×

NMB BANK
NIC ASIA

नक्कली भुटानी शरणार्थी प्रकरण

टोपबहादुरले सेल्टर लिएका घरबेटी भन्छन् : बच्चामा गुच्चा खेल्न सिकाउने दाइ हो, अचानक घरमा आइपुग्नु भयो

दिउँसो खाजा खाँदा एक बोतल बियर, प्रहरीले पक्राउ गरेपछि दाल, भात, तरकारी खाएर बिदाबारी !

जेठ १, २०८०

NTC
Premier Steels

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा बहालवाला प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी आइतबार राति पक्राउ परे । राजधानीको बूढानीलकण्ठ-पासिकोटस्थित नारायण पौडलको घरमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले रायमाझीलाई पक्राउ गरेको थियो । रायमाझी कहिले र कसरी त्यहाँ पुगे ? भन्नेलगायतका विषयमा सोमबार लोकान्तरकर्मी अजय अनुरागीले घरबेटी पौडेलसँग फोनमा कुराकानी गरेका छन् । प्रस्तुत छ, उनीसँगको कुराकानी सम्पादित अंश : 

Muktinath Bank

टोपबहादुर रायमाझीलाई मैले 'दाइ' भनेर सम्बोधन गर्छु । उहाँ शनिवार बेलुकी पौने ९ बजेतिर मेरो घर (बूढानीलकन्ठ)मा आउनुभयो । उहाँ मेरो गाउँले दाइ हो । अर्घाखाँचीमा हामीलाई बच्चामा गुच्चा खेल्न सिकाउनु भएको दाइ हो । उहाँ हाम्रो परिवारको अभिभावक जस्तै मान्छे हो । सन्धिखर्क नगरपालिकाको चप्रुङ गाउँमा दाइको घरसँगै हाम्रो घर छ । दाइ पहिलेदेखि नै मेरो घरमा आइरहनुहुन्थ्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार बेलुका अचानक पोखराबाट आइपुग्नु भयो । आएर उहाँले भोलि टेकुमा पुगेर गिरफ्तारी दिने बताउनु भएको थियो । आइसकेपछि म त आएँ भाइ भन्नु भयो । आफ्नै गाउँले दाइ, त्यसमाथि अभिभावक जस्तो मान्छे  आएपछि बस्न मिल्दैन भनेर अस्वीकार गर्ने कुरा पनि भएन ।


Advertisment
Nabil box
Kumari

उहाँ थकित देखिनुहुन्थ्यो । त्यसमाथि छोरा पनि गिरफ्तार भएको  थियो । पारिवारिक तनाव नै थियो । मैले विषयवस्तु पनि धेरै राख्न चाहिनँ । त्यसपछि उहाँ माथि एकान्तमा घरको एउटा कोठामा सुत्नु भयो । उहाँ उठ्नुभन्दा अगाडि नै आइतबार बिहान म सवा पाँच बजे आफ्नो क्याम्पस गएँ । चावाहेल- मित्रपार्कस्थित कैलाशकुट बहुमुखी क्याम्पसको प्रमुख हुँ ।

Vianet communication

कैलाशकुट सामुदायिक क्याम्पस हो, जहाँ मैले नेपाली विषयको अध्यापन गर्दै आएको छु ।  त्यसमा पनि अहिले प्लस टूको जाँच चलिरहेको थियो । त्यस कारण दिनभर परीक्षा सञ्चालनमा व्यस्त भइयो । काम सकेर घर फर्किन्छु भनेर हिँडेको थिएँ तर बिचमै राष्ट्रिय परीक्षा बोर्डको मिटिङमा जानु पर्ने भयो । बेलुकी सात साढे सात बजेतिर घर आएँ । घर आइपुग्दा दाइ पनि बसिराख्नु भएको रहेछ । फुर्सदमा बसेर कुराकानी गरिरहेकै बेला हावाहुरी चल्यो । तल, किचेन रुममा खाना पाकिरहेको थियो ।

एकैछिन पछि करिब सवा आठ बजेतिर  प्रहरीहरू मेरो घरमा झापझुप आउनु भयो । त्यसपछि मेरो म्याडम(श्रीमती)कृष्ण कुमारी पौडेलले गेट खोलिदिनु भयो । झन्डै २० जनाजति प्रहरीहरू आउनु भएको थियो । आएर के भयो र ! हामीलाई केही लिनु छैन, केही दिनु छैन । लुकाएर राख्ने कुरो भएन, होइन । त्यसपछि मैले माननीयज्यू माथि (टोपबहादुर बसिरहेको कोठा) हुनुहुन्छ  भनेर प्रहरीलाई जानकारी गराइदिएँ । मैले नै उहाँहरूलाई माथि लैजान सहयोग गरेँ । भेटपछि उहाँहरूले माननीयज्यू नमस्कार भन्नु भयो । ल अब जानु पर्ने भयो भनेर उहाँहरूले भन्नु भयो । त्यसपछि दाइले पनि झापझुप कपडा लगाउनु भयो । त्यसपछि मैले नै प्रहरीलाई खाना खान दिन रिक्वेस्ट गरेँ । उहाँले थोरै दाल, भात, तरकारी खानु भयो ।

null

त्यसअघि दिउँसो तीन/चार बजेतिर उहाँले खाजा खानु भएको रहेछ । उहाँबारे अरू कुरा थाहा छैन । उहाँ मेरो गाउँले दाइ भएर मैले आश्रय दिएको हो । त्यो दिन दिउँसो किन गिरफ्तारी दिनु भएन त्यो कुरा सोध्न पाइएन ।

मैले आफ्नो पत्नीसँग बुझ्दा दिउँसो खाजा खाँदा एक बोतल टुबोर्ग बियर खानु भएको थियो । जुन मेरो म्याडमले नै किनेर ल्याइदिनुभएको हो । खाजामा भने चिकेन खानु भएको थियो । उहाँबारे मेरो श्रीमतीले पनि खासै कुरा सोधिखोजी गर्नुभएनछ । उहाँलाई चिया, खाना, पानी आदि दिने कुरा मात्र मेरो म्याडमको सरोकारको विषय थियो ।

टोपबहादुर दाइ मेरो घर आउँदा मलाई कुनै सम्पर्क गर्नु भएको थिएन । मेरो घर थाहा थियो र त अकस्मात् आइहाल्नु भयो । पोखराबाट आएको भने पनि गाडीमा आउनु भयो वा केमा कसरी आउनु भयो त्यो कुरा उहाँले भन्नु भएन । मलाई लाग्छ कसैको  गाडीमै आउनु भएको होला । मोटरसाइकलमा त्यति टाढाबाट आउनु भएको होला जस्तो मलाई लागेन ।

उहाँ मेरो घरमा आउँदा ब्यागमा एक जोर जुत्ता र एक जोर लुगा मात्र लिएर आउनु भएको थियो । मोबाइल एउटा थियो तर त्यस मोबाइलमा सिमकार्ड भने थिएन । म काठमाडौँ आएको २५ वर्ष भयो । गाउँमा चुनाव हुँदा पनि हामीले सहयोग गरेर जिताएर आउने गरेका थियौँ ।

उहाँ हाम्रो अभिभावक नै हो । म अहिले न एमाले न माओवादी हो । म क्याम्पस पढाउने लेक्चरर भएकाले कुनै पार्टीमा छैन ।

उहाँसँग नराम्रो सम्बन्ध छैन । राम्रो भन्दा पनि असाध्य हितैषी भएर काम गरेको हो । तर, अहिले मलाई आफ्नै काम र व्यवसायबाट फुर्सद हुँदैन ।

मेरो गौशालामा रामेश्वरम होटल एन्ड लज पनि छ । स्वयम्भूमा रहेको च्वाइस होटेलको साझेदारीबाट केही महिना अघि मात्र अलग भएको छु । त्यसअघि म राष्ट्रिय खेलकुद परिषदको सदस्य पनि भइसकेको हो । त्यसैगरी काठमाडौँ महानगरपालिकाको पीपीपी (पब्लिक प्राइभेट पार्टनरसिप) बोर्ड मेम्बर भएर पनि काम गरेको छु । नेपाल पब्लिक क्याम्पसको पूर्वउपमहासचिव तथा अहिले केन्द्रीय सदस्य र कार्य सम्पादन समितिमा पनि छु ।    

काठमाडौँको बूढानीलकन्ठको पासिकोटमा मेरो चार आना जग्गामा साढे तीन तले घर छ । २०६९ सालमा त्यो घर बनाएको हो ।

अहिलेको आइजीपी बसन्त कुँवर नै पनि मेरो पनि साथी हुनुहुन्छ । उहाँसँग कक्षा ४ देखि कक्षा ६ सम्म सँगै पढेको हो । दाइले पनि उहाँलाई फोन गर्नुभएको रहेछ । टोपबहादुर दाइ अर्घाखाँचीबाट बुटवलतर्फ लाग्दा आइजीपीसा'ब सँग कुरा भएको रहेछ । के छ कसो छ भन्दा आइदिनुस्, सामान्य केस हो, हाजिर भइदिनुस् भनेर आइजी सा'बले भन्नु भएको मैले सुनेको छु  ।

किन फरार हुनु भयो ? किन लुकेर बस्नु भयो ? भन्ने सम्बन्धमा मैले कुनै कुरा सोधेको छैन । मिलाएर जाने, गिरफ्तारी दिने भन्ने कुरा उहाँले सोच्नु भएको थियो । उहाँ आफ्नो भन्दा पनि छोरालाई लिएर बढी चिन्तामा हुनुहुन्थ्यो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x