×

NMB BANK
NIC ASIA

ओली-प्रचण्ड कानेखुसी

EXCLUSIVE : प्रचण्डलाई ओलीको प्रस्ताव– तपाईं तयार हुनुस् !

पुस ७, २०७९

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् भवन परिसरमा बिहीवार माओवादी अध्यक्ष प्रचण्डसँग भएको छोटो कुराकानीमा सत्ता सहकार्यका लागि प्रस्ताव गरेको खुलेको छ ।

Muktinath Bank

एउटै सोफामा बसेका ओली र प्रचण्डबीच भएको संक्षिप्त कुराकानीसँग जानकार विश्वस्त स्रोतका अनुसार ओलीले प्रचण्डलाई 'तयार हुनुस्' भनेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'ओली कमरेडले प्रचण्डलाई तपाईं तयार हुनुस् भन्नुभएको हो,' विश्वस्त स्रोतले लोकान्तरसँग भन्यो, 'जवाफमा प्रचण्डले आनाकानी गरेजस्तो गर्नुभएको थियो । उहाँले थोरै अन्कनाउँदै तयार हुँदैछु भन्ने जवाफ दिनुभयो ।'


Advertisment
Nabil box
Kumari

पढ्नुहोस्, सम्बन्धित समाचार :

Vianet communication

नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेका बेला पुन: वामपन्थी गठबन्धनको चर्चा भित्रभित्रै चलिरहेको छ । त्यसो त प्रचण्डले औपचारिक रूपमा भने 'वर्तमान गठबन्धन कायमै रहन्छ' भन्ने गरेका छन् ।

प्रचण्ड वर्तमान गठबन्धन छाड्न तयार भए उनलाई प्रधानमन्त्री मानेरै भए पनि सहकार्य गर्न आफूहरू तयार रहेको एमालेका एक नेता बताउँछन् ।

त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवासँग अघिल्लो कार्यकालमा र अहिले भएको सहकार्यमा सहज अनुभव गरिरहेका प्रचण्ड तत्काल देउवाको साथ छाडिहाल्न तयार भइनसकेको स्रोतको दाबी छ ।

प्रचण्डले पहिलो कार्यकालको प्रधानमन्त्री नपाउने अवस्थामा भने वाम गठबन्धनको सम्भावना ब्यूँतिने नेताहरूको विश्वास छ ।​

बिहीवारको कुराकानी संसद् भवन परिसरमा चियापानका क्रममा भएको हो ।​ ओली र प्रचण्डले एकअर्कातिर फर्किएर थोरै कुरा गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाचाहिँ ओलीभन्दा एक 'स्टेप' परको सोफामा बसेका थिए । बीचको सोफामा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना थिए ।

तत्कालीन नेकपा भंग भएर एमाले तथा माओवादी पूर्ववत् अवस्थामा फर्किएपछि ओली र प्रचण्डबीच सौहार्दपूर्ण सम्बन्ध रहन सकेको छैन ।

यसबीचमा ओली र प्रचण्डबीच सम्बन्ध सुधारको प्रयास हुँदै गरेको चर्चा पनि चलिरहेको छ । चुनाव जितेलगत्तै ओलीले प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए ।

बुधवार राष्ट्रपति भवनमा ज्येष्ठ सांसद पशुपति शमशेर जबराको शपथमा पनि प्रचण्ड र ओलीबीच जम्काभेट भएको थियो ।

उक्त फोटो सार्वजनिक हुँदा वामपन्थी कार्यकर्ताहरूमा उत्साहको सञ्चार भएको सामाजिक सञ्जालमा सहजै देख्न सकिन्थ्यो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x