×

NMB BANK
NIC ASIA

भ्रष्टाचारको नमूना

भ्रष्टाचारका एक अभियुक्तको कहानी– सुब्बादेखि उपसचिव हुँदासम्म सधैँ मालदार अड्डामा

फागुन ५, २०७९

NTC
Sarbottam
प्रतीकात्मक तस्वीर
Premier Steels
Marvel

नायब सुब्बाबाट सरकारी जागिरमा प्रवेश गरी उपसचिव भएर अवकाश पाएका दानबहादुर केसीले पदको दुरुपयोग गरी स्रोत नखुलेको करोडौंको सम्पत्ति आर्जन गरेको पाइएको छ ।

Muktinath Bank

स्रोत नखुलेको २ करोड १० लाख १० हजार ४८२ रुपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केसीविरुद्ध बिहीवार (फागुन ४ गते) विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गैरकानूनीरूपमा आर्जन गरेको रकमबाट उनले श्रीमती सुशीला पण्डितको नाममा जग्गाहरू खरिद गरेको, घर निर्माण गरेको तथा बैंक खाताहरूमा रकम मौज्दात राखेको पाइएको हो ।


Advertisment
Nabil box
Kumari

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार केसीले सार्वजनिक सेवामा प्रवेश गरेदेखि अवकाश पाउँदासम्म ५ करोड ६१ लाख २६ हजार ५०२ रुपैयाँ जम्मा गरेको देखिन्छ ।

Vianet communication
Laxmi Bank

त्यसमध्ये ३ करोड ५१ लाख १६ हजार २० रुपैयाँको स्रोत खुले पनि २ करोड १० लाख १० हजार ४८२ रुपैयाँको स्रोत नखुलेको अनुसन्धानबाट पाइएको भण्डारीले बताए ।

अख्तियारले केसीसहित उनकी  श्रीमतीको नाममा रहेको जग्गा, घर तथा बैंक खाता तत्कालका लागि रोक्का राखी जफत/असुलउपर गर्न माग गरेको छ ।

केसीकी श्रीमती सुशीला पण्डितको नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को कित्ता नम्बर ४०८ र ६१६ को (०-९-३-२) को जग्गा तथा त्यसमा बनेको तीन तले घर जफत गर्नका लागि रोक्का गर्न अख्तियारले माग गरेको छ ।

उक्त जग्गा खरिद गर्दाको लागतमध्ये स्रोत नखुलेको ६ लाख ९ हजार १५५ रुपैयाँ र घर बनाउन लागेको लागतमध्ये स्रोत नखुलेको ४१ लाख ११ हजार १७९ रुपैयाँ बराबरको सम्पत्ति रोक्का राख्न माग गरिएको छ । 

त्यसैगरी उनकी श्रीमती पण्डितकै नाममा रहेको ललितपुर महानगरपालिकाको इमाडोल- ८ को कित्ता नम्बर २२२ को (०-६-००.५) क्षेत्रफलको जग्गा समेत रोक्का राख्न अख्तियारले माग गरेको छ । उक्त जग्गा खरिद गर्दा लागेको लागतमध्ये ७ लाख ३६ हजार रुपैयाँको स्रोत नखुलेको अभियोगपत्रमा उल्लेख छ ।

केसीले श्रीमती सुशीलाकै नाममा खरिद गरेको भक्तपुरको दुवाकोट- ६ स्थित कित्ता नम्बर १०३३ को (०-४-०-१.४१) जग्गा समेत जफत हुनुपर्ने मागदाबी आरोपपत्रमा लिइएको छ । ३१ लाख १० हजार रुपैयाँमा उक्त जग्गा खरिद गरेको अभियोगपत्रमा उल्लेख छ।

त्यसैगरी जाँच अवधिपछि भक्तपुरकै दुवाकोट- ६ स्थित कित्ता नम्बर १०३४ को (०-४-०-१.४१) क्षेत्रफल भएको जग्गा केसीले ३१ लाख १० हजार रुपैयाँमा किनेको हुनाले उक्त जग्गा पनि रोक्न अख्तियारले माग गरेको छ ।

त्यसबाहेक केसीको एभरेस्ट बैंकको खातामा रहेको १ करोड २५ लाख रुपैयाँ नगद मौज्दात पनि जफत हुनुपर्ने मागसहित नगद रोक्का गर्न माग गरिएको छ ।

सार्वजनिक सेवामा प्रवेश गरेपछि उनले श्रीमतीको नाममा काठमाडौं महानगरपालिका वडा नम्बर ९ को कित्ता नम्बर ४७ को (०-८-०-१) क्षेत्रफल भएको जग्गा खरिद गरेको पाइएको छ ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर १० मा कित्ता नम्बर ४०८ को  कित्ता नम्बर ६१६ को (०-९-३-२ ) क्षेत्रफल भएको जग्गा पनि उनले आफ्नो श्रीमतीको नाममा खरिद गरेको पाइएको छ ।

त्यसैगरी उनले श्रीमतीको नाममा ललितपुरको इमाडोल- ६ मा कित्ता नम्बर २०७ को (०-३-३-३ ) क्षेत्रफल भएको जग्गा पनि खरिद गरेको पाइएको छ ।

केसीले आफ्नै नाममा पनि ललितपुर महानगरपालिकाको इमाडोल- ८ मा कित्ता नम्बर २०७ को (०-३-३-३ ) क्षेत्रफलको जग्गा खरिद गरेको पाइएको छ ।

उनले प्यूठानमा पाएको पैत्रिक सम्पत्तिबाहेक सार्वजनिक सेवामा प्रवेश गरेपछि काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा विभिन्न कित्ताका जग्गाहरू खरिद गरेको पाइएको छ । खरिद गरिएका केही जग्गाहरू उनले बिक्री पनि गरेको अभियोगपत्रमा उल्लेख छ ।

उनले आफ्ना छोरीहरू प्रतिमा केसी, प्रविना केसी र छोरा प्राजन केसीको उच्च शिक्षा अध्ययनमा कुल २३ लाख ५५ हजार रुपैयाँ खर्च गरेको बयान दिएका छन् ।

जुनसुकै पद भए पनि दोहोरिएर सधैं मालदार अड्डामा

केसीले सार्वजनिक सेवामा प्रवेश गरेपछि अवकाश पाउँदासम्म सधैं मालदार अड्डामा नै काम गरेको पाइएको छ । यहाँसम्म कि एकै पदमा रहेको अवस्था होस् वा बढुवा भएको अवस्था नै किन नहोस्, सधैं आकर्षक मानिएका मालदार अड्डामा नै दोहोर्‍याइतेहेर्‍याइ बसेको पाइएको छ ।

२०४३ साउन १ गते नायब सुब्बाबाट सरकारी जागिरमा प्रवेश गरेको केसीको पदस्थापन शुरूमा महालेखा नियन्त्रक कार्यालयमा भएको देखिन्छ । त्यस पछि उनी अर्थ मन्त्रालय, भन्सार विभाग, अर्थ मन्त्रालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालय, भन्सार विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालय र आन्तरिक राजश्व विभागको कार्यालय ललितपुरमा नायब सुब्बाको पदमा काम गरेको पाइएको छ । २०६० भदौ २२ गते शाखा अधिकृतमा बढुवा भएका केसीको २०६० भदौ २३ गते अर्थ मन्त्रालयमा पदस्थापन भएको थियो ।

शाखा अधिकृत बनेपछि पनि उनको सरुवा दोहोरिएर फेरि पनि तिनै मालदार अड्डामा भएको देखिन्छ । आन्तरिक राजश्व विभाग, आन्तरिक राजश्व कार्यालय पोखरा, आन्तरिक राजश्व कार्यालय २ नम्बर क्षेत्रको कार्यालय काठमाडौं, अर्थ मन्त्रालय, भन्सार विभाग, भन्सार जाँच पास परीक्षण कार्यालय काठमाडौं, रसुवा भन्सार कार्यालयमा उनको सरुवा भएको थियो ।

रसुवा भन्सार कार्यालयमा २०७२ भदौ ३२ गतेदेखि २०७४ असोज १० गतेसम्म भन्सार अधिकृतको रूपमा कार्यरत रहेकै बेला अख्तियारले उनले अकुत सम्पत्ति आर्जन गरेको विषयमा अनुसन्धान गरेको थियो । रसुवा भन्सार कार्यालयबाट उनको सरुवा फेरि भन्सार जाँच पास परीक्षण कार्यालय काठमाडौंमा भएको थियो ।

२०७६ असार २३ गतेसम्म उनी शाखा अधिकृतको रूपमा त्यहाँ कार्यरत रहेको देखिन्छ । त्यसपछि २०७६ असार २४ गते उनी उपसचिवमा बढुवा भएपछि अर्थ मन्त्रालयमा पदस्थापन भएको देखिन्छ । उपसचिवको रूपमा उनी खानेपानी मन्त्रालय, भन्सार जाँचपास परीक्षण कार्यालयमा कार्यरत रहेका बेला २०७८ कात्तिक ९ गते उनले अनिवार्य अवकाश पाएका थिए ।

अख्तियारले उनले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४३ साउन १ गतेदेखि २०७८ असार ३० गतेसम्मको मात्र सम्पत्ति अनुसन्धान गरेको छ ।

प्रचलित कानूनबमोजिम सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वाभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिव कारणविना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको हुँदा केसीले २ करोड १० लाख १० हजार ४८२ रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको देखिने अभियोगपत्रमा उल्लेख छ ।

अख्तियारले उनीविरुद्ध सोही रकम बिगोबमोजिमको जरिवाना तथा कैदसहित सजायको माग दाबी गर्दै अभियोगपत्र दायर गरेको छ । केसीले जाँच अवधिमा गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति उनको नाममा रहेको बैंकमा मौज्दात रकम र श्रीमती सुशीला पण्डितको नाममा हाल कायम रहेको आंशिक स्रोत नपुगेको हिस्साको सम्पत्ति तथा जाँच अवधिपछि खरिद गरेका सम्पत्ति समेत जफत/असुल उपर गरी पाउन माग दाबी लिइएको छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x