×

NMB BANK
NIC ASIA

विकल्पबिना दरबारमार्गमा पार्किङ निषेध, व्यापारी भन्छन्, 'हाम्रो लाखौँ नोक्सानी भइरहेको छ' [भिडियो रिपोर्ट]

पुस २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं महानगरपालिकाले गत मंगलबारदेखि काठमाडौँ स्थित दरबारमार्गको सडकछेउमा पार्किङ निषेध गरेको छ ।

Muktinath Bank

सडकमा जथाभावी सवारीसाधन पार्किङ गराउँदा ट्राफिक जाम बढ्नुका साथै शहरको सुन्दर पक्ष नै हराएको भन्दै सडक खाली गराएको हो । विकल्पबिना दरबारमार्ग क्षेत्रमा पार्किङ निषेध गर्दा व्यवसायीहरूले भने आफू मारमा परेको गुनासो गर्न थालेका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस क्षेत्रमा पार्किङमा रोक लगाएपछि दैनिक आउने ग्राहकको संख्या ५० प्रतिशतले घटेको दरबारमार्गका एक व्यवसायीले बताए । यसैबीच, यात्रुहरू यस क्षेत्रमा आउँदा पार्किङको विकल्पहरू खोज्न बाध्य भएका छन्।


Advertisment
Nabil box
Kumari

दरबारमार्गस्थित पूमा स्टोरका स्टोर म्यानेजर बिष्णु भट्टराईले भने, 'दुई चार किलोमिटर पर गाडी पार्किङ गरेर हाम्रो स्टोरमा कुन ग्राहक हिँडेर आउन रुचाउनुहुन्छ र?' उनले प्रति प्रश्न गर्दै भने, 'महँगो भाँडा तिरेर स्टोर राखेका छौं तर ग्राहक नै नआएपछि हाम्रो व्यवसाय कसरी चल्छ ? या त कतै विकल्प दिएर अनि बल्ल पार्किङ निषेध गर्नुपर्थ्यो ?'

Vianet communication
Laxmi Bank

'यस क्षेत्रको पार्किंङले ट्राफिक जाम र सुन्दरतालाई कुनै असर पारेको थिएन,' उनले रिस पोखे।

त्यस्तै द मिलानोका स्टोर म्यानेजर इमरान एहेमदले भने, 'यस क्षेत्रको ग्राहक भनेको लक्जरीयस हुन्छन्, एकातिर गाडी पार्किंङ गरेर हिँडेर हाम्रो पसलसम्म धाएर आउन रुचाउँदैनन्, त्यसैले यहाँ पार्किंग निषेध गरेर हाम्रो व्यापारलाई धेरै नोक्सानी पुगेको छ।'

यता महानगरका प्रहरी राजन श्रेष्ठ भने पार्किङ निषेध गरेपछि यस क्षेत्र निकै सुन्दर देखिएको दाबी गर्छन्। 'पहिला धेरै अव्यवस्थित थियो। पान, गुट्खा खाएर खोल यहीँ फ्याकेर हिँड्थे। अहिले त्यो छैन। एकदम व्यवस्थित भएको छ। जनताहरुले पनि हामीलाई आएर राम्रो प्रतिक्रिया दिइरहेकाछन्। उनीहरु खुसी छन्,' श्रेष्ठले भने।

प्रायः दरबारमार्ग ओहोरदोहोर गरिरहने प्रदीप नाम बताउने एक सवारी चालकले भने महानगरपालिकाको यस्तो कार्यको प्रशंसा गरे।

भने, 'हामीलाई त बाहिर सडकमा पार्किङ गर्दा पनि शुल्क तिर्नुपर्थ्यो , अहिले अन्नपूर्ण होटलमा पार्किङ गर्दा पनि शुल्क तिर्ने नै हो, खासै कुनै फरक पारेको छैन। त्यसैले महानगरपालिकाले सडकमा पार्किङ निषेध गरेको राम्रै लागेको छ,' उनले भने। 

त्यस्तै काम विशेषले दरबारमार्ग आएका सुनिल प्रजापतीले भने, 'पहिला पार्किङ गर्न सजिलो थियो, तर अहिले त कता राख्ने कुनै टुंगो नै भएन, यसरी त मेरो गाडीको सुरक्षा नै भएन। महानगरपालिकाले विकल्प दिएर मात्र पार्किंग निषेध गरेको भए राम्रो हुन्थ्यो।'

बाँकी भिडियोमा  

 

hAMROPATRO BELOW NEWS
TATA Below
असार ४, २०७८

काठमाडौंवासीका लागि मेलम्ची खानेपानी आयोजना वर्षाैंको सपना हो । मेलम्ची सपना पूरा हुने गरी हालै उद्घाटन कार्यक्रम समेत भएर अन्तिम परीक्षण भइरहेको थियो । वर्षाैंदेखिको मेलम्ची सपना अन्तिम चरणमा पुगेका बेला ...

जेठ १२, २०७७

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले नक्सा जारी गरेपछि नेपाल र भारत दुवैतर्फबाट ‘प्रमाण जुटाउने युद्ध’ छेडिएको छ । नेपालका तर्फबाट कतिपय प्रमाणहरू मिडियामा छताछुल्ल भएपछि भारतले त्...

मंसिर २, २०७५

काठमाडौं – कमलादिको गणेश मन्दिर छेउमै जमराको जुस बनाउँदै थिइन् डोल्मा गुरुङ । गोरखाकी डोल्माको दिनचर्या जमराको जुस बनाउँदैमा बित्छ । त्यसबाट उनले दैनिक १४–१५ सय रुपैयाँ कमाउँछिन् । बिहान ५ बजे...

असार ५, २०७८

मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सा...

असार २३, २०७९

काठमाडौं महानगरपालिकाले काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ । काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खु...

साउन ७, २०७९

लगनखेल बसपार्क नजिकको पाटन अस्पताल छेउमा रहेको कर्मचारी सञ्चय कोष भवनको चौथो तल्लामा अवस्थित ‘रुट केनल सेन्टर’मा पुग्दा अनौठो दृश्य देखियो । एक व्यक्ति दाँत दुखेर उपचार गराउन आएका थिए । उनको सा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x