×

NMB BANK
NIC ASIA

स्वाइनफ्लू बिरामीको पीडा : विमानले ल्याउन मान्दैन, अस्पतालले भर्ना लिँदैनन्

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, ३२ साउन– रुकुम सिस्ने गाउँपालिकामा घर भएका ३३ वर्षीय सुमन बिक अहेब हुन् ।
रोल्पाको होलेरीस्थित प्राथमिक स्वास्थ्य चौकीमा कार्यरत उनी साउन २७ गते रुघाखोकी र ज्वरोले च्यापेपछि भेरी अञ्चलको अस्पतालमा भर्ना भएका थिए ।
सुमन बिकलाई एम्बुलेन्सबाट ल्याउँदै साथै बाहिर देखिएको उनकी श्रीमती र छोरी ।


स्वास्थ्य चौकीमा काम गर्दै आएका बिकलाई त्यसबेला मात्र थाहा भयो खकार जाँचको नतिजामा स्वाइन फ्लु पाइयो ।
उपचारको लागि उनलाई भारतको लखनउस्थित सरस्वती अस्पतालमा भर्ना गरियो । त्यहाँ उनलाई निमोनियाले पनि छोएको थाहा भयो । आइसियुमा राखेर उनको निमोनियाको उपचार भइरहेको थियो ।  तर अस्पतालले स्वाइनफ्लुको उपचार त्यहाँ सम्भव नहुने भन्दै दिल्ली वा काठमाडौंको अस्पतालमा जान सुझाएका थिए ।

ज्वरोले थलिएका उनको लखनउ अस्पतालमा हुँदा श्वासप्रश्वास ९१ स्याचुरेसन रहेको उनका आफन्तले बताए ।
लखनउमा दुईरात राखेर उनीहरुले एम्बुलेन्सबाट नेपालगन्जमा ल्याएका थिए । नेपालगन्ज मेडिकल कलेजको नर्सिङ होममा भर्ना हुन खोज्दा अस्पतालले भर्ना लिन नमानेको उनका  ससुरा मनिराम विश्वकर्माले लोकान्तरलाई बताए ।
सुमनलाई चौबिसघण्टा अक्सिजन चाहिने कारण अक्सिजन भएपनि पाउन उनीहरुले आग्रह गरे । तर उनीहरुले अक्सिजन समेत पाएनन् ।

विमानले बोक्न मानेन

सुमनको स्वास्थ्य अवस्था बिग्रिदै गएका कारण परिवारले उनलाई जतिसक्दो चाँडो काठमाडौं ल्याउन चाहेका थिए । त्यसको लागि  उनीहरु नेपालगन्ज एयरपोर्टमा गएर सीता एयर मार्फत काठमाडौं ल्याउन खोजे । तर उनीहरुले सीता एयरबाट टिकट पाएनन् ।
सुमन बिक


आफन्तहरुसँग पैसा जोहो गरेर भएपनि उनीहरुले सीता एयरबाट चार्टड विमान बुकिङ गरे र काठमाडौं आउनको लागि विमानमा चढे । तर उक्त विमानका चलकले उनी सवार विमानलाई काठमाडौं ल्याउन अस्विकार गरे ।
विमानकी परिचारिकाले बिकलाई स्वाईन फ्लु लागेको पाइलटलाई जानकारी गराए पश्चात पाइलटले विक परिवारलाई विमानबाट काठमाडौं लैजान अस्वीकार गरे । र, विमान चढिसकेका उनीहरु विमानबाट झर्न बाध्य भए ।

२६ हजार तिरेर एम्बुलेन्सबाट काठमाडौं आए

बिग्रिँदै गएको स्वास्थ्य देखेर चिन्तित भएका बिक परिवार जसरी पनि सुमनलाई काठमाडौं ल्याएर उपचार गर्न चाहन्थे ।

त्यसैले बिक परिवारले मंगलवार साँझ ६ बजे एम्बुलेन्स चढेर काठमाडौं आएका थिए । नेपालगन्जबाट काठमाडौंको यात्राको लागि एम्बुलेन्सलाई उनीहरुले २६ हजार तिरे । रातभरीको एम्बुलेन्स यात्रापछि बुधवार दिउँसो १२ बजे टेकुस्थित इपिमिडियोलोजी शाखाको आकस्मिक कक्षमा भर्ना भएका थिए ।
सुमन बिकलाई एम्बुलेन्सबाट ल्याउँदै


सुमनलाई एम्बुलेन्समै अक्सिजन राखेर ल्याइएको थियो ।  साथमा उनका ससुरा मनिराम विश्वकर्मा र सुमनकी श्रीमती माया बिक र २ बर्षकी छोरी समिता साथमै थिए ।

सुमनलाई आकस्मिक कक्षमा भर्ना गरिएपछि डाक्टरले सुमनका परिवार सदस्यलाई समेत स्वाइन फ्लु सर्ने आशंकामा ओपिडी शाखामा जाँच्न आग्रह गरेका थिए ।

लखनउबाट काठमाडौंमा उपचारका लागि निस्किएका सुमनको परिवारले राम्रो सँग खाना नै खाएको छ न त निदाउन न सकेको छ । उनीहरुलाई सुमनको बिरामीले सताएको जसको उपचारको लागि उनीहरु भौतारिइरहेका छन् ।

टेकुमा भर्ना भएका सुमनको अवस्था देखेर आकस्मिक कक्षमा रहेका चिकित्सकले आइसियुमा भर्ना गर्नुपर्ने बताए । उनको श्वासप्रश्वास कम भएका कारण अक्सिजन  दिइएको थियो । अक्सिजन दिँदा समेत उनको श्वासप्रश्वास ८५ स्याचुरेसन मात्रै रहेको थियो । सुमनलाई निमोनियाले सताएका कारण पनि श्वासप्रश्वासमा समस्या देखिएको चिकित्सकले बताए ।

अस्पतालले भर्ना लिन मानेनन्

टेकु अस्पतालमा आइसियु नभएपछि त्यहाँका डाक्टरले आइसियु भएको अरु अस्पतालमा सार्न प्रयास गरेका थिए ।
तर स्वाइनफ्लुको विरामी भनेपछि काठमाडौंका सरकारी तथा निजी अस्पतालले सुमनलाई भर्ना लिन मानेनन् ।
‘सम्पर्क गरिएका सबै अस्पतालले आइसियु खाली नभएको जानकारी गराए’ टेकु अस्पतालका एक चिकित्सकले भने,‘कुनै अस्पतालले त स्वाइनफ्लूको विरामी भर्ना लिन नसकिने जानकारी गराए ।’


त्रिवि शिक्षण अस्पताल टिचिङले आइसियुको बेड खाली नभएको बतायो । ग्रीनसिटी र ब्लुक्रस अस्पताललेसमेत विरामी भर्ना गर्न मानेनन् । कुनै अस्पतालले  आफूहरुसँग स्वाइनफ्लूको लागि छुट्टै बेडको व्यवस्था नभएको जानकारी दिए ।

करिब एक दर्जन अस्पतालमा भर्ना लिन टेकुका चिकित्सकले आग्रह गर्दा पनि शैया नभेटिएपछि सुमनको परिवार निराश भए ।  
सुमन बिककी श्रीमती र छोरी ।


अन्तिम प्रयासमा उनीहरुले काठमाडौंका सामाखुशीस्थित ग्राण्डी अस्पतालमा शैया खाली रहेको भन्दै एम्बुलेन्समा उतै हुँइकिए ।

सुमनकी श्रीमती भन्दै थिइन् ‘पैसा त छैन तर मान्छेको ज्यान त बचाउनुपर्यो, महँगो अस्पतालमा जानुपर्दा दुःख लागेको छ ।’ उनले सरकारी अस्पतालमा उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x