×

NMB BANK
NIC ASIA

‘परस्त्री’ फिल्मले आफ्नो करियर परिवर्तन गर्ने शिल्पाको अपेक्षा

काठमाडाैं | असार १३, २०८०

NTC
Premier Steels

अभिनेत्री शिल्पा मास्केले ‘परस्त्री’ फिल्मले आफ्नो करियर नै परिवर्तन गर्ने अपेक्षा व्यक्त गरेकी छिन् । दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अवसर पाएको खण्डमा आफू बलिउड फिल्ममा समेत काम गर्न तयार रहेको बताइन् । 

Muktinath Bank

सुरज पाण्डेको निर्देशनमा तयार फिल्म ‘परस्त्री’ आगामी शुक्रवारबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्मको हिन्दी भर्सन भारतमा मात्रै र नेपाली भर्सन नेपालमा प्रदर्शन हुने निर्माण टिमले जानकारी दिएको छ । 


Advertisment
Nabil box
Kumari

यो फिल्म शिल्पाले दिएको बोल्ड सिनका कारण पनि यतिबेला चर्चामा छ ।

Vianet communication

निर्माण टिम नेपालको प्रचारप्रसार सकेर केही दिन भारतका विभिन्न सहरमा पुगेर फिल्मको प्रचारप्रसार गरेको थियो । सोही क्रममा दिल्लीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै शिल्पाले फिल्मलाई लिएर आफूमा ठूलो अपेक्षा रहेको बताएकी हुन् । 

निर्देशक पाण्डेले फिल्म हेर्न नेपालमा मात्रै नभइ भारतमा पनि दर्शक उत्साहित रहेको प्रतिक्रिया मिलेको बताए । उनले ‘परस्त्री’को कथा युनिभर्सल भएको दाबी समेत गरेका छन् । 

यस्तो कथामा अहिलेसम्म नेपालमा फिल्म नै निर्माण नभएको भन्दै फिल्मको प्रिजेन्टेसन भने नेपाली दर्शकको स्वाद अनुसार निर्माण गरेकाले केही फरक लाग्न सक्ने निर्देशक पाण्डेले बताए । 

अभिनेता गौरव विष्टले ‘परस्त्री’ जस्तो फिल्ममा काम गर्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको बताए । उनले भारतीय दर्शकलाई नेपाली फिल्मलाई पनि बलिउड फिल्म जत्तिकै माया गरिदिन आग्रह गरे । यस्तै निर्माता शर्मिला पाण्डेले ‘परस्त्री’लाई भारतीय दर्शकले मन पराएको खण्डमा अर्को फिल्म पनि हिन्दी भर्सनमा निर्माण गर्ने बताइन् । 

दीपेन्द्र के. खनालको लेखन रहेको फिल्म विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको हो । 

फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपाने लगायतको अभिनय छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x