर्ना भएको महर्जनले बताए ।

प्रहरी सेवामा आउनुभन्दा पहिला उनले बुद्धको जीवनीमा आधारित एनिमेटेड फिल्ममा काम गरेका थिए । त्यसमा क्यारेक्टर डिजाइनर र एनाटोमी स्पेसलिस्टको रूपमा उनले काम गरे । त्यो बेलामा क्यानडा जाने योजना थियो उनको । क्यानडा जाने सपना पनि थियो, त्यसका लागि एक जना क्यानेडियन नागरिकले चाँजोपाँजो मिलाएका थिए तर प्रहरीमा नाम निस्केपछि उनी त्यता लागेनन् ।

उनी २०७५ सालमा प्रहरी सहायक निरीक्षक (असई) भर्ना भएका थिए । उनको कामलाई देखेर प्रहरी संगठनले उनलाई विशेष बढुवा गर्दै २०७९ असार २७ गते वरिष्ठ प्रहरी नायब निरीक्षक (वसई) बनाएको छ ।

उनी शुरूमा स्केच बनाउने भनेर प्रहरीमा भर्ना भएका होइनन् । उनले तालिमकै क्रममा जमिम शाहको हत्यामा संलग्नको स्केच बनाउने मौका पाएका थिए । त्यसपछि उनलाई प्रहरीका केही अधिकारीले ‘नोटिस’मा राखेका थिए । तालिम सकिएर ‘पास आउट’ हुने समयमा बाइकको लाइसेन्स भएको भन्दै उनलाई सवारी शाखा (एमटी) मा पदस्थापन गरियो तर तत्कालीन अपराध महाशाखाका प्रमुख हृदय थापाले उनलाई महाशाखा ल्याएका हुन्, त्यसयता उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा काम गर्दै आएका छन् ।

‘प्रहरीमा भर्ना हुँदा मेरो रुचिको विषयमा काम गर्न पाउँछु भन्ने थिएन तर भाग्य र मेरो कलाले यहाँ ल्याएको छ,’ वसई महर्जनले भने ।

उनले सिक्दाको समय र अहिलेको अवस्थामा धेरै परिवर्तन आएको छ । त्यो बेला बालुवा र कागजमा चित्र कोर्न सिकेका थिए तर अहिले प्रविधिको प्रयोगसँगै विभिन्न प्रकारका प्रविधिहरू आएका छन्, जसले काम गर्न सहज भएको छ तर सन्तुष्टि भने कागजमै चित्र कोर्दा आउने महर्जन बताउँछन् ।

‘नयाँ प्रविधि ट्याबलेटमा भन्दा पनि कागजमा चित्र बनाउन सन्तुष्टि दिन्छ । चित्र कोर्ने र सीप भएको व्यक्ति मात्र होइन, कलाकार पनि हो, यसमा आनन्द आउँछ,’ मर्जनले भने ।

उनले हालसम्म ३०० भन्दा धेरै फरार व्यक्तिहरूको स्केच बनाइसकेका छन् । त्यसमध्ये २० प्रतिशत फरार अपराधीहरू पक्राउ परेका छन् । विश्व फरेन्सिक आर्टमार्फत बनाएका फोटोका माध्यमबाट पक्राउ पर्ने अधिकतम २४ प्रतिशत देखिएको छ । औसतमा १४ प्रतिशत अपराधी पक्राउ पर्नु पनि राम्रो मानिन्छ तर उनको स्केचले २० प्रतिशत पक्राउ पर्दा आफ्नो काम राम्रो भएको उनी ठान्छन् ।

विश्वको सबैभन्दा चर्चिन स्केच बनाउने व्यक्ति लुइस गिब्बज् हुन् । उनले स्केच बनाएका सबैभन्दा धेरै २४ प्रतिशत अपराधी पक्राउ गरेर ‘गिनिज बूक अफ वर्ड रेकर्ड’मा नाम लेखाएकी छन् । आफू बलात्कार हुँदा बलात्कार गर्ने अपराधीको स्केच बनाएर शुरू गरेकी उनले अमेरिकी अपराधी पक्राउ गर्न ठूलो सहयोग गरेकाले उनीबाट प्ररेणा मिलेको महर्जनले बताए । स्केचबाट अपराधी पक्राउ पर्दा सबैभन्दा धेरै खुशी र सन्तुष्टि आफूलाई हुने उनी बताउँछन् । 

‘मैले बनाएको स्केचबाट अपराधी पक्राउ पर्दा सबैभन्दा धेरै आनन्द आउँछ । सन्तुष्टि दिन्छ, जसको शब्दले बयान गर्न गाह्रो छ,’ वरिष्ठ सई महर्जनले लोकान्तरसँग भने ।

उनले एउटा उदाहरण बताउँदै भने, ‘टोखामा सप्ताह लगाउने क्रममा त्यहाँ टेन्ट लगाउँदा ठेक्कामा दिइएको थियो । ३ जना व्यक्तिले काम गरेका थिए । त्यसै क्रममा ५ हजार खर्च घरधनीबाट ल्याएका थिए तर अन्य २ जना व्यक्तिले त्यही पैसाको निहुँमा फलामको रडले हानेर पैसा लुटपाट गरेर भागेछन् । २ जना फरार भए । ती व्यक्तिहरूको स्केच बनाएर पक्राउ पर्दा खुशी लागेको थियो ।’

कतिपय घटनामा हुलिया बताउने व्यक्तिले ‘मिस गाइड’ गर्दा समस्या आउने उनको भनाइ छ । कतिपय अवस्थामा साह्रै नमिलेको अवस्थामा दिक्क पनि लाग्ने गर्छ । कतिपय घटनामा नियतवश पनि फरक हुलिया बताइदिने गर्छन् । कतिपय अवस्थामा जिल्लामा गएर लामो समय बस्दा समेत काम राम्रो नहुँदा नरमाइलो ‘फिल’ हुने महर्जनले लोकान्तरसँगको कुराकानीमा बताए ।

कसरी अपराधीले प्रहरीलाई नै मिसगाइड गर्छन् भन्ने उदारहण पनि उनले बताए । 

‘एउटा घटनाको स्केच बनाउन जनकपुर गएको थिएँ । त्यहाँ देखेको अभियुक्तको स्केच बनाउन एक जना १५ वर्षीय बालक आए । उनले भनेको आधारमा स्केच बनाउँदै गएँ । उसले यति डिटेलमा भन्यो कि अनुहारको सानो–सानो दागदेखि ल्याएर आँखाको रंग, कपालको रंग छालामा भएका दाग समेत बतायो । बनाइसकेपछि हेर्दा तर उसले भनेको र उसको अनुहार मिल्यो । मैले यो तै होस् त भन्दा मुसुक्क हाँस्यो र होइन भन्यो तर मलाई शंका लागेर उसलाई घटनास्थलमा लगेर कहाँबाट देखिस् भनेर सोध्दा उसले करीब ५०० मिटर पर देखायो, जुन सानो खोला वारि र पारि थियो । मैले एक जना अर्कै, आफूले नदेखेको व्यक्तिलाई राख्न लगाएर उसलाई ५०० मिटर परबाट हेर्न लगाएँ र उसले भनेको आधारमा स्केच बनाएँ, त्यो स्केच मिलेन । त्यसपछि उसलाई सोधपुछ गर्दा आफूले हत्या गरेको स्वीकार्‍यो । उसले १ जना युवतीसँगको यौन सम्पर्क देखेको, त्यो समाजलाई भनिदिने बताएपछि ती युवतीसँग मिलेर घाँटी छिनाएर जिउ र घाँटी फरक–फरक ठाउँमा फालेको थियो ।’

कतिपयले उनले डिजाइन गर्दा नदेखेको व्यक्तिलाई कसरी जस्ताको त्यस्तै बनाउँछ भन्ने पनि प्रश्न गर्ने गरेको उनले बताए ।
 
‘हुलिया बनाउने व्यक्ति जबसम्म सन्तुष्ट हुँदैन, तबसम्म बनारहने हो । त्यो व्यक्ति यस्तै छ भनेपछि मात्र बनाउन रोकिन्छ । खास गरेर व्यक्तिको कान, आँखा, नाक, गाला, कपाल आदिलाई मिलाउने भन्ने व्यक्तिले मिल्यो नभनेसम्म मैले बनाउने हो,’ महर्जनले लोकान्तरसँग भने, ‘मैले भन्ने व्यक्तिको दिमागलाई स्क्यान गर्न सक्नुपर्छ, त्यसपछि मात्र दुरुस्त स्केच बन्न सक्छ ।’

महर्जन नेपाल प्रहरीमा एक जना मात्र फरेन्सिक आर्टिस्ट हुन् । उनी देशैभर जघन्य अपराध भएर अपराधी फरार भएको ठाउँमा पुगेर स्केच बनाउने गर्छन् ।

उनले भारतमा समेत पुगेर स्केच बनाएका छन् । भारतीय नाबालकलाई अपहरण गरेर नेपालको बारामा ल्याएर हत्या गरिएको थियो, त्यो शव पोखरीमा फालिएको थियो । घटनाका अपहरणकारीले प्रयोग गरेको मोबाइल सिमकार्ड किनेको ठाउँमा पसलेले भनेको हुलियाको आधारमा उनले स्केच बनाएर अपराधीहरू पक्राउ परेका थिए ।

प्रहरीका अन्य कर्मचारीलाई पनि ‘स्केच आर्टिस्ट’ बनाउन तालिम दिने तयारी छ । त्यसका लागि प्रहरीले चित्र बनाउने इच्छा भएका ७ वटा प्रदेशबाट समेटिने गरी तालिमको तयारी गरिरहेको छ । कात्तिक १५ गतेबाट तालिम दिने तयारी भइरहेको छ । त्यसका लागि आफूले तालिम दिने महर्जनले बताए ।

‘तालिम मैले दिने भएको छु । म सधैं प्रहरी सेवामा रहन्छु भन्ने छैन, मेरा सीमित दायरा छन् । त्यसपछि म अवकाशमा जानुपर्छ । त्यसपछि काम गर्ने जनशक्ति उत्पादन गर्नु मेरो दायित्व पनि हो,’ महर्जनले लोकान्तरसँग भने ।

संगठनबाट धेरै माया पाएको र काम गर्न हौसला प्रदान गरेको महर्जनले बताएका छन् ।

तस्वीर : विश्वास खनाल

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x