
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच संसद् भवन परिसरमा कानेखुसी भएको छ ।
सांसदहरूको शपथपछि आयोजित चियापान समारोहमा प्रचण्ड र ओलीले केहीबेर कानेखुसी गरेका हुन् । समारोहमा प्रचण्ड र ओली एउटै सोफामा बसेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाचाहिँ ओलीभन्दा एक 'स्टेप' परको सोफामा बसेका थिए । बीचको सोफामा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना थिए ।
तत्कालीन नेकपा भंग भएर एमाले तथा माओवादी पूर्ववत् अवस्थामा फर्किएपछि ओली र प्रचण्डबीच सुमधुर सम्बन्ध छैन ।
यसबीचमा ओली र प्रचण्डबीच सम्बन्ध सुधारको प्रयास हुँदै गरेको चर्चा पनि हुने गरेको छ । चुनाव जितेलगत्तै ओलीले प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए ।
बुधवार राष्ट्रपति भवनमा ज्येष्ठ सांसद पशुपति शमशेर जबराको शपथमा पनि प्रचण्ड र ओलीबीच जम्काभेट भएको थियो ।