×

NMB BANK
NIC ASIA

निमुखाको पीडा

काठमाडौं महानगरको ज्यादती: ओभाएनन् शर्मिलाका आँखा, हातको स्टिल र छोरो सम्झेर भक्कानिइन् [भिडियो]

असोज २८, २०७९

NTC
Premier Steels

सडकमा सानो व्यवसाय गरेर जीविका चलाइरहेका गरीब र सर्वसाधारणमाथि काठमाडौं महानगरले गरिरहेको दमन र अत्याचारले गर्दा गरीबको उठिबास लागेको छ ।

Muktinath Bank

फूटपाथ खाली गर्ने नाममा महानगरले विकल्प नदिई सानो लगानीका स्वरोजगारमूलक व्यवसायीलाई बिल्लीबाठ बनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

महानगरको अत्याचारको चपेटामा परेकी पछिल्ली पात्र हुन्, लमजुङकी शर्मिला तामाङ ।

Vianet communication

छोराको पालनपोषण र आफ्नै हातभित्र राखिएको स्टिलको रड झिक्नका लागि शर्मिलाले ठेलागाडामा चना–चटपटेको व्यापार गर्दै आएकी थिइन् । 

कसैले सहयोग गरेर किनेको ठेलामा सानो व्यापार गरेर उनले छोराको पालनपोषण र दैनिक गुजारा चलाउँदै आएकी थिइन् । केही वर्षअघि दुर्घटनामा परेर अपरेसन गर्दा उनको हातभित्र स्टिल राखिएको छ । 

त्यो स्टिल झिक्नुपर्ने दुई वर्षअघि नै थियो, तर रकम अभावका कारण झिक्न सकेकी छैनन् । बिहीवार काठमाडौं महानगरका सनकी नगर प्रहरीले लछारपछार गर्दै उनको ठेला खोसिदिए ।

महानगरको ज्यादतीले उनको सपना चकनाचुर भयो । महानगरले खोसेर बाँकी रहेका सामान बेच्न शुक्रवार सडकमा आएकी शर्मिलाले हिजोकै नियति भोग्नुपर्‍यो । 

बाँकी रहेका सामान पनि महानगरले खोसेर लगेपछि शर्मिला भक्कानिँदै रोइरहेकी छिन् ।

रोइकराई गर्दै छोरा च्यापेर शर्मिला बिहीवार अपराह्न महानगरको कार्यालय पुगेकी थिइन् । ठेला फिर्ता माग्दा आफ्नै आँखा अगाडि डोजर लगाएर कच्याककुचुक पारिएको गुनासो उनले गरिन् ।

छोरो काखमा लिएर आँसु पुछ्दै गरेकी शर्मिलाले भनिन्– गरीबमाथि अत्याचार गर्नेको भलो हुँदैन ।

हेर्नुहोस्, महानगरको अत्याचारमा परेकी शर्मिलाको पीडादायी कहानी :

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

मंसिर ८, २०८०

हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो ।   ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x