माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
बैशाख १४, २०८०
‘राष्ट्रपतिले चुनाव जित्नुभएको ठाउँमा हामी बलियो थियौं तर यहाँ नै कमजोर परिणाम आयो । ठूला दलप्रति जनताले चासो दिएनन् । अब पार्टीलाई सुधार्नु र जनमुखी कार्यक्रम ल्याउनुको विकल्प छैन । अब हामी सुध्रिनुपर्छ,’ संसदीय दलको बैठकमा ११ वैशाखमा शेरबहादुर देउवाले यसो भनिरहँदा उपनिर्वाचनको परिणाम आइसकेको थिएन । तर, उपनिर्वाचन भएका तीनमध्ये तनहुँ १ र चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुनामी ल्याउने संकेत गरिसकेको थियो ।
देउवाले यसो भनेको भोलिपल्ट परम्परागत कांग्रेसहितका शक्तिको विरासत तोड्दै रास्वपाले साँँच्चै सुनामी ल्याइदियो । देउवाले नतिजा पूरा आइनसक्दै सच्निुपर्छ मात्रै भने तर उनको भनाइमा नसच्चिए सक्किनुपर्छ भन्ने आशय लुकेको थियो ।
जोखिम र तनावको भेउ नभई पार्टीको कमान्ड हाँक्नेले यसरी सुध्रिनुपर्छ भनेर पक्कै भन्दैनन्, अझ देउवा सितिमिति गल्ने र बोलिहाल्ने नेता होइनन् ।
टेलिभिजन प्रस्तोताको पेशा छाडेलगत्तै रवि लामिछानेले ७ असारमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका थिए । नवगठित पार्टीका रूपमा ८० वर्षको राजनीतिक इतिहास भएका कांंग्रेस र एमालेसहितका कम्युनिस्ट पार्टीसँग भिड्न उनी ४ मंसिरमा चुनावी मैदानमा ओर्लिए । पहिलो प्रयासमै सामान्य उम्मेदवार बोकेर निर्वाचनमा होमिँदा रविले सनसनीपूर्ण २० सिट जिताए ।
१० औं लाख पार्टी सदस्यता र घर-घरसम्म संगठनको जालो भएका कांग्रेस र एमालेका निम्ति यो सहजै पचाउन सक्ने विषय थिएन । तर, नागरिकले व्यक्त गरेको मत काट्न मिल्दैनथ्यो । स्वीकार्नुको विकल्प थिएन/छैन ।
नयाँ दलले २० सिट जित्नुलाई परम्परागत दलले आफूहरूप्रतिको असन्तुष्टिको मत माने । एकपटकका लागि रास्वपामा सरेको भन्दै यसलाई सहज रूपमा लिए । ठूला दलले नतिजालाई सामान्य माने, ठूलो तरंग मानेनन् । बरु उल्टै ठूलो पानी पर्दा छिट्टै आउने र छिट्टै सुक्ने ‘खहरे खोला’को जस्तो उपमा दिए ।
तर, नियमित निर्वाचनको ५ महिनापछि १० वैशाखमा ३ सिटमा उपनिर्वाचन हुँदा राजनीतिक वृत्त र नेपाली समाज अस्वाभाविक रूपमा तरंगित भएको छ । अघिल्लोपटक १६५ क्षेत्रमा रविले उभार ल्याउँदा नआएको कम्पन यतिखेर ३ मध्ये तनहुँ र चितवनले ल्याइदिएको छ ।
कांग्रेस युवा नेता गुरुराज घिमिरे ३२/३४ वर्षमा परम्परागत दलको क्रियाकलाप सही नसक्नु हुँदा यस्तो सुनामी आएको बताउँछन् । यस्तो परिणामबाट नसच्चिए सक्किन तयार हुनुपर्ने गरी राजनीतिक वृत्तमा जबरजस्त सुधारको माग बढेको छ उनको बुझाइ छ ।
‘उपनिर्वाचनमा जसरी रास्वपाले मत पायो यो पुराना दलप्रतिको आक्रोश हो । ३२/३४ वर्षमा दलहरूका क्रियाकलाप सहिसक्नु भएन । सत्तालाई निजी प्रतिष्ठा र ऐश्वर्य आर्जनका लागि मात्रै प्रयोग गरे,’ घिमिरे भन्छन्, ‘पुराना दलले नागरिकमा आशा जगाउन नसकेकैले परिणाम स्वरूप नयाँ कसैले केही गर्ला कि भनेर आउनेलाई आशा जगाउन समर्थन गरेका हुन् ।’
पुराना दलले आफ्ना व्यक्तिगत र निजी सत्ता स्वार्थलाई मात्रै प्राथमिकता दिँदा पार्टीभित्रैका राम्रा र इमान्दार नेता पनि शिकार भएको उनी बताउँछन् ।
‘यसबीचमा केही हुँदै भएन भन्ने होइन, तर राम्रा उम्मेदवार पनि पार्टीका गलत क्रियाकलापको शिकार हुन पुगे । परम्परागत पार्टीभित्रबाट सुधार हुँदैन भन्ने अवस्थामा नागरिक पुगेको पछिल्ला चुनावले देखाएको छ,’ घिमिरे भन्छन्, ‘सोझै नेतृत्व छोडेर वा चाँडोचाँडो महाधिवेशन गरेर पार्टीमा आकर्षण र ऊर्जा पैदा गर्न नसके अब सिध्धिनुको विकल्प छैन ।’
हुन पनि उपनिर्वाचनको सन्देश र संकेत ठ्याक्कै गुरुले भनेजस्तै आएको छ । तनहुँमा प्रायः चुनाव जितेर यसपटक राष्ट्रपति भएका रामचन्द्र पौडेलको ठाउँमा पनि कांग्रेसका इमान्दार नेता गोविन्द भट्टराईले चुनाव जित्न सकेनन् ।
बरु कांग्रेसबाट टिकट नपाएपछि रास्वपाबाट उठेका अर्थशास्त्री स्वर्णिम वाग्लेलाई कांग्रेसले भोट हालेर जिताइदिए । अघिल्लोपटक पौडेललाई भोट हाल्ने ५ हजारले यसपटक भट्टराईको सट्टामा वाग्लेलाई मत दिनु दलप्रतिको आक्रोशको परिणाम हो भन्ने अन्दाज लगाउन सकिन्छ ।
पुराना नेताले छाड्दैमा आशा मारेका नागरिकलाई उत्साहित बनाउन नसक्ने बरु इमान्दार प्रयास गर्नुपर्ने अवस्था देखिएको छ ।
आफ्नै गल्ती र कमजोरीले रास्वपाका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद र गृहमन्त्री पद खारेज भएको थियो । साथै रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि २ करोड बुझाउनुपर्ने भन्दै २ करोड मागेको अडियो सार्वजनिक हुँदा पनि रास्वापाप्रति आकर्षण घटेन । बरु पुराना दलले फसाउन खोजेको भन्दै उनीहरूतिरै आक्रोश बढ्यो । बदलामा बलिया रहेका कांग्रेस एमालेको मत घट्यो । रवि लामिछाने पहिलेभन्दा पनि मत बढाएर जित्न पुगे ।
यसैले पनि घिमिरे पुरानाले छाड्नेमात्रै होइन नयाँ र युवा नेताले अब पार्टीमा विद्रोह गर्नुको विकल्प नभएको बताउँछन् ।
‘पुरानाप्रति मात्रै होइन पुराना दलका नयाँ र इमान्दार नेता छन् भने पनि चुनाव हार्नुपर्ने स्थिति बन्यो । यो नेता विशेषका कारण भएको होइन, लामो समय नेतृत्व लिनेले बिगार्दाको परिणाम हो,’ उनी भन्छन्, ‘यसैले पुरानालाई गाली गरेर अब यथास्थितिमा न कांग्रेस चल्छ, न अरू पार्टी चल्छन् । साँच्चै सुध्रिन र पार्टीलाई सुधार्न इमान्दार प्रयास नगर्ने हो भने झन् ठूलो पहिरो जानबाट अब कसैले रोक्न सक्दैन ।’
तर, गुरुले भनेजस्तो कांग्रेसमा केन्द्र, प्रदेश, जिल्लामा पकड भएका सभापति देउवाले सहजै बीचमा नेतृत्व छाड्ने र हस्तान्तरण गर्ने विषय परिकल्पना बाहिरको जस्तो देखिन्छ । किनकी १४ औं महाधिवेशनबाट जितेका देउवाले एक वर्षमात्रै गुजारेका छन् । अझै ४ वर्ष उनी सभापतिमा रहन सक्छन् । तर, नागरिक तहमा आशा जगाउने गरी उनी पार्टीमा नेतृत्व हस्तान्तरण गर्न तयार छन् न शक्ति र सामर्थ्यका लागि जेसुकै गर्ने प्रवृत्ति त्याग्न नै तयार छन् ।
‘अहिलेको सुधार नेतृत्व हस्तान्तरणले मात्रै हुँदैन । नेता परिवर्तन भएर मात्रै पनि हुँदैन । प्रवृत्ति देउवाको जस्तो हुने तर अनुहार मात्रै आएर केही सच्चिँदैन,’ राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल भन्छन्, ‘अबका दिन कांग्रेसका लागि मात्रै होइन अरू दलका लागि पनि कठिन छ, किनकी यी सबैका अहंकार, स्वभाव, आचारण सबै उस्तै फोहोरी छन् । विवेकहीन व्यवहार छ । यो तीन नभएपछि नागरिकसँग उनीहरू कहिल्यै जोडिँदैनन् । यसैले नागकरिकमा आक्रोश र बदलाको भावना आइरहन्छ ।’
केन्द्रदेखि वडासम्म बस्ने कांग्रेसका पदाधिकारीमा परिवर्तन आए पार्टी सच्चिने बाटोमा अघि बढ्ने उनी बताउँछन् । ‘राजनीति गर्ने कर्मचारीतन्त्र, पुलिसतन्त्र र सरुवा बढुवामा लाग्न हुँदैन । यसमा लागेर कमाउने र अवसर छोप्ने परिस्थिति भएपछि केही बदलिँदैन,’ दाहाल भन्छन्, ‘यसैले कांग्रेसका केन्द्रदेखि वडा तहसम्मका पदाधिकारी र नेताको स्वभाव परिवर्तन गर्ने, आचरण र व्यवहार परिवर्तन गर्ने हो भने पार्टी सच्चिने बाटोमा जान्छ ।’
नेताले व्यवहार बदलेपछि नागरिक र मतदाताले पनि पत्याउने तथा सरकारमा पुगेपछि नागरिकको सवालमा काम गर्न सकिने उनी बताउँछन् ।
‘नेताले व्यवहार फेर्ने छाँट देखायो भने नागरिक र मतदाताले पनि नेतालाई छनोट गर्ने हुन् । नभए प्रभावशाली छ, इमान्दार र लोकप्रिय छ भनेर अब उनीहरूले नकुर्ने देखियो,’ दाहाल भन्छन्, ‘वर्षौंसम्म सत्ता र शक्तिमा भएर काम नगरेपछि अर्कोले सपना, आशा र उत्साह बाँड्छ, चुनाव जित्छ ।’
गगन र विश्वको पनि केही नलागेको उपनिर्वाचन
कांग्रेसमा मात्रै होइन बाहिर पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा प्रभावशाली र चर्चित अनुहार हुन् । पार्टीभन्दा आफ्नै लोकप्रियताको बलमा यी नेताहरू स्थापित हुँदै आएका छन् । ठूलो टीमबाट महामन्त्री जितेका गगनलाई छाड्ने हो भने विश्वप्रकाश पनि कम हैनन् । उनले उल्लेख्य टीमविना महामन्त्री जित्न सफल भएका थिए ।
यी नेता लोकप्रिय छन्, पार्टीको पक्षमा प्रभावकारी माहोल सिर्जना गर्न सक्छन् भनेर कांग्रेसले उपनिर्वाचनमा यी दुई नेतालाई चितवन र तनहुँमा खटायो । तर, आफू खटेका ठाउँमा गएर एकाध भाषण गरेकै भरमा यी नेताले पनि चुनाव जिताउन सक्ने गरी उम्मेदवारलाई डोहोर्याउन सकेनन् ।
पुस्तान्तरणको बहस गर्दै आएका उनीहरूका निम्ति पनि अब चुनौती तेर्सिन थालेको छ । अर्को चुनावमा पहिलो दल बनेर प्रधानमन्त्री बन्ने उद्घोष रास्वपाका रवि लामिछानेले गरिसकेका छन् । तर कांग्रेसका लोकप्रिय अनुहार गगन र विश्वप्रकाशले अझै नेतृत्व पुस्तान्तरणको बहसमै रुमल्लिनुपरिरहेको छ । उनीहरू पार्टीमा हस्तक्षेप गरी दबाब बढाउन सक्ने हैसियतमा समेत पुग्न सकिरहेका छैनन् । यद्यपि पुरानो ढंगबाट चल्दैन भन्नेमा चाहिँ उनीहरू पुगेको देखिन्छ ।
जोखिमको बोध भएरै महामन्त्री थापाले अब कांग्रेस रूपान्तरणको ठोस खाका ल्याउनुको विकल्प नभएको प्रस्ट्याएका छन् ।
‘आमजनता र पार्टीका साथीहरूको गुनासो, सुझाव र खबरदारीले मलाई सदा झैँ ठूलो ऊर्जा, प्रेरणा र आत्मबल दिएको छ । आमअपेक्षा अनुरूप परिणाममुखी भूमिका निर्वाह गर्न कहीँ कतै म स्वयं पनि खरो उत्रन सकिनँ कि भनेर आत्मसमीक्षा र आत्मनिरीक्षण गरिरहेको छु,’ थापाले भनेका छन्, ‘यही क्रममा पार्टीका साथीहरू, समर्थक, शुभेच्छुक तथा बौद्धिक समुदायसँग परामर्श र आमनागरिक तहमा संवाद गरी छिट्टै नै एउटा दृढ संकल्पका साथ नेपाली कांग्रेस रूपान्तरणको ठोस नीति, योजना र कार्यक्रमसहितको स्पष्ट मार्गचित्र लिएर आउनेछौं । र, त्यो रुपान्तरण योजना सार्थक बनाउन जुनसुकै कठोर निर्णय लिन पनि तयार हुनैपर्छ भन्नेमा म प्रस्ट छु ।’
अब परिणाम र उत्साह जगाउने ठाउँमा पुग्ने पनि उनले बताएका छन् ।
‘पार्टी रूपान्तरण र सुदृढीकरणको यात्रा प्रारम्भ भइसकेको छ । हामीलाई न अल्मलिने छुट छ, न त समय नै,’ थापाले भनेका छन्, ‘यही समर्पित र संगठित प्रयत्नले परिणाम पनि उत्साहजनक बनाउने ठाउँमा हामी छिट्टै नै अवश्य पुग्नेछौं भन्ने मलाई दृढ विश्वास छ ।’
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...