×

NMB BANK
NIC ASIA

प्रदेश नम्बर दुईमा प्रमुख दलका नेताहरुको अड्डा, को के गर्दैछन् ?

कात्तिक २०, २०७४

NTC
Premier Steels
जनकपुरधाम, २० साउन- तेस्रो चरण अन्तर्गत २ असोजमा प्रदेश नम्बर २ का १२७ स्थानीय तहमा हुने चुनावको सरगर्मी बढेको छ ।

दलहरुले आफ्नो प्रतिष्ठाको विषयमा बनाएका २ नम्बर प्रदेशको निर्वाचनमा धेरै स्थानीय तहमा जीत निकाल्न प्रमुख दलका नेताहरु अड्डा जमाएर बसेका छन् । शीर्ष नेताहरु जनकपुरमा आउने क्रम तिव्र बनेको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका शिर्ष नेताहरुले चुनावी अभियानलाई तिब्रता दिनका लागि जनकपुरलाई केन्द्रविन्दु बनाएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र नेकपा एमालेका सचिव योगेश भट्टराई जनकपुरमा जम्मा भएर आफ्नो दललाई धेरै स्थानीय तह जिताउने रणनीतिमा लागेका छन् ।

सय स्थानीय तह जित्ने कांग्रेसको दाबी

दुई चरणको निर्वाचनमा नेकपा एमाले भन्दा ५० स्थानीय तह कम जितेको नेपाली कांग्रेसले तेस्रो चरणको निर्वाचनमा दुई नम्बर प्रदेशमा १ सय बढी तह जित्दै कुनै पनि हालतमा एमालेलाई पहिलो हनुबाट रोक्ने याजनामा छ । त्यसका लागि आफ्नो ‘पुरानो भोट वैंक’ भन्दै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा लगायत शीर्ष नेता २ नम्बर प्रदेशमा जुटेका छन् ।

पूर्व गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता विमलेन्द्र निधिको प्रदेशको रुपमा रहेको र पार्टी भित्रको आफ्नो प्रतिष्ठा र भावी राजनीतिलाई समेत ध्यानमा राख्दै २ नम्बर प्रदेशमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन लागि परेका छन् ।

पहिलो पार्टी हुने लक्ष्यकासहित नेपाली कांग्रेसले पुरै ताकत लगाएको छ । १८ साउनमा नेपाली कांग्रेस धनुषाले प्रदेश नम्बर २ को ८ वटै जिल्लाका अगुवा कार्यकर्ताहरुलाई बोलाई जनकपुरमा विशेष भेलाको आयोजन गरेको छ ।

उक्त भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका पुरै पार्टी पदाधिकारीहरु जनकपुर आएका थिए । भेलामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सिता देवी यादव, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्ण सिटौला लगायतका नेता सहभागी थिए । कांग्रेसले आफू कमजोर रहेको स्थानीय तहमा अन्य दलसँग तामलेलको राणनीति अपनाएको छ ।

एमालेको तयारी

एमाले कमजोर मानिएको प्रदेश नम्बर दुईमा धेरै स्थानमा जित निकाल्ने र कांग्रेसलाई पहिलो शक्ति हुनबाट रोक्ने दाउमा नेकपा एमाले लागेको छ । त्यसका लागि नेकपा एमालेले अन्य दलका स्थानीय नेतालाई पार्टीमा ल्याएर टिकट दिने तयारी गरेको छ ।

दुई नम्बर प्रदेशमा पार्टीको अभियान सञ्चालन गर्न र धेरै सिटमा जीत हात पार्न नेकपा एमालेले महासचिवलाई मैदानमा उतारेको छ । पार्टी महासचिव इश्वर पोखरेल धनुषमा खटिएका छन् भने विष्णु पौडेल पर्सामा खटिएका छन् । त्यस्तै सचिव योगेश भट्टराई जनपुरमा केन्द्रित भएका छन् ।

भट्टराई १८ साउनदेखि नै जनकपुरमा डेरा जमाएर बसेका छन् । जिल्लाका पदाधिकारीहरुसँगको विशेष भेला गर्नुका साथसाथै रणनीति बनाउन जनकपुर आएका एमाले नेता भट्टराई २१ साउनमा एमालेद्वारा गरिने चुनावी सभाको तयारीसमेत गरिरहेका छन् ।

माओवादीको रणनीति

नेकपा माओवादी केन्द्रले पनि जनकपुरलाई केन्द्रविन्दु बनाएर आफ्नो प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् । १६ साउनमा माओवादीको हाईकमाण्ड सहितको हेडक्वार्टर जनकपुरमा पुगेर प्रदेश नम्बर २ का ८ वटै जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई आगामी चुनावका लागि भन्दै विशेष प्रशिक्षण दिनुका साथसाथै रणनीतिहरुसमेत तयार गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शीर्ष नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, सहरी विकास मन्त्री प्रभु साह, नेता विश्वनाथ साह, उर्मिला अर्याल लगायतको उपस्थितिमा १७ साउनमा जनकपुरमा पत्रकार सम्मेलन आयोजन गरी चुनावी प्रतिवद्धताहरु सार्वजनिक गरेका थिए ।

५२ कुट्टी तथा ७२ कुण्ड सहितको नामले चिनिने मिथिलाको आत्मा रहेको जनकपुर सहरको समग्र विकासका लागि माओवादी केन्द्रको केन्द्रिय कार्यालयको सचिवालयले जनकपुरमा बसेर निर्णयहरु गरेका थिए ।

आफू प्रधानमन्त्री रहेका बेला तराई मधेसको दुईवटा सहरहरु विराटनगर र विरगञ्जलाई महानगरपालिकाको रुपमा घोषणा गर्न सफल भएपनि जनकपुरका लागि छलफल भएपनि राजनीतिक रुपमा सहमति हुन नसकेकाले जनकपुरलाई महानगरपालिकाको रुपमा घोषणा गर्न नसकिएको दाहालले बताएका थिए ।

भविष्यमा नेपालकै पर्यटकिय स्थलको रुपमा जनकपुरलाई विकास गर्नका लागि जनकपुरधाममा रहेको मणिमण्डपलाई ३ बर्षे विस्तृत गुरु योजना अन्तरगत विकास गर्नका लागि दरबार, बेदी मण्डप र धर्मशाला निर्माण गरिने दाहालले योजना सुनाएका थिए ।

सहरी विकास मन्त्रालय आफ्नै पार्टीका नेता प्रभु साहले पाएकाले पनि जनकपुरको विकासका लागि मणिमण्डपको आफ्नो मौलिक स्वरुपलाई कायम राख्दै पुननिर्माण गरी मणिमण्डपलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने पार्टीको धारणा रहेको माओवादी केन्द्रका अध्यक्ष दाहालले बताएका थिए ।

राप्रपाको अवधारणा

पहिलो र दोस्रो चरणको चुनावमा सन्तोषजनक नतिजा निकाल्न नसकेको संसदको चौथो शक्ति राप्रपाले तेस्रो चरणको चुनावमा धेरै स्थानीय तहमा जीत निकाल्ने योजना बनाएको छ ।

त्यसक्रममा राप्रपाका अध्यक्ष कमल थापा जनकपुर पुगेका थिए । १५ साउन देखि १८ साउनसम्म महोत्तरी, सिरहा, सप्तरी र धनुषा जिल्लामा जिल्लास्तरीय भेला सम्पन्न गर्दै १७ साउनमा जनकपुर आएका कमल थापाले राप्रपाको लागि मधेस उर्बरा भुमि रहेको बताएका थिए ।

अलमलमा राजपा

मधेसवादी दलहरुले पनि आफ्नो प्रचारलाई तिव्रता दिएका छन् । फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरमका नेताहरुले पनि २ नम्बर प्रदेशलाई आफ्नो अस्तित्वसँग जोडेर हेरेका छन् ।

राजपाका लागि भनेर सारिएको चुनावमा भाग लिने कि नलिने भन्ने विषयमा बारे राजपाले निर्णय गर्न सकेको छैन । राजपाका नेताहरु तीन दिनदेखि बैठकमा छन् । राजपाका नेताहरु काठमाडौंमा केन्द्रीत भएका कारण स्थानीय नेताहरुले आफ्नो दलको प्रचार प्रचार र चुनावी जीतको तयारी गरिरहेका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x