×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

स्थानीय चुनावमा मतपत्र लुटिएको गाउँ– लुट्ने खुलेआम हिँड्छन्, फिर्ता ल्याउनेले पाए सजाय !

कात्तिक २२, २०७९

NTC
Premier Steels

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर २ को मतपेटिका  लुटेर केही मानिसहरू भागिरहेको तस्वीर भाइरल भएको थियो । 

Muktinath Bank

भेडियाही माध्यमिक विद्यालय मतदान केन्द्रबाट स्थानीयहरूले मतपेटिका लुटेर खेतैखेत भागिरहेको उक्त तस्वीर सामाजिक सञ्जालमा एक स्थानीयले राखेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त तस्वीर राखिएको केही समयमै काठमाडौं तथा देशभरका मूलधारका सबैजसो सञ्चारमाध्यमले तस्वीरसहितको समाचार प्रकाशित गरेका थिए ।


Advertisment
Nabil box
Kumari

धेरैजसोले यसलाई ‘फोटो अफ दी इलेक्सन’ नै भनेर सामाजिक सञ्जालमा शेयर गरिरहेका थिए । देशभरि तथा विदेशमा रहेका आप्रवासी नेपालीको ध्यान पनि उक्त घटनाले तानेको थियो ।

Vianet communication

मतपेटिका लुटिएको उक्त तस्वीर सहितको समाचार त आयो तर उक्त घटनाका विषयमा थप सूचना (फलोअप) भने कुनै पनि समाचारमा आउन सकेन । 

सोही विषयको अपडेट लिन लोकान्तरकर्मीहरू भेडियाही गाउँमा पुग्दा घटनाको अर्को पाटो भेटिएको छ । 

के हो त त्यो अर्को पाटो ?

घटना भएको ठाउँ वडा नम्बर २ का बहालवाला वडाध्यक्ष सीताराम यादव निर्वाचनमा मतदान अधिकृतको धाँधलीका कारण त्यस्तो अप्रिय घटना हुन पुगेको बताउँछन् । 

नियमअनुसार सरकारी कर्मचारी नै मतदान अधिकृत हुनुपर्ने, स्थानीय पालिकाभन्दा बाहिरका कर्मचारी मतदान अधिकृत हुनुपर्नेमा सो नभएका कारण निर्वाचनमा धाँधली भएको उनले खुलाए । 

‘उक्त विद्यालयमा ‘क’ र ‘ख’ गरी कुल दुईवटा मतदानस्थल कायम गरिएको थियो,’ वडाध्यक्ष यादवले लोकान्तरसँग भने, ‘क’मा स्थानीय गाउँपालिकाकै स्वास्थ्य शाखाका कर्मचारी रामशंकर साहलाई र ‘ख’मा एकजना प्राइभेट डाक्टर राधेश्याम साहलाई मतदान अधिकृत बनाएर पठाइएको थियो ।’ 

नियमबमोजिम त यमुनामाई गाउँपालिकाका कर्मचारी र गैरसरकारी व्यक्तिलाई मतदान अधिकृत बनाउन नपाइने हो तर पनि बनाइएको उनले खुलाए ।

वैशाख ३० गते बिहान ७ बजेदेखि नै मतदानको कार्य सुचारु भएको थियो । ‘तर समय बित्दै गएपछि मतदान अधिकृत राधेश्याम साहले एकै व्यक्तिलाई दुईदेखि तीनवटा खाली ब्यालेट दिन थालेपछि विवाद उत्पन्न भयो,’ वडाध्यक्ष यादवले भने । 

वडाध्यक्ष यादव

‘केही मानिसले हामीलाई त्यस विषयमा जानकारी गराएपछि शुरूमा हामीले त्यति ध्यान दिएनौं । तर एक व्यक्तिको हातमा तीनवटा मतपत्र भएको तस्वीर नै सार्वजनिक भएपछि हामीले त्यस विषयमा चासो राख्न खोज्दा सुरक्षा प्रदान गरिरहेका एकजना प्रहरी नायब निरीक्षक रामेश्वर महतोले उल्टै मलाई घाँटी समातेर धक्का दिए,’ यादवले थपे ।

मतदान अधिकृत राधेश्यामले लोसपाका उम्मेदवार शेख सफीउल्लाहसँग सेटिङ गरेर धाँधली गराउन खोजेको उनले आरोप लगाए ।

‘कुन छापमा मत दिने हो भन्दै मतदान अधिकृतले सोध्ने र साइकलमा दिने भन्नेलाई दुईदेखि तीनवटासम्म मतपत्र दिने गरेका रहेछन्,’ उनले थपे, ‘मलाई बाहिर धकेलेको देखेपछि स्थानीयहरूले होहल्ला गर्न थाले ।’ 

त्यत्तिकैमा प्रहरीले करीब १५ राउन्ड हवाई फायर पनि गरेको उनले सम्झिए । होहल्लाकै क्रममा केही मानिस मतपेटिका नै लुटेर खेतैखेत भागेको उनले खुलाए ।

‘लोसपा समर्थकहरू मतपेटिका लुटेर भागेपछि एकजना पूर्वप्रहरी समेत रहेका मेरा समर्थक चन्देश्वर बैठाले मतपेटिका थुतेर निर्वाचनस्थलसम्म सुरक्षित फिर्ता गरेका थिए,’ यादवले थपे, ‘मतपेटिका फिर्ता लगिरहेको फोटो कसैले खिचेर सामाजिक सञ्जालमा राखिदियो । पछि त्यही भाइरल बन्यो ।’ 

भाइरल तस्वीर

मतपेटिका लुटेर भाग्ने मान्छेको फोटोमा कसैले ध्यान नदिएको तर फिर्ता लगेर प्रहरीलाई बुझाउनेको फोटो खिचेर बदनाम गराउने काम भएको उनले बताए ।

‘फिर्ता बुझाइएको मतपेटिकाको सिलबन्दी यथावत नै थियो । मतपेटिकाबाट मत लुटिएको थिएन,’ उनले भने, ‘त्यसपछि मतदान स्थगित गर्ने निर्णय भयो ।’

सर्वदलीय सहमतिबाट नै त्यस केन्द्रको मतदान स्थगित गर्ने निर्णय भएपछि त्यसको भोलिपल्ट फेरि सर्वदलीय बैठक बस्यो । पुनः मतदान गरिने दिनका लागि उम्मेदवारहरूसमक्ष केही शर्त निर्धारण गरियो । मतदान अधिकृतसहित सुरक्षा निकायको टिम परिवर्तन गर्ने र उम्मेदवारहरू पोलिङ एजेन्ट बस्ने ठाउँबाट कम्तीमा २ सय मिटर टाढा रहेर मात्र मत माग्न पाउने लगायतको शर्त निर्धारण गरिएको थियो ।

जेठ ४ गते शान्तिपूर्वक तरिकाले पुनः मतदान सम्पन्न भएको थियो ।  उक्त चुनावबाट कांग्रेसका यादव विजयी भए ।

जेठ ६ गते भने प्रहरीले चन्देश्वर बैठालाई पक्राउ गर्‍यो । सिभिल ड्रेसमा आएका केही सुरक्षाकर्मीहरूले उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रौतहट लगे । 

‘त्यहाँ पुगेपछि एसपीसाबले मतपेटिका किन लुट्यौ भन्दै मलाई हिरासतमा पठाउनुभयो,’ बैठाले लोकान्तरसँग भने, ‘मैले मतपेटिका लुटेको होइन, लुटिएको मतपेटिका थुतेर सुरक्षित रूपमा प्रहरीलाई बुझाएको हो । मलाई प्रहरीले पुरस्कृत गर्नुपर्ने ठाउँमा उल्टै पक्राउ गर्दा अन्याय भयो भने पनि एसपीसा’बले सुन्नुभएन ।’

चन्देश्वर बैठा

निर्वाचन कसुरसम्बन्धी मुद्दामा १५ दिनसम्म प्रहरी हिरासतमा रहेका बैठा रौतहट जिल्ला अदालतबाट ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

‘प्रहरी जवानमा जागिर खाँदै प्रहरी हवल्दार बनी १९ वर्षसम्म मैले प्रहरीको जागिर गरी देशको सेवा गरेको हो,’ बैठाले लोकान्तरसँग भने, ‘पूर्वप्रहरी भएको नाताले मैले लुटिएको मतपेटिका खोसेर सुरक्षित बुझाउँदा पनि प्रहरीले नै ममाथि अन्याय गर्‍यो ।’

साबिर हुसैन मन्सुरीले मतपेटिका लुटेर भागेको अनि उसबाट खोसेर ल्याउदा उल्टै आफूलाई सजाय दिइएको उनले गुनासो गरे ।

उनीमाथि अन्याय गर्ने राज्यले निर्वाचनमा धाँधली गर्ने मतदान अधिकृतविरुद्ध हालसम्म कुनै पनि कारवाही नगरेको वडाध्यक्ष यादवको गुनासो छ । 

‘ती मतदान अधिकृतहरूलाई कारवाही गर्नुपर्ने मागसहित जिल्ला निर्वाचन कार्यालयमा लिखित उजुरी गरें,’ उनले थपे, ‘तर हालसम्म पनि त्यस विषयमा निर्वाचन कार्यालय र प्रहरीले कुनै पनि कारवाही गरेको छैन ।’

उक्त मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ । सोही मुद्दामा उनीसँगै दीपेन्द्र यादव, साबिर हुसैन, अन्सारुल अन्सारी, शेख रुस्तम सिद्दीकीसहित पाँचजनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । पाँचमध्ये हालसम्म प्रहरीले बैठालाई मात्र पक्राउ गरेर अदालतमा बुझाएको छ । बाँकी चारजना विरुद्ध पक्राउ पुर्जी जारी भए पनि हालसम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।

यो विषयको सत्यतथ्य नबुझिकन समाचार सम्प्रेषण गरेको भन्दै वडाध्यक्ष यादवले सञ्चारमाध्यमहरूप्रति गुनासो गरे । 

‘सामाजिक सञ्जालमा आएको एउटा तस्वीरको भरमा सत्यतथ्य नबुझी पत्रकारहरूले समाचार लेखे,’ उनले बताए, ‘हामीलाई एकजनाले पनि सोध्न आएन । तपाईंहरू पनि धेरै ढिलो गरी बल्ल आउनुभयो । अब यसको सत्यतथ्य सबैलाई बताइदिनुस् ।’

अब मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा स्थानीय निर्वाचनमा भएजस्तो अप्रिय घटना नहुने वडाध्यक्ष यादवले बताए । 

‘उक्त घटनाका कारण हाम्रो गाउँ र जिल्लाको ठूलो बदनामी भयो,’ उनले थपे, ‘अब त्यस्तो घटना दोहोरिने छैन ।’​

 


hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x