×

NMB BANK
NIC ASIA

तत्कालीन प्रशासकीय अधिकृतलगायत ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

माघ १८, २०७९

NTC
Premier Steels

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतलगायत ३ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ।

Muktinath Bank

उनीहरूले गाउँपालिकाको वडा नम्बर ६ सोरुकोटस्थित खौलाचौरमा फिल्ड निर्माण गर्ने क्रममा समथर चौर भत्काई कुनै हार्ड रकसमेत नभएको अवस्थामा प्राविधिक गलत प्रतिवेदन पारेको अख्तियारको ठहर छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उजुरीका आधारमा सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, सब-इन्जिनियर मनोज धामी र सब-इन्जिनियर जगतबहादुर मल्लविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकव हो।


Advertisment
Nabil box
Kumari

उक्त फिल्ड निर्माण योजनामा गलत नापी किताब तयार गर्ने, नापी किताब चेकजाँच गर्ने, सो नापी किताब स्वीकृत एवं फिल्डमा नभएको नगरेको कामको मूल्याङ्कन गरेको उनीहरूमाथि अख्तियारले आरोप लगाएको छ।

Vianet communication

यस क्रममा उपभोक्ता समितिलाई १५ लाख ४४ हजार ९ सय ३० रुपैयाँ रकम भुक्तानी गरेको र उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर ठहरिएको अख्तियारको दाबी छ।

उनीहरू तीनै जनाउपर त्यति नै बिगो र बिगोबमोजिम जरिवाना माग गरिएको छ।

साथै उनीहरूलाई ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैदसमेत अख्तियारले माग गरेको छ।

यसैगरी सोरुकोट खौलाचौर फिल्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष रतन बहादुर शाही, सचिव धर्म बहादुर मल्ल र कोषाध्यक्ष धनदेवी छत्याल (शाही) ले सोरु-६ सोरुकोटस्थित खौलाचौर फिल्ड निर्माण कार्यमा गाउँपालिकासँग गरेको सम्झौताविपरीत कार्य गरेको भन्दै उनीहरूलाई पनि सोही रकम बिगो कामय गरी सजाय माग गरिएको छ।

साथै सोरु-६ का तत्कालीन वडाध्यक्ष मनप्रसाद भट्टले फिल्डमा हुँदै नभएको कार्य सम्पन्न गरेको भन्दै भुक्तानी गरिदिन सिफारिस गरेकाले उनलाई पनि दोषी ठहर गर्दै अख्तियारले सजाय माग गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०७९

सल्यानको कालिमाटी सब डिभिजन वन कार्यालय कालिमाटीका फरेष्टर जय पृथ्वीराज बुढाथोकी, सहायक वन अधिकृत, वन उपभोक्ता समूहका अध्यक्ष, सप्लायर्ससमेत ६ जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ। ...

जेठ २८, २०७५

विराटनगर, २८ जेठ– रंगेली नगरपालिका–५ का वडा अध्यक्ष महानन्द मण्डलको दैनिकी अरुको भन्दा अलि फरक छ । उनको दैनिकी हरेक दिन आउने समस्या समाधान गर्नैमा बित्छ । तर समस्या समाधान हुन भन्दा पनि उनकै कारण...

साउन २२, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार ४३२ उजुरी परेका छन् ।  आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसा...

साउन १६, २०७९

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामजी जोशीवरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । उनले ४ लाख ४७ हजार ५ सय रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तिय...

असार १६, २०७९

राष्ट्रिय सूचना आयोगले माग गरिएबमोजिमको सूचना उपलब्ध नगराउने रौतहट राजपुर नगरपालिकाका कार्यलय प्रमुख तथा सूचना अधिकारीलाई जरिबानाको फैसला सुनाएको छ ।  राजपुर –१ का एक्रा मुलहकले माग गरेको स...

माघ ५, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवे र सर्भेक्षक ठाकुर प्रसाद गुरौविरुद्ध भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा आरोप-पत्र दायर गरेको छ।   उनीह...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x