×

NMB BANK
NIC ASIA

राष्ट्रपति चुनावको सकस

हामी भोटर मात्र हैनौं, राष्ट्रपतिमा सर्वमान्य पात्र चाहिन्छ– उपेन्द्र यादव [अन्तर्वार्ता]

फागुन १, २०७९

NTC
Premier Steels

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सबैलाई मान्य हुने खालको पात्र राष्ट्रपति बन्नुपर्ने बताएका छन् । राष्ट्रपति पदको गरिमा बचाउनलाई पनि सो पदका लागि लायक र योग्य व्यक्ति राष्ट्रपति बन्नुपर्ने उनको भनाइ छ ।

Muktinath Bank

नेपाली कांग्रेस र नेकपा एमालेले आ-आफ्नो उम्मेदवार उठाउने तयारी गरिरहेका बेला उपेन्द्रले राष्ट्रिय सहमतिको पक्षमा धारणा राखेका हुन् । उनले राष्ट्रपति तथा उपराष्ट्रपतिमध्ये कुनै एक पदमा जसपाको दाबी रहेको समेत बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति तथा उपराष्ट्रपति फरक समुदाय वा फरक लिंगको हुनुपर्ने संवैधानिक आधारलाई टेक्दै उनले कुनै एक पद मधेशीले पाउनुपर्ने जिकिर गरेका हुन् । वर्तमान सत्ता गठबन्धनसँग जसपाको असन्तुष्टि, राष्ट्रपति चुनाव लगायतका विषयमा अध्यक्ष यादवसँग लोकान्तरकर्मीअजयअनुरागीले टेलिफोनमा कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :


Advertisment
Nabil box
Kumari

जसपा संघीय सरकारमा सहभागी भएको छैन । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि सहभागी भइरहेको छैन, किन हो ?

Vianet communication

– जो सरकारमा छ, सत्तामा छ, उसका लागि त्यो उच्चस्तरीय राजनीतिक संयन्त्र हो । जो सत्ता र सरकारमा छैन, त्यसका लागि त्यो संयन्त्रको के औचित्य हुन्छ ? औचित्य त पुष्टि गर्नुपर्‍यो नि ! औचित्यहीन संरचनाको संयन्त्रमा सहभागी भएर के उपलब्धि हुन्छ ? त्यो संयन्त्रमा मेरो कुनै आवश्यकता नै छैन भन्ने लागेर नगएको हो ।

तर, शुरूका केही बैठकमा त तपाईं पनि जानु भएको थियो नि !

– शुरूमा त सरकार बनाउने क्रम भएकाले संयुक्त बैठकमा गएको हो । सहयोग गरें । सरकार पनि बन्यो । अब चलाउनुस् सरकार । हामी सरकारमा सहभागी भएका छैनौं । न त सरकारको विरुद्धमै छौं । जो सरकारमा सहभागी छ, तिनका बीचमा पो समन्वय हुने हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड'लाई विश्वासको मत दिनुभयो,तर सरकारमा किन सहभागी हुनु भएन ?

– त्यसका लागि जुन स्तरमा समझदारी हुनुपर्ने हो त्यस स्तरमा समझदारी नै हुन सकेन ।

भनेपछि तपाईंहरू सत्ता गठबन्धनमा हुनुहुन्न?

– हाम्रो सहकार्य सरकार गठनसम्म मात्र सीमित छ । त्यसयता हामीबीच कुनै किसिमको समझदारी भएको छैन ।

मधेशमा तपाईंहरूले यही गठबन्धनको साथ लिएर सरकार बनाउनुभयो त्यहाँ माओवादी पनि सहभागी छ । यस्तो अवस्थामा संघमा हामी गठबन्धनमा छैनौं भन्न मिल्छ र ?

– मधेश प्रदेशमा सहभागी हुने भन्ने विषयमा हामीबीच समझदारी भएको थियो । त्यही समझदारीलाई हामीले पालना गरेका थियौं । हामीले आफ्नो तर्फबाट कहिल्यै पनि समझदारीलाई उल्लंघन गर्ने काम गरेका छैनौं ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा जसपाको धारणा के हो ?

– हामी स्वतन्त्र छौं । हामी कुनै बन्धनमा छैनौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका बेलामा हाम्रो पार्टीले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढ्छौं ।

अहिले त सहमति र समझदारीमै होस् भन्ने हामीले चाहेका छौं । समझदारीमा नै अगाडि बढ्नु अहिलेको आवश्यकता पनि हो । त्यसका लागि हाम्रो तर्फबाट प्रयास जारी रहनेछ ।

त्यसो हो भने जसपाले आफ्नो छुट्टै उम्मेदवार उठाउँछ ?

– त्यो त पछि तय हुने कुरा हो । अहिले त सहमति र समझदारीमै होस् भन्ने हामीले चाहेका छौं । समझदारीमा नै अगाडि बढ्नु अहिलेको आवश्यकता पनि हो । त्यसका लागि हाम्रो तर्फबाट प्रयास जारी रहनेछ ।

त्यस्तो समझदारी कुनै स्वतन्त्र व्यक्ति वा दलका नेता कसमा हुन्छ ?

– व्यक्ति, नेता, समूह, समुदाय जेमा पनि हुन सक्छ । तर, मुख्य कुरा के हो भने आज मधेशी कुनै पनि संवैधानिक निकायमा छैनन् । न संवैधानिक परिषदमा छन्, न त न्याय परिषदमा । सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष कुनैमा पनि मधेशी छैनन् । कहीँ कतै पनि मधेशी छैनन् ।

अर्कातर्फ राष्ट्रपतिजस्तो पदमा गरिमा कायम राख्नसक्ने व्यक्ति हुनुपर्छ भन्ने हाम्रो धारणा हो । त्यस्तो व्यक्ति राष्ट्रपति हुनुपर्छ जसमा राष्ट्रका सबै नेपालीले गौरव बोध गर्न सकोस् । सबैले गौरवका साथ भन्न सकोस् कि हाम्रो राष्ट्रपति हो । निम्न कोटीका मानिसलाई ल्याएर राष्ट्रपति बनाइदेऊ भनेर भन्यो भने त्यो स्वीकार्य हुन सक्दैन । त्यसैले राष्ट्रपतिको निर्वाचनमा व्यक्ति र समुदाय दुवै हेर्नुपर्छ ।

जसपाले उपराष्ट्रपतिमा'बार्गेनिङ' गरिरहेको छ भन्ने चर्चा छ नि !

– त्यो माग्नु कुनै अपराध त होइन नि ! जसपालाई राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये कुनै एक पद दिनैपर्छ । त्यसका लागि अहिले पार्टीमा निर्णय नै नभए पनि जसपाले दाबी गर्छ । सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष केहीमा पनि हामीले भाग पाएका छैनौं । संवैधानिक निकायमा कतै छैनौं ।

जसपा अरूका लागि भोटर भएर मात्र त बस्न सक्दैन नि ! हिँस्सेदारी त जसपालाई पनि चाहियो । भागिदारी चाहियो । प्रतिनिधित्व चाहियो । यो सवाल यदि हाम्रो तर्फबाट कसैले उठाइरहेको छ भने त्यो गलत सवाल हैन । यद्यपि यस विषयमा अहिलेसम्म पार्टीमा निर्णय भने भएको छैन ।

राष्ट्रपति चुनावमा मधेशकेन्द्रित दलहरू जसपा,लोसपा र जनमतबीच मोर्चाबन्दीको सम्भावना छ ?

– उनीहरू यदि आफ्नै खुट्टामा उभिएर हिँड्ने हो भने मोर्चाबन्दी हुनसक्छ । कार्यगत एकता पनि हुनसक्छ । तर, गाइडेड भएर प्रायोजितरूपमा काम गर्ने हो भने त मोर्चाबन्दी वा कार्यगत एकता गरेर पनि कुनै फाइदा हुँदैन । त्यो कुरा त हामीले विगतमा पनि पटक-पटक गरेर हेरिसकेका छौं ।

तपाईं महन्थ ठाकुरलाई राष्ट्रपति बनाएर वा आफ्नो पार्टीका रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचनमार्फत संसदमा आउन चाहनुभएको छ भन्ने चर्चा पनि सुनिन्छ नि!

– मानिसहरूले थरिथरिका कुराहरू गरिरहेका छन् । त्यो स्वाभाविक पनि हो । यदि महन्थ ठाकुर राष्ट्रपति बन्नुहुन्छ भने मेरो लागि त त्यो खुशीको खबर नै हुन्छ । त्यसो हुन सके त गर्वकै विषय हुन्छ । डा. रामवरण यादवलाई त मैले राष्ट्रपति बनाएकै हो ।

महन्थजी राष्ट्रपति हुनुभयो भने त्यो झन् खुशीको कुरा हुन्छ । तर, यहाँ जे परिस्थिति छ, त्यसले त्यो कुरा देखाइरहेको छैन । जोसँग शक्ति छ, जो सत्तामा छ, के उनीहरूले महन्थ ठाकुरलाई स्वीकार गर्लान् त ?

तपाईंले भनेजस्तो सहमति भएन र कांग्रेस-एमालेको छुट्टाछुट्टै उम्मेदवारी दिए भने के गर्नुहुन्छ ?

– हामी त सबैको साझा उम्मेदवार हुनुपर्छ भन्नेमै छौं । समझदारीका साथ उम्मेदवार खडा गरियोस् । त्यसरी समझदारी गर्दा उम्मेदवारको व्यक्तित्व पनि राष्ट्रपतिको गरिमा अनुकूलको होस् । त्यो कुरा त मेन्टेन हुनैपर्छ । नभए राष्ट्रपति र राष्ट्र दुवैको गरिमा घट्छ ।

सहमति भएन भने हामी आफ्नो बाटो लाग्छौं । त्यसपछि हामी आफ्नो निर्णय गरेर अगाडि बढ्छौं ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x