×

NMB BANK
NIC ASIA

कला

दीया पुन : बेलायतमा ‘नर्स’ बनेर नेपालमा अभिनेत्री

यसपटक प्रहरीको भूमिकामा देखिएकी दीयालाई एक्सन फिल्म खेल्ने रहर

काठमाडाैं | असार २, २०८०

NTC
Premier Steels

बेलायतमा नर्सिङ पेशामा आबद्ध दीया पुनले ‘वीर विक्रम’बाट नेपाली फिल्ममा पाइला चालिन् । पहिलो फिल्म नै हिट भइदियो ।​

Muktinath Bank

त्यसयता उनका फिल्म ‘मिष्टर झोले’, ‘ह्याप्पी डेज’ र ‘मन्त्र’ रिलिज भइसकेका छन् । ‘अन्तिम संस्कार’ फिल्म आगामी शुक्रवारबाट प्रदर्शनमा आउँदैछ भने ‘दयारानी’ पनि प्रदर्शन हुन बाँकी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यतिबेला दीया नेपालमा रहेर ‘अन्तिम संस्कार’ फिल्मको प्रचारप्रसारमा खटिएकी छन् । 


Advertisment
Nabil box
Kumari

यो फिल्ममा उनी विगतमा भन्दा फरक भूमिकामा देखिएकी छन् । ‘पहिलेदेखि गाउँले रोलमा देखिरहनुभएका दर्शकले यसपटक मलाई डीएसपी (प्रहरी)को रोलमा देख्नुहुनेछ,’ उनले भनिन्, ‘नयाँ र फरक रोल भएका कारणले दर्शकले स्वीर्कानुहुन्छ कि हुँदैन भन्नेमा अलिकति डर छ ।’

Vianet communication

फिल्मका लागि सिंगो टीमले निकै मेहनत गरेका कारण पनि आउँदै गरेको प्रदर्शनलाई लिएर आफू यतिबेला नर्भस रहेको उनले बताइन् । ‘अन्तिम संस्कार’ प्रदीप शाही लिखित एवं निर्देशित फिल्म हो । 

निर्देशकको काम गर्ने तरिकाले काम राम्रो र सहज भएको पनि अभिनेत्री दीयाले सुनाइन् । ‘म बाहिर बस्ने, निर्देशकजी पनि बाहिर हुनुहुन्थ्यो । यद्यपि उहाँले हरेक कलाकारलाई समय दिनुहुन्थ्यो । जूममार्फत हाम्रो वर्कशप हुन्थ्यो । क्यारेक्टरका बारेमा कुरा हुन्थ्यो । क्यारेक्टर कसरी निभाउने भनेर प्राक्टिस गथ्र्यौं,’ दीयाले सम्झिइन्, ‘पछि नेपालमा आएर फिजिकल वर्कशप पनि गर्‍यौं । जब हामी सुटिङमा गयौं, एक्सन भन्नेबित्तिकै वान टेकमा ओके भयो । यसरी काम भएको मेरो पहिलो अनुभव थियो ।’ 

उसो त पछिल्लो समय प्रायः फिल्मको वर्कशप हुने गर्छ । दीयाले यसअघिका फिल्ममा पनि वर्कशपको अनुभव संगालेकी छन् ।

यद्यपि सुटिङ सेटमा गएपछि केही कारणले लोकेसन परिवर्तन हुने, टेक्निकल कारणले भनेजस्तो तरिकाले सुटिङ नहुने जस्ता समस्याहरू पनि फिल्ममा हुने गर्छ । 

त्यसरी धेरै समय यत्तिकै खेर फाल्नुपरेको अनुभव उनी स्वयंले पनि यसअघि संगालेकी थिइन् । ‘यसपटक मौसमका कारणभन्दा अरुले असर भएन । तय गरिएको सेड्यूलभन्दा छिटो सुटिङ सकेका थियौं,’ उनले सुनाइन्, ‘दुःख पनि धेरै गर्‍यौं । दिनमा १८ घण्टासम्म काम गरेका थियौं ।’

null

यो फिल्ममा दीयासँगै विजय लामा, त्रिचु राई, रेश्मा घिमिरे लगायतको अभिनय छ । मनोवैज्ञानिक थ्रिलर जनरामा फिल्म बनेको हो । आधा दर्जन नेपाली फिल्ममा अभिनय गरिसकेकी दीयालाई फिल्ममा आउने सोच भने थिएन ।

नेपालको म्याग्दी पुर्ख्यौली थलो रहे पनि उनी हङकङमा जन्मिएकी हुन् । बुवा ब्रिटिस आर्मीमा थिए, सोहीकारण उनको बाल्यकाल कहिले कहाँ त कहिले कहाँ बित्यो ।

२ वर्षको उमेरमा नेपाल आएकी उनी केही वर्ष बु्रनाई गएर पनि बसिन् । फेरि नेपाल आइन् र सन् २००० मा बेलायत गइन् । त्यही पढिन्, नर्सिङ पेशा अंगाल्दै त्यही करिअर शुरू गरिन् । 

उनलाई म्युजिक भिडियो, मोडलिङ, फेसनतिर चाहिँ पहिलेदेखि रुचि थियो । ममीमार्फत दीयाको भेट निर्देशक मिलन चाम्ससँग भयो, जतिबेला उनी नयाँ प्रोजेक्टको तयारीमा थिए ।

उनले दीयालाई फिल्ममा आउन हौसला दिए । २ लाइन बोल्न दिए, जुन क्यामेरा अगाडि बोल्नुपर्ने थियो । दीया निर्धक्क बोलिन् । दयाहाङ राईसँग जोडी बाँध्दै ‘वीर विक्रम’मा अभिनय गरिन्, फिल्म रुचाइयो ।

nullअहिले दीया फिल्म क्षेत्रमा आएको ७–८ वर्ष भइसकेको छ । बेलायतमा नर्सिङ पेशामा सक्रिय हुने उनी फिल्मका लागि समय मिलाएर नेपाल आउने जाने गर्छिन् । 

दीयालाई यसअघि निर्वाह गरेकोजस्तै भूमिकामा अफरहरू धेरै आउने गर्छन् । उनी भने सकेसम्म फरक खालको भूमिका निर्वाह गर्न चाहन्छिन् । अब उनलाई एक्सन फिल्म खेल्ने इच्छा छ । ‘एक्सनमा फिमेल लिडमा रहेको फिल्म नआएको धेरै भयो,’ उनले भनिन्, ‘मलाई त्यसप्रकारको भूमिका गर्न मन छ ।’

एक्सन फिल्म खेल्न सक्ने विश्वास पनि आफूमा रहेको उनले बताइन् । 

यसबाहेक ‘नेगेटिभ रोल’मा पनि अभिनय गर्ने इच्छा रहेको दीया बताउँछिन् । अहिलेसम्म फिमेल कलाकार भिलेनको रोलमा कमै देखिएकाले पनि आफूलाई त्यो इच्छा रहेको बताइन् । 

nullयी अभिनेत्रीले गत वर्ष सर्वोच्च शिखर सगरमाथा आरोहण गरिन् । ट्रेकिङमा रुचि राख्दै आएकी उनको कीर्तिमानी हिमाल आरोही निर्मल पूर्जासँग पहिल्यैदेखि चिनजान थियो । उनकै हौसलामा सगरमाथा आरोहणको योजना बनाएकी थिइन् ।

शुरूआतमा अर्जेन्टिनाको ओकनकागुवा हिमाल आरोहणमा सफल भइन् । ‘त्यसपछि त्योभन्दा उचाइको चढ्छु भन्ने आँट आयो । मनास्लु हिमाल चढें,’ उनले उत्साहित भावमा भनिन्, ‘अनि सफलतापूर्वक सगरमाथा आरोहण गरें ।’

nullसगरमाथा चढ्दा जति दुःख भएको थियो, अहिले सम्झँदा भने रमाइलो महसूस हुने उनले बताइन् ।

सातै महादेशका हिमाल चढ्ने योजना उनको छ । आउँदो अगष्टमा अफ्रिकाको माउन्ट किलिमन्जारोमा जाने तयारी रहेको समेत उनले जानकारी दिइन् । 

nullनर्स, अभिनेत्री हुँदै पछिल्लो समय हिमाल आरोहीको परिचय थपेकी दीयाले आफू रिलेसनमा रहेको कुरा समेत खुलाइन् ।

कुराकानीको विट मार्ने क्रममा विवाह गर्ने योजनाबारे सोधिएको प्रश्नको जवाफमा भनिन्, ‘ठ्याक्कै कहिले गर्ने योजना चाहिँ बनिसकेको छैन । मेरो बजै बित्नुभएका कारण १ वर्ष चाहिँ गर्नु हुँदैन । त्यसपछि हेरौं, लेखेको छ भने २ वर्षभित्रमा हुन्छ होला ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x