×

NMB BANK
NIC ASIA

रेशम चौधरी रिहाइको प्रयास

माफीका लागि रेशमसहित २२ फाइल राष्ट्रपति कार्यालयमा, प्रचण्ड थैब हत्याका दोषी समेत समावेश

जेठ ११, २०८०

NTC
Premier Steels

टीकापुर घटनामा जन्मकैदको सजाय पाएका पूर्वसांसद रेशमलाल चौधरीसहित २२ जनाको कैद माफी मिनाहा गर्ने प्रस्तावसहितको फाइल राष्ट्रपति कार्यालयमा पुगेको छ ।

Muktinath Bank

कैद माफी मिनाहाका लागि २२ वटा फाइल बुधवार प्राप्त भएको राष्ट्रपति कार्यालय स्रोतले लोकान्तरलाई  जानकारी दियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रेशम चौधरीको कैद माफी मिनाहा गरी रिहा गर्ने तयारी भएको समाचारलोकान्तर डट्कमले नै खुलासा गरेको थियो ।


Advertisment
Nabil box
Kumari

'गृह मन्त्रालयमार्फत रेशम चौधरीसहितलाई माफी मिनाहाका लागि २२ वटा फाइल आइपुगेको हो,' राष्ट्रपति कार्यालय स्रोतले लोकान्तरसँग भन्यो, 'राष्ट्रपतिले माफी गर्ने निर्णय गरेपछि मन्त्रिपरिषद्बाट निर्णय भएर सिफारिश आउँछ ।'

Vianet communication

बुधबार फाइल आए पनि बिहीवार सार्वजनिक बिदा परेकाले शुक्रवार मात्र त्यस विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले निर्णय गर्न सक्ने स्रोतले बतायो ।

राष्ट्रपति कार्यालयमा माफी मिनाहाका लागि पुगेकामध्ये एमालेनिकट युवा संघ नेपाल रुपन्देहीका सदस्य प्रचण्ड थैवको हत्यामा दोषी ठहर भएका हरिनारायण पन्तको फाइल पनि एक हो ।

त्यसैगरी चोरीडाँका मुद्दामा कसुदार ठहर भएका टोपबहादुर बुढाको फाइल पनि राष्ट्रपति कार्यालयमा पुगेको छ ।

यसका अलावा तराईका विभिन्न जिल्लाका कर्तव्य ज्यान, अंगभंग, ज्यान मार्ने उद्योगसहित मुद्दाका दोषीलाई माफी दिने गरी फाइल अगाडि बढाइएको छ ।

जेठ १५ गते गणतन्त्र दिवसका दिन ती कैदीहरूको सजाय राष्ट्रपतिमार्फत माफी मिनाहा गराउने सरकारको तयारी छ ।

नेपालको संविधानको धारा २७६ मा 'राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानूनबमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्ने,' उल्लेख छ ।

त्यसैगरी फौजदारी कार्यविधि संहिताको दफा १५९ मा सजाय माफी दिन सकिने प्रावधानको व्यवस्था गरिएको छ ।

१५९ (१)मा 'अदालतको फैसलाबमोजिम ठेकिएको सजाय पाएको व्यक्तिले सो सजाय माफी पाउन, त्यसलाई मुल्तबी राख्न, परिवर्तन गर्न वा कम गर्न गृह मन्त्रलायमार्फत राष्ट्रपतिसमक्ष निवेदन दिन सक्नेछ,' भनिएको छ ।

सोही दफाको उपदफा (२) मा 'उपदफा (१)बमोजिम निवेदन दिँदा जुन अदालतको फैसलाबाट निवेदकले सजाय पाएको हो सो अदालतको फैसलाको प्रतिलिपि संलग्न गर्नुपर्नेछ,' भनिएको छ ।

स्मरणयोग्य कुरा, रेशम चौधरीको मुद्दामा सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ अहिलेसम्म आएको छैन ।

फौजदारी संहिताको दफा १५९ (३) मा 'उपदफा (१) बमोजिमको निवेदन आवश्यक कारबाहीको लागि राष्ट्रपतिले गृह मन्त्रालयमा पठाएमा सो मन्त्रालयले देहायका कुराहरू विचार गरी निजलाई भएको सजाय माफी गर्ने, मुल्तबी राख्ने, परिवर्तन गर्ने वा कम गर्ने सम्बन्धमा निर्णयको लागि नेपाल सरकारसमक्ष पेश गर्न सक्नेछ' भनी उल्लेख गरिएको छ ।

त्यसका लागि कसूरको प्रकृति र कसूर गर्दाको अवस्था, कसूरदारको उमेर तथा शारीरिक अवस्था, कसूरदारलाई तोकिएको सजायको हद, कसूरदारले सो सजाय पाउनुअघि कुनै कसूर गरी कैदको सजाय पाएको वा नपाएको वा पाएको, पाएको भए त्यस्तो कसूरको प्रकृति र निजले भोगेको सजाय, कसूरदार थुनामा रहेको वा नरहेको आधार हेर्नु पर्ने उक्त ऐनमा लेखिएको छ ।

सोही दफाको उपदफा (४) मा भने 'उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भएता पनि देहायका कसूरदारलाई भएको सजाय माफी गर्ने, मुल्तबी गर्ने, परिवर्तन गर्ने वा कम गर्ने कारवाही गर्न सकिने छैन' भनेर उल्लेख गरिएको छ ।

भ्रष्टाचार, यातना, जबरजस्तीकरणी, क्रूर तथा अमानवीय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेको, जाति हत्या, विस्फोटक पदार्थ, अपहरण, शरीर बन्धक वा व्यक्ति बेपत्ता, मानव बेचबिखन तथा ओसारपसार, सम्पत्ति शुद्धीकरण र तीन वर्षभन्दा बढी कैद सजाय हुने लागू औषधको ओसारपसार वा कारोबारसहित १० वटा मुद्दामा राष्ट्रपतिले पनि केही गर्न नसक्ने उल्लेख गरिएको छ ।

सोही कारण पनि निर्णय लिनुअघि राष्ट्रपतिले कानूनी कुराहरू विचार गर्ने राष्ट्रपति कार्यालय स्रोत बताउँछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x