×

NIC ASIA

र्‍याप स्टारको अन्तिम प्रतिस्पर्धा असार २ गते हुने

काठमाडाैं | जेठ ३०, २०८०

Prabhu Bank
NTC
Premier Steels

र्‍याप गीतमा आधारित रियालिटी सो ‘र्‍याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार २ गते हुने भएको छ ।

Muktinath Bank

सोमवार काठमाडौंमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था ग्रीन मन्की फिल्मस् प्रालिले यस्तो जानकारी गराएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिपहप र ‘र्‍याप गीत संगीतको प्रवद्र्धन र प्रमोशन गर्न यो रियालिटी शोको आयोजना गरिएको निर्देशक आदित्यविक्रम अछामीले बताए । ‘हामीले हिपहप र ‘र्‍याप गीतसंगीतको प्रवद्र्धन र प्रमोशन गर्न यो रियालिटी शो को आयोजना गरेका छौं । पहिलो शोबाटै हामी धेरै उत्साहित भएका छौं,’ निर्देशक अछामीले भने ।


Advertisment
Nabil box
Kumari

अन्तिम प्रतिस्पर्धामा अनुप उप्रेती (अनुप्रास), अरुण शाही, आयुस राई (यमप्वाइन्ट), विवेक घोरासैनी (बिजी), साजन लामा (निम्बुजोडा) र सफल विष्ट (बिसेफ) पुगेका छन् । उनीहरूमध्ये असार २ गते हुने अन्तिम प्रतिस्पर्धामा १ जना विजेता छानिने प्रतियोगिताका कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेतीले जानकारी गराए ।

Vianet communication

प्रतियोगिता नयाँ पुस्ताहरूमा लोकप्रिय रहेकाले आयोजक टोली उत्साहित हुँदै कार्यक्रमको सिजन २ छिट्टै आउने ग्रीन मन्की फिल्मस् प्रालिका सीईओ सुरेश कुसवारले बताए । कार्यक्रमले नयाँ प्रतिभालाई प्लेट्फर्म दिँदा नयाँ–नयाँ प्रतिभाले पनि अवसर पाएको कार्यक्रमका क्रिएटिभ हेड अबिरल विष्टको भनाइ थियो ।

कार्यक्रमका अर्का निर्माता विनोद पोख्रेलका अनुसार प्रतियोगितामा भोटिङको आधारमा विजेता घोषणा गरिने छ ।

प्रतियोगिताको भोटिङ पार्टनरमा ओएसआर डिजिटल, टिकट पाटनरमा माइपे र फोटोग्राफी पाटनरमा फोटो फेशन स्टुडियो रहेका छन् । करीब ४ महिना चलेको कार्यक्रमलाई बीबी एयरबेजले मुख्य प्रायोजन गरेको छ भने स्पेश फोरके टीभीमा नियमित प्रसारण हुँदै आएको छ । 

प्रतियोगितालाई ओएसआर रियालिटीबाट डिजिटल प्लेटर्फमा देख्न सकिन्छ । प्रतियोगिताको निर्णायकमा गिरिश खतिवडा, मिस्टर डी (सन्दीप विष्ट), एजे (अभिजीत भण्डारे) रहेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x