×

NMB BANK
NIC ASIA

मानव बेचबिखनमा संलग्न दुई जना पक्राउ

माघ १९, २०७९

NTC
Premier Steels

मानव बेचविखन तथा ओसारपसार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

Muktinath Bank

पक्राउ पर्नेहरूमा उदयपुर उदयपुरगढी गाउँपालिका-२ घर भई टोखा नगरपलिका-३ बस्ने ४४ वर्षीय रवि थापा मगर भन्ने लाल बहादुर मगर र इलाम फाकफोकथुम गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-९ बस्ने ४१ वर्षीय डम्बर मगर भन्ने डम्बर बहादुर दर्लामी रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रविलाई काठमाडौं महानगरपालिका-३ र डम्बरलाई काठमाडौं महानगरपालिका-९ शम्भुमार्गस्थित न्यू लक्ष्मीमार्ग गेष्ट हाउसबाट प्रहरीले पक्राउ गरेको जनाएको छ।


Advertisment
Nabil box
Kumari

कुवेतमा रहेको रोयल रेष्टुरेन्टमा वेटर्सको काममा मासिक पारिश्रमिक १ सय २० कुवेती दिनार तलब हुने गरी लगाइदिने र सो रेष्टुरेन्टमा राम्रो काम गरे पोर्चुगल र अमेरिका पठाइदिन्छु भनी उनीहरूले पीडितहरूसँग रकम असुलेका प्रहरीले बताएको छ।

Vianet communication

मंसिर २६ गते भिजिट भिसामा दुबई हुँदै कुवेत लगी त्यहाँ रहेका अन्य एजेन्टहरूमार्फत १ हजार ३ सय कुवेती दिनारमा बिक्री गरी पीडितलाई दैनिक १८ घण्टासम्म काममा लगाई श्रमशोषण गरेको भन्ने उजुरीका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलले कुवेतमा रहेको नेपाली राजदूतावाससँगको समन्वयमा उद्धार गरी नेपाल ल्याएको हो ।

कुवेतमा बस्ने प्रतिवादीले पीडितको मोबाइल नियन्त्रणमा लिई फेसबुकलगायत सामाजिक सञ्जालहरू प्रयोग गरी विभिन्न व्यक्तिसँग अश्लील कुराकानी गर्ने र सो कुराकानी रेकर्ड पीडितको श्रीमान्लगायत आफन्तलाई पठाइदिने धम्की दिएका प्रहरीले बताएको छ।

आफू कुवेतमा राजीखुसी आएको, बेचबिखनमा परेको छैन भन्ने भिडियो बनाई नेपाल गएपश्चात् कोहीकसैलाई उजुरी गर्दिनँ भन्ने व्यहोराको कागजसमेत ती दुईले गराएका अनुसन्धानबाट खुलेको
छ।

घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी गर्ने साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x