×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

इलाममा ४३ वर्षदेखि एउटै एजेण्डा– न वाचाअनुसार सडक राम्रो बन्यो, न त विमानस्थल नै चल्यो !

सदरमुकाममा पानीको हाहाकार, चुनावमा १ किलोमिटर सडक पिच

कात्तिक १७, २०७९

NTC
Premier Steels

पूर्वी नेपालको इलाममा नेताहरूले पुरानै चुनावी एजेण्डा र सामान्य काम गर्ने आश्वासनलाई जीतको हतियार बनाएका छन् । २७ वर्षअघि चुनावी एजेण्डा बनाएर निरन्तर जित्दै गएका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र नयाँ उम्मेदवार नेपाली कांग्रेसका डम्बरबहादुर खड्का इलामको २ नम्बर क्षेत्रबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिस्पर्धामा छन् ।

Muktinath Bank

हेभिवेट मानिएका नेम्वाङ र गठबन्धनको तर्फबाट प्रतिस्पर्धा गरिरहेका खड्काको चुनावी योजनामा भने ४३ वर्षअघि पञ्चायतकालका अर्थमन्त्री भगवती दास श्रेष्ठले गरेको कालोपत्रे सडकको मर्मत छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पञ्चायतकालमै बनेको इलाम सदरमुकाम भएर गएको ताप्लेजुङ जोड्ने मेची राजमार्ग मर्मत गर्ने, इलाम सदरमुकाममै टुडिँखेल व्यवस्थित बनाउने, सुकिलुम्बा विमानस्थल सञ्चालन गर्ने, खानेपानीको नियमित आपूर्ति गराउने, आधा दर्जन अधुरा सडक पूरा गर्ने एजेण्डा उम्मेदवारको छ । दुवै उम्मेदरवाले आफ्नो क्षेत्रका मतदाता रिझाउन वर्षाैंअघिका समस्या समाधानको वाचा गरेका छन् ।


Advertisment
Nabil box
Kumari

टुँडिखेल

Vianet communication

इलाम बजारमा ४२ वर्षदेखि लक्ष्मी स्टोर सञ्चालन गर्दै आएका ६७ वर्षीय भीमबहादुर प्रधानका अनुसार नेताहरूले आएर पर्चा–पम्लेट दिन थालेका छन् । चुनाव जित्नकै लागि पुरानै एजेण्डालाई पूरा गर्ने वाचा गर्दै आउन थालेका छन् । 

‘उम्मेदवारले पञ्चायतकालीन बाटो अझै मर्मत गर्छु भन्दै भोट माग्न छाडेका छैनन् । अघिल्लो चुनावको एउटा एजेण्डा त्यही थियो, अहिले पनि त्यही छ,’ प्रधानले भने ।

यसअघि ३ पटकसम्म चुनावी एजेण्डामा राखेको र बजेट विनियोजनको आश्वासन देखाएको टुँडिखेल बनाउने योजना यो वर्षपछि फेरि अगाडि सारेका छन् ।

‘कालोपत्रे धावनमार्गसहितको विमानस्थलले घाम तापेर बसेको छ, त्यसैलाई सञ्चालन गर्छु भन्दै भोट मागिरहेका छन’ प्रधानले भने ।

पटक–पटक चुनाव जित्दै गएका, एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख नेम्वाङले जति विकास निर्माण गर्न सक्थे, त्यति नभएको बुझाइ इलामका मतदाताको छ । विकास निर्माण गर्ने र विकास गर्ने अपेक्षासहित पटक–पटक सांसद बनाएर पठाएको बुझाइ पनि स्थानीय मतदाता श्यामकृष्ण लम्सालले बताए । 

चुनाव जित्न डेढ किलोमिटर बाटो पिच

प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावलाई लक्षित गर्दै इलाम सदरमुकाम इलाम बजारमा डेढ किलोमिटर मात्रै बाटो कालोपत्रे भएको छ । चुनाव आउनुअघि धुलाम्बे हुने र पटक—पटक बाटो पीच गर्न गरेको आग्रहलाई कसैले वास्ता गरेनन् । चुनाव नजिकिएसँगै नेताहरू घरदैलोमा आउन १ हप्ताअघि मात्रै इलामको बसपार्कदेखि नेपाल बैंकसम्म डेढ किलोमिटर मात्रै बाटो कालोपत्रे भएको छ । यो बाटो चुनाव जित्न र मतदाता रिझाउन मात्रै कालोपत्रे भएको बुझाइ स्थानीय भीमबहादुर प्रधानको छ ।

बजार क्षेत्रमै आवश्यकता अनुसार बाटो मर्मत गर्ने तथा कालोपत्रे गर्ने काम नभएको स्थानीय वासिन्दाको भनाइ छ । स्थानीयका अनुसार इलाम बजार आउने माइखोलादेखिकै बाटो बिग्रिएको छ । यो पञ्चायतकामै निर्माण भएको बाटो हो । यही बाटो अहिले पनि मर्मत गर्ने नाममा नेताले चुनाव जित्दै आएका स्थानीयको भनाइ छ । बाटो इलाम बजारबाट फिदिम हुँदै ताप्लेजुङ जाने गरेको छ ।

इलामले ठूला नेता उत्पादन गरेको भए पनि जनताको अपेक्षाअनुसार नेताले काम गर्न नसककोे स्थानीयको गुनासो छ । नेताहरूले हरेक चुनावमा घोषणापत्र सार्वजनिक गर्ने गरेको भए पनि व्यवहारमा भने उल्लेख्य प्रगति नभएको गुनासो इलाम बजारका स्थानीयले गरेका छन् । 

पक्की धावनमार्गको विमानस्थल छ तर जहाज आउँदैन

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदा २०६८ सालमा शिलान्यास भएको फाल्गुणानन्द सुकिलुम्बा विमानस्थल उनैले १० वर्षपछि धावनमार्गको उद्घाटन गरे । कालोपत्रे सहितको ६५० मिटर लम्बाइ र २० मिटर चौडाइको धानवमार्ग उद्घाटन गरेर हप्तामा ३ वटासम्म उडान गर्न लगाए ।  तारा एयरले ३ महिना सेवा समेत दियो तर अहिले न विमानस्थल सञ्चालनमा छ, न त कुनै कम्पनीको जहाज नै आउँछ । 

नेताहरूले स्थानीयलाई यहाँ आउने जहाज दुर्घटना भएको र अर्को जहाज नभएको बताउँदै आएका छन् ।

राज्यको करीब ४० करोड रुपैयाँ लगानी भइसकेको विमानस्थलको धावनमार्ग उद्घाटन भएसँगै गत वर्ष फागुन ८ गतेबाट इलाम नगरपालिकासँगको सहकार्यमा उडान शुरू भएको थियो । नगरपालिकाले ११ सिटको ग्यारेन्टी गरेपछि तारा एयरले उडान गर्न थालेको थियो । ११ सिट नपुगेको अवस्थामा नगरपालिकाले पैसा दिने सहमति गरेपछि सञ्चालन गरिएको विमानस्थलमा ३ महिनापछि नै उडान बन्द भयो । तारा एयरले उडान गर्न छाडेपछि अहिले विमानस्थको धावनमार्ग म्यादी प्रहरी कुद्ने ठाउँ बनेको स्थानीय प्रेम बम्जनले बताए । बिहान–साँझ स्थानीयले मर्निङवाक गर्ने र युवाले मोटरसाइकल सिक्ने ठाउँ भएको छ ।

गत महिना मोटरसाइकल सिक्दा दुर्घटना परेपछि भने अहिले धानवमार्गमा जान स्थानीयलाई रोक लगाइएको बम्जनको भनाइ छ ।

विमानस्थलमा राज्यको करोडौं लगानी भइसक्दा पनि उडान हुन नसक्नुलाई नै नेताहरूको चुनावी एजेण्ड बनाएका छन् । अहिले एमालेका नेम्वाङ, कांग्रेसका खड्कादेखि इलामको १ नम्बर क्षेत्रका उम्मेदवार झलनाथ खनालसम्मको चुनावी एजेण्डामा विमानस्थल चलाउने भन्ने राखिएको स्थानीय ५३ वर्षीय युवराज गौचनले बताए ।

इलामको २ नम्बर क्षेत्रबाट नेम्वाङ ७औं पटक चुनावी प्रतिस्पस्र्धामा छन् । नेम्वाङलाई यसपटक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले चुनौती दिँदै छन् । अहिलेसम्म अपराजित यात्रा तय गरेका नेम्वाङ फेरि पनि चुनाव जित्नेमा ढुक्क छन् ।

इलामले ठूला नेता बनाएर पठायो तर जनताको काममा भने नेताले प्राथमिकता नदिएको गुनासो स्थानीयले गरेका छन् । इमालमा अझै ४६ किलोमिटरको फाल्गुनन्द सडक, ५२ किलोमिटरको सीमा सडक, २९ किलोमिटरको माइपोखरी सन्दकपुर सडक, ५५ किलोमिटरको फिक्कल चक्रपथ, ३३ किलोमिटरको द्रूतमार्ग र २९ किलोमिटरको फिक्कल नयाँबजार सडक छिटो बनाउनुपर्ने माग स्थानीयको छ । यी सडक निर्माण वर्षाैंदेखि अधुरो रहेको गुनासो स्थानीयले गर्दै आएका छन् । 

इलामको सदरमुकाममा पानीको हाहाकार

इलामको सदरमुकाम इलाम नगरपालिका–७ मा रहेको इलाम बजारमा पानीको हाहाकार छ । एसियाली विकास बैंक (एडीबी) को आर्थिक लगानीमा बनेको खानेपानी आयोजनाबाट इलाम बजारमा पानी नआएर जनताले ट्याम्पोमा बोकेर खानुपर्ने बाध्यता छ ।

एडीबीको ८५ करोड लगानी गिताङ खोलाबाट पानी ल्याउनका लागि पाइप बिछ्याएको छ । शुरूका दिनमा पानी आए पनि अहिले घारामा पानी नआएको इलाम नगरपालिका–७ का स्थानीय व्यापारी श्यामकृष्ण लम्सालले बताए ।

‘यहाँ धारा जोडेको छ । कहिले आउँछ, कहिले आउँदैन । ७ दिनदेखि पानी आएको छैन । हामीले तल माईखोलाबाट ट्याम्पोमा पानी बोकेर खानुपर्ने बाध्यता छ,’ लम्सालले लोकान्तरसँग भने, ‘नेताहरूले चुनावको बेलामा पानी खुवाउँछौं भनेर वाचा गर्छन् तर पानी समेत खान पाएका छैनौं ।’

पानीको घारा जोड्नका लागि आयोजनाले प्रतिघरबाट १५ हजार २०० रुपैयाँ पैसा उठाएको छ तर पानी आउने पत्तो नहुने स्थानीय ६० वर्षीय देवीप्रसाद सुवेदीले बताए । 

‘पानीका लागि हामीले १५ हजार २०० उठायौं, अहिले भने धारामा पानी आउँदैन । आयोजनाका मान्छेलाई फोन गर्दा एकले अर्कोलाई नम्बर दिन्छन्, पानी आउने टुंगो हुँदैन,’ स्थानीय देवीप्रसाद सुवेदीले भने, ‘हामीलाई २४ घण्टा पानी दिन्छौं भनेका थिए ।’

स्थानीयका अनुसार पैसा तिर्नेले मात्र पानी धारा पाएका छन् भने पैसा नतिर्नेले धारा पनि पाएका छैनन् । इलाम बजारवासीका लागि पानीको अर्को विकल्प छैन ।
 
स्थानीय लम्सालका अनुसार पानीका लागि ११ किलोमिटर पर जानुपर्ने बाध्यता छ भने अघिल्लो चुनावमा संघीय संसद् भएर गएका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले एउटा एजेण्डा पानीको बनाएर जितेको स्थानीय ६० वर्षीय सुवेदीले बताए ।

‘उ बेला (अघिल्लो संघीय निर्वाचन)मा पानी दिन्छौं भनेर वाचा गरेका थिए । अहिले पाइप आयो पानी आउँदैन,’ सुवेदीले लोकान्तरसँग भने, ‘अब अहिले के भनेर भोट माग्न आउने हुन् थाहा छैन ।’

स्थानीयलाई पानी, बिजुली र वैकल्पिक सडकको आवश्यकता भएको स्थानीयले बताएका छन् । यसअघि इलाम नगरपालिकाका मेयरले पनि पानीको एजेण्डा उठाएर जितेर गएको स्थानीय लम्सालले बताए । 

इलाम बजारको रौनक हरायो, पर्यटक नआएर स्थानीय चिन्तित

इलाम बजारका स्थानीयहरू अहिले पर्यटक आउन छाडेकोमा चिन्तित भएका छन् । पहिला इलाम भन्ने बित्तिकै त्यहाँको चिया सम्झेर आउने पर्यटक अहिले आउन छाडेका छन् । त्यो बेलामा आन्तरिक र बाह्य पर्यटकहरू आउने गर्थे । सरकारीबाट निजीलाई चिया कम्पनी जिम्मा लगाएपछि चिया बगानको मर्मत र कर्मचारी कटौती गर्दा चिया कम्पनीमा समस्या परेपछि पर्यटक आउने छाडेको स्थानीय व्यापारी श्यामकृष्ण लम्सालले बताए ।

‘पहिला चिया बगान हेर्न पर्यटक आउनुहुन्थ्यो तर अहिले चिया बगानमा समस्या आएपछि इलाम बजारसम्म पर्यटक आइपुग्दैनन् । कन्याम र फिक्कलबाटै फर्किछन्,’ लम्सालले भने, ‘नेताहरूले यहाँ चिया बगानलाई राम्रोसँग प्रमोसन गर्न लगाएर पर्यटक तान्ने कुराको एजेन्डा बनाउन यहाँका जनताको माग हो ।’

पुरानो इलामको विशेषता नै मरेर गएकाले यहाँको महत्त्व हराएकोप्रति स्थानीयको चिन्ता देखिन्छ ।

फिक्कल र कन्यामदेखि इलाम बजारसम्मको सडकको अवस्थाले पनि बजारसम्म पर्यटक नआउँदा स्थानीय व्यापारी चिन्तित भएका छन् ।

‘यहाँ नेताहरू चुनावको समयमा मात्रै आउनुहुन्छ, कसले बुझ्ने यहाँको समस्या आएको बेला भन्यो भने गर्दिन्छौं मात्रै भन्नुहुन्छ तर जितेर गएपछि ज्युँकात्युँ हुन्छ समस्या,’ स्थानीय लम्सालले भने ।

बजारमा आइपुग्ने वातावरण सिर्जना नगरेको, चिया बगानको संरक्षण गर्ने र पर्यटक आकर्षित गर्न थप वातावरण सिर्जना गर्न नसक्दा बजार क्षेत्र पछिल्लो समय सुनसान बन्दै गएको स्थानीयको बुझाइ छ ।

हेर्नुहोस्, थप तस्वीर :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x