×

NMB BANK
NIC ASIA

सिभिल बैंकले थाल्यो ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान

पुस ३, २०७९

NTC
Premier Steels

‘समृद्धिको लागी सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढेको सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियानको थालनी गरेको छ । जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । 

Muktinath Bank

कार्यक्रममा बिशेष अतिथिको रूपमा नेपाल राष्ट्र बैंक, जनकपुरका निर्देशक निरा ताल्चा भडेँल थिइन् भने अन्य अतिथिहरूमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनुषाका तर्फबाट सहायक प्रहरी निरीक्षक प्रकाश पाण्डेय, फोन–पेका मधेश प्रदेश प्रमुख पशुपति मिश्रा, सिभिल बैंकका मधेश प्रदेश प्रमुख  विश्वासराज अर्याल लगायत बुद्धिजीवीहरू, टेम्पु व्यवसायीहरू र विभिन्न कलेजका विद्यार्थीहरूहरूको बाक्लो उपस्थिति थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रमुख अतिथि तथा जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहद्वारा टेम्पो व्यवसायी श्रीनारायण मण्डललाई क्यूआर कोड हस्तान्तरण गरी सो अभियानको थालनी गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

डिजिटल इको सिस्टमको अवधारणा स्वरूप दैनिक जीवनमा गर्ने साना–साना खर्चहरूजस्तै टेम्पो भाडा, मन्दिरमा भेटी, पानीपुरी, जुत्ता मर्मत, सर-सामग्री आदि खरिद, शौचालयको शुल्कको भुक्तानीदेखि ठूला खर्चहरूको भुक्तानीजस्तै सभा हलको भाडा तथा सबै प्रबन्धहरूको भुक्तानी क्यूआर कोडबाट नै गरिएको थियो ।

Vianet communication

नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यममार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम डिजिटल इको सिस्टमको अवधारणालाई टेवा पुर्‍याउने हेतुले उक्त कार्यक्रममा क्यूआर कोडसम्बन्धी प्रस्तुति गरिएको थियो र त्यसका साथ साथै ट्राफिक जनचेतना बढाउनको लागि पनि प्रस्तुति गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहले सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियानको शुरुवात गर्न पाउँदा आफू खुसी भएको र नगदरहित समाज आजको आवश्यकता भएकोे र नोट छाप्नका लागि विदेशिने ठूलो धन राशीको संचय हुने कुरा पनि भन्नु भयो ।

‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियानलाई साकार गर्ने हो भने डिजिटल इको सिस्टम कै विकास गर्नुपर्ने कुरामा जोड दिई जसरी यस कार्यक्रमको एउटा अंशमा दैनिक जीवनयापन गर्दा उपभोग गर्दै आएको पानी पूरीदेखि जुत्ता मर्मतसम्म, टेम्पो सवारीदेखि मन्दिरको भेटीसम्म तथा शौचालयको शूल्क समेतका कारोबारहरू डिजिटल रूपमा क्यूआर कोडमार्फत भुक्तानी गर्याैं त्यसरी नै डिजीटल इको सिस्टमको विकास गर्न सकिएमा समग्र जनकपुर डिजिटलमा जाने कुरामा दुई मत नभएको कुरा सिभिल बैंकका चिफ बिजिनेस भोलाबहादुर बिष्टले भने । 

सिभिल बैंकले २०१९ अगस्टदेखि नै शुरु गरेको नगदरहित अभियान अहिले देशको दुर्गमभन्दा दुर्गम स्थानदेखि देशका प्रमुख शहरहरूसम्म गरी ४१ हजारभन्दा बढी क्यूआर मर्चेन्टहरूलाई आवद्ध गरिसकेको कुरा पनि बैंकले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x