×

NMB BANK
NIC ASIA

कांग्रेसले सत्ता गुमाउँदा गगन र विश्वप्रकाश पानीमाथिको ओभानो बन्न मिल्छ ?

पुस १३, २०७९

NTC
Premier Steels

नयाँ सरकार गठनको प्रक्रिया जारी रहेको समयमा नेपाली राजनीतिमा एकाएक नाटकीय उतारचढाव आयो । कारण कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बन्यो । 

Muktinath Bank

तेस्रो स्थानमा रहेको माओवादी पार्टीका अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन हुँदै गर्दा कांग्रेस एकाएक सत्ताबाहिर पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुनावमा पहिलो दल बनेको कांग्रेस प्रतिपक्षमा पुग्छ भनेर न त कांग्रेसका नेतृत्व तहका नेताले कल्पना गरेका थिए न त सामान्य कार्यकर्ताको आकलन नै थियो । पछिल्लो राजनीतिक घटनाक्रमले कांग्रेसको नेतृत्वदेखि सामान्य कार्यकर्तासम्म आश्चर्यचकित छन् । एकप्रकारले भन्दा देशभरका कांग्रेस कार्यकर्ता निराश छन् । 


Advertisment
Nabil box
Kumari

सरकार गठन अवधिको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेर हेर्ने हो भने आफ्नो हातमा रहेको सत्ता फुत्कनुमा कांग्रेस सभापति शेरबहादुर देउवा र देउवाका किचन क्याविनेटमा रहेका नेताहरु जिम्मेवार देखिन्छन । किचन क्याबिनेटका नेताहरुले प्रधानमन्त्री छोड्नु हुँदैन भनेर देउवालाई अनावश्यक दबाब नदिएको भए कांग्रेस देशैभर सत्ता बाहिर रहनुपर्ने थिएन । राष्ट्रपति, सभामुख प्रदेशका मुख्यमन्त्री लगायत राज्यका महत्वपूर्ण पद गुमाउनुपर्ने अवस्था सिर्जना हुने थिएन । 

Vianet communication

यसबाहेक, कांग्रेस राजनीतिक नियुक्तिहरुमा बञ्चित हुनुपर्ने थिएन । कांग्रेस सत्ताबाट बर्हिगमन हुँदै गर्दा सम्पूर्ण दोषको भारी यतिबेला पार्टी सभापति देउवामाथि थोपरिएको छ । दोषको भारी पार्टी सभापति देउवामाथि  थोपरिनु स्वभाविक विषय पनि हो । किनकी, पार्टी सभापति देउवाले ६ पटक प्रधानमन्त्री लालसा नदेखाएको भए कांग्रेसले आजको नियति भोग्नु पर्ने थिएन । 

कांग्रेसले आज सत्ता राजनीतिमा जुन नियति भोगेको छ । त्यसमा पार्टी सभापति देउवा जति दोषी छन, त्यत्ति नै दोषी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि छन् । किनकी, महामन्त्रीद्वयको अपरिपक्वताका कारण पार्टी सभापति देउवालाई गलत निर्णय गर्न कुनै रोकतोक भएन । फलस्वरुप कांग्रेस सत्ता राजनीतिको खेलबाट बाहिरिन पुग्यो । 

महामन्त्रीद्वय थापा र शर्मा पार्टीप्रति जिम्मेवार हुने थिए भने पार्टी सभापति देउवाले कुनै खबर नगरे पनि पार्टी कार्यालयमा पार्टीका अन्य नेताहरूलाई भेला गरेर सरकार निर्माणको विषयमा दबाब दिन सक्दथे । 
तर, महामन्त्रीद्वय थापा र शर्मा पूर्णरूपमा गैरजिम्मेवार भएको देखियो । देश राजनीतिकरुपले गम्भीर मोडमा पुगेको बेला महामन्त्रीद्वय कथित साहित्य महोत्सवमा सहभागी हुन पोखरा पुगे । 

पार्टी संसदीय दलको नेता बन्न र बनाउनका लागि होटलमा भेला बोलाउने महामन्त्रीद्वय थापा र शर्माले सरकार गठनको विषयमा किन पार्टी कार्यालयमा बहस चलाएनन् ? यो यतिखेर निकै चासोको विषय बनिरहेको छ । 

महामन्त्री जस्तो जिम्मेवार पदमा बसेका थापा र शर्माले सभापति देउवाले सरकार गठनका विषयमा आफूहरुलाई बोलाएनन् भनेर पन्छिन मिल्दैन । सभापति देउवाले महामन्त्रीहरूले नबोलाए पनि उनीहरुले बालुवाटरको ढोका धकेलेर आफ्ना कुरा स्पष्टसंग राख्न सक्नुपर्दथ्यो । यो विषयमा महामन्त्रीद्वय चुकेकै हुन् ।

महामन्त्रीले संसदीय दलको निर्णय मान्नु पर्देन ?

कांग्रेस संसदीय दलको नेता चयन भए लगत्तै पार्टी संसदीय दलले नयाँ सांसदहरुलाई नयाँ सरकार गठन नभएसम्म काठमाण्डौं उपत्यका बाहिर नजानु भनि निर्देशन जारी गरेको थियो । 
संसदीय दलले सांसदहरुले पठाएको म्यासेज यसप्रकार रहेको छ । (naya sarkar gathan nabhaye samma kathmandu Valley bahira najanu hune nirdesanusar jankari garainchha. NC Samsadiya Dal)

तर, सरकार गठनको अन्तिम दिन महामन्त्रीद्वय थापा र शर्मा साहित्य महोत्सवमा सहभागी हुन भन्दै पोखरा हानिए । पोखरा हानिएका महामन्त्रीद्वय थापा र शर्मा पोखराको सौन्दर्यमा झुमिरहे । पार्टी संसदीय दलको निर्देशन विपरित पोखरा पुगेका महामन्त्रीद्वयले आफूहरु अपमानित भएर पोखरा आएको अभिव्यक्ति समेत दिए । थापा र शर्माको उक्त अभिव्यक्ति सतहीरूपमा हेर्दा जो कोहीलाई ठिकै हो जस्तो लाग्छ । तर, गहिरिएर अध्ययन गर्ने हो भने सरासर गलत छ । किनकि नेपाली कांग्रेस जस्तो इतिहास बोकेको पार्टीका महामन्त्रीहरूले महत्वपूर्ण निर्णय लिनुपर्ने बेलामा कदापि पानी माथिको ओभानो बन्न मिल्दैन ।

महामन्त्रीद्वयको अल्लारेपन

पार्टी भित्र र बाहिर सरकार गठनको विषयमा कांग्रेस असफल हुनुको प्रमुख दोष पार्टी सभापति देउवा र उनका किचन क्याबिनेटका सदस्यहरुलाई दिइएको छ । त्यसमा पनि देउवा पत्नी आरजु राणा बढी हावी भएको भनेर आलोचना भइरहेको छ । बाहिरीरुपमा हेर्दा त्यो एक हिसाबले सहि पनि देखिन्छ । तर, कांग्रेस असफल हुनुमा पार्टी सभापति देउवा र उनका किचन क्याविनेटका सदस्यहरु मात्र दोषी छैनन् । पार्टीका महामन्त्रीद्वय थापा र शर्माको अल्लारेपन पनि उत्तिकै दोषी छ । थापा र शर्मा महामन्त्री निर्वाचित भएपछिको अवधिलाई हेर्ने हो भने उनीहरुले पार्टी भित्र निर्मम ढंगले छलफल गर्नुपर्ने विषयलाई कहिल्यै पनि प्राथमितका दिएको देखिदैन । महामन्त्रीद्वय ट्वीटर, फेसबुक र सञ्चार माध्यममा आएका सामाग्रीमा रमाई रहेको पाइन्छ । 

महामन्त्रीद्वयले सोच्नुपर्ने कुरा के छ भने उनीहरु कुनै गैरसरकारी संस्था वा क्लवका महामन्त्री होइनन् । उनीहरु त विपी कोइराला, सुवर्ण शम्शेर ,गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरुले स्थापना गरेको तथा  गिरिजाप्रसाद कोइराला, सुशिला कोइराला लगायत हजारौं नेता तथा कार्यकर्ताहरुले जोगाएको पार्टीका महामन्त्री हुन । तसर्थ ट्वीटर, फेसबुक र सञ्चार माध्यममा आएका सामाग्रीमा रमाएर बस्नुको कुनै अर्थ छैन । 

बढ्दो अहंमता 

पार्टीका महामन्त्रीहरूमा एउटा अचम्मको मोह छ– सेलिब्रेटी बन्ने । विद्यार्थी राजनीतिबाट उदाएका महामन्त्रीद्वयलाई सञ्चार माध्यमले राम्रो स्थान दिदै आएका छन् । उनीहरुको सबै व्यवहारले मिडियामा राम्रो कभरेज पाइरहेका छन् । यहाँसम्मकी महामन्त्रीद्वयले जुत्ता किन्दा र कफि खाँदाका दृश्यलेसमेत सञ्चार माध्यममा स्थान पाउने गर्छन् । मिडियाले दिएको स्थानका कारण उनीहरुका अहम् बढ्दै गएको छ । त्यसले संगठनमा ठूलो क्षती पुग्ने देखिन्छ । 

विशेष महाधिवेशन अपरिहार्य

गत स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा होमिएको कांग्रेसले निर्वाचन परिणाम आइसकेपछि कांग्रेसले जुन दुर्घटना व्यहोरेको छ त्यसको निर्मम समीक्षा गरी कांग्रेसलाई नयाँ शिराबाट अघि बढाउन विशेष महाधिवेशन आह्वान हुनुपर्छ । 

विशेष महाधिवेशनबाट आउने नेतृत्वले कांग्रेसलाई नयाँ दिशामा अगाडि बढाउने छ । 

(लेखक नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य हुन्)

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x