मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
असोज २८, २०७९
मधेश प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका तीनजना मन्त्रीहरूलाई बर्खास्त गरिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलाई पदमुक्त गरिएको हो ।
संघीय सरकारमा सहभागी रहेका जनता समाजवादी पार्टीका चारजना मन्त्रीहरूलाई बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गरेपछि मधेश प्रदेशमा पनि मुख्यमन्त्री राउतले कांग्रेसका तीनजना मन्त्रीहरूलाई शुक्रवार बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री लालबाबु राउतको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले तीनैजना मन्त्रीहरूलाई पदमुक्त गरेका छन् । पदमुक्त भएका मन्त्रीहरूको मन्त्रालय मुख्यमन्त्री राउत आफैंले राखेका छन्।
प्रधानमन्त्री देउवाले संघ सरकारमा जसपाका मन्त्रीहरूलाई बर्खास्त गरेकै दिन विहीबार साँझ मुख्यमन्त्री राउतले नेपाली कांग्रेसका तीनै जना मन्त्रीहरूलाई फोन गरेर राजीनामा दिन आग्रह गरेका थिए। तर कांग्रेसका मन्त्रीहरूले पनि राजीनामा नदिने बरु बर्खास्तगीमा पर्ने निर्णय गरेर शुक्रवार राजीनामा दिएनन् । त्यसपछि मुख्यमन्त्री राउतले उनीहरूलाई पदमुक्त गरिएको पत्र प्रदेश प्रमुख मिश्रकोमा पठाएका थिए ।
संघीय सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस) पनि आवद्ध छन्। त्यसैअनुसार मधेश प्रदेशको सरकारमा पनि नेकपा माओवादी केन्द्र र नेकपा एसका मन्त्री तथा राज्यमन्त्री सहभागी छन् । मुख्यमन्त्री राउतले बीहीवारै कांग्रेसका मन्त्रीहरूसँग राजीनामा माग गरेपनि माओवादी र नेकपा एसका मन्त्रीहरूसँग भने उनले राजीनामा माग गरेनन्।
नेकपा माओवादी केन्द्रबाट भरतप्रसाद साह गृह तथा सञ्चार मन्त्री, रुबी कर्ण सोही मन्त्रालयको राज्यमन्त्री छन् ।
नेकपा एसबाट शत्रुधन महतो उद्योग, पर्यटन तथा वन मन्त्री र नागेन्द्र राय यादव राज्य मन्त्री छन् भने प्रमोदकुमार यादव कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री छन्।
बिहीवार प्रारम्भिक प्रतिक्रिया दिँदै अर्थमन्त्री शैलेन्द्र साहले तीनै पार्टीका मन्त्रीहरूलाई हटाउने गरी मुख्यमन्त्री राउतले पार्टीका नेता उपेन्द्र यादवसँग छलफल गरिरहेको प्रतिक्रिया दिएका थिए।
उक्त समाचार बाहिरिएपछि नेकपा माओवादी केन्द्रका मन्त्री साहले वस्तुस्थितिबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अवगत गराएका थिए।
'मैले पार्टी अध्यक्ष प्रचण्डलाई सरकारबाट हटाउने तयारीका विषयमा फोन गरेर अवगत गराएको थिएँ,' गृहमन्त्री साहले लोकान्तरसँग भने, 'अहिलेसम्म राजीनामा माग गरिएको छैन र त्यस विषयमा केही सोधखोज नै गरिएको छैन भने केही गरिराख्नु पर्दैन भनेर उहाँले जवाफ दिनुभएको थियो।'
मुख्यमन्त्रीले आफूहरूको राजीनामा पनि नमागेको साहले लोकान्तरसँग खुलाए । त्यसैगरी नेकपा एसका वन मन्त्री महतोले पनि मुख्यमन्त्रीले राजीनामा नमागेको खुलाए ।
त्यसपछि नेपाली कांग्रेसका मन्त्री राम सरोज यादव, नेकपा माओवादी केन्द्रका मन्त्री भरत साह र नेकपा एसका मन्त्री शत्रुघन महतो एकसाथ बैठक गरेका थिए ।
नेपाली कांग्रेसका मन्त्री यादवले आफ्नो पार्टीका मन्त्रीहरूसँग राजीनामा मागिएको विषय जानकारी गराउँदा अन्य घटक दलका मन्त्रीले भने आफूहरूसँग राजीनामा नमागेको प्रस्ट्याएका थिए। त्यसपछि गठबन्धनको धर्म निर्वाह गर्न यादवले अन्य दुई दलका मन्त्रीहरूलाई आग्रह गरेको उनी बताउँछन्।
'हामी सत्ता गठबन्धन दलहरू अहिले चुनावमा एकसाथ छौं । एकैसाथ मत मागिरहेका छौं। यस्तो अवस्थामा एक घटक बाहिरिँदा अन्य घटकले के कस्तो धर्म निर्वाह गर्नुपर्छ, त्यसले चुनावमा के असर पार्न सक्छ भन्ने विषयमा समेत मनन् गर्नुहोला भनेर आग्रह गरी म बैठकबाट बाहिरिएको थिएँ,' यादवले लोकान्तरसँग भने।
मुख्यमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर कांग्रेसका मन्त्रीलाई मात्र किन हटाएको भन्ने विषयमा आफूहरू पनि जानकार नरहेको उनको कथन छ। 'आज म एउटा कार्यक्रममा थिएँ, कार्यक्रममै रहेका बेला कांग्रेसका मन्त्रीलाई मात्र हटाइएको समाचारबाट थाहा पाएँ,' उनले थपे, 'अब यसले चुनावमा के कस्तो असर पार्छ भन्ने कुरामा गठबन्धनका घटक दलका नेताले पनि मनन् गर्नुपर्छ।'
कांग्रेसका मन्त्री मात्र किन हटाइए र अन्य मन्त्रीहरूलाई किन हटाइएन भन्ने कुरा मधेशमा अहिले चर्चाको विषय बनेको छ। त्यस विषयमा मुख्यमन्त्री राउतले लोकान्तरसँग भने, 'नो कमेन्ट, यस विषयमा मेरो कुनै कमेन्ट छैन ।'
तर, जसपा प्रवक्ता मनिष सुमनले भने प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो फायर खोलेको हुनाले काउन्टरमा मधेशमा पनि कांग्रेसकै मन्त्रीहरूलाई मात्र पदमुक्त गरिएको बताए ।
'अहिलेसम्म हामीले पाएको जानकारी अनुसार संघीय सरकारबाट जसपाका मन्त्री हटाउनमा गठबन्धनका अन्य घटक दलको कुनै संलग्नता छैन,' सुमनले लोकान्तरसँग भने, 'हामीले पत्ता लगाई नै रहेका छौं, यदि घटक दलको पनि हात रहेको कुरा थाहा पायौं भने प्रदेशमा पनि ती घटक दलका मन्त्रीहरूलाई क्रमशः हटाउनेछौं ।'
नेकपा माओवादी केन्द्र र नेकपा एससँग भविष्यमा पनि सहकार्य गर्न सकिने बाटो खुला राख्न पनि ती पार्टीका मन्त्रीहरूलाई नहटाएको उनी खुलाउँछन् । 'हामी चाहन्छौं कि भविष्यमा पनि माओवादी र समाजवादीसँग मित्रता कायम रहोस्, भविष्यमा पनि सहकार्य गर्नका लागि राजनीतिक सम्भावना खुला रहोस्,' उनले थपे, 'त्यसैले पनि उहाँहरूका मन्त्रीलाई हामीले हटाएका छैनौं।'
नेपाली कांग्रेसका एक नेता भने जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो संसदीय क्षेत्रमा नेकपा माओवादी केन्द्रको भोट पाउने लोभमा माओवादीका मन्त्रीहरू नहटाएको दाबी गरे ।
'नामका लागि जसपाले एमालेसँग चुनावी तालमेल गरेको हो। चुनाव सकिएलगत्तै प्रचण्डलाई प्रधानमन्त्री बन्न उपेन्द्रजीको सहयोग आवश्यक हुन्छ,' ती नेताले थपे, 'अर्कातर्फ अहिले जोखिममा परेका उपेन्द्रजीलाई सप्तरी-२ बाट चुनाव जित्न पनि माओवादीको सहयोग चाहिन्छ । त्यही आधारमा उपेन्द्रजीले माओवादी र समाजवादीका मन्त्रीहरू हटाउनुभएको छैन ।'
प्रचण्डले आफूलाई अप्ठ्यारो अवस्थामा साथ दिएकाले पनि उपेन्द्र उनलाई चिढ्याउने पक्षमा नरहेको उनको तर्क छ ।
'विगतमा जनता समाजवादी पार्टी विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी बन्दाको अवस्था होस् वा बाबुराम भट्टराईले जसपा कब्जा गर्न लाग्दा पनि प्रचण्डजीले उपेन्द्रजीलाई दरिलो साथ दिनुभएको थियो,' ती कांग्रेसी नेताले थपे, 'त्यस कारण अहिले पनि म प्रचण्डजीकै साथमा छु, ओलीजीसँग प्राविधिक रूपमा मात्र तालमेल भएको भन्ने सन्देश दिनका लागि पनि उपेन्द्रजीले माओवादी र समाजवादीका मन्त्रीलाई चलाउनु भएन।'
भविष्यमा माओवादी, समाजवादी र जसपा मिलेर समाजवादी केन्द्र बनाउनका लागि बाटो खुला राख्न पनि त्यसो गरिएको हुनसक्ने चर्चा मधेशमा छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...