×

NMB BANK
NIC ASIA

सरकारी अस्पतालका फार्मेसीमा पाइँदैनन् औषधि, निःशुल्क भनिएका पनि किन्नुपर्ने बाध्यता

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, २५ भदौ– काठमाडौं किर्तिपुरकी पुनम पोखरेललाई छाला चिलाउने समस्या भएपछि वीर अस्पतालमा चेकजाच गराउन आइन् । जचाँएपछि छाला रोग विशेषज्ञले विभिन्न ३ किसिमका औषधि लेखिदिएका थिए । वीर अस्पताल भित्र रहेको अस्पतालको फार्मेसीमा उनले औषधि किन्न खोजिन तर पाइनन् ।

डाक्टरले तीन किसिमको औषधि लेखिदिएको भएपनि अस्पतालको फार्मेसीमा एउटा मात्रै पाएको पोखरेलले बताइन् । ‘अस्पतालको फार्मेसीमा औषधि पाइएनन्, बाहिर गएर किन्नु भनेर पठाए’ उनले लोकान्तरसँग भनिन् ।
अस्पतालको फार्मेसी परिसरमा दुई दम्पत्ति हातमा कागजपत्र लिएर अलमल पर्दै थिए । गोरखाबाट पत्नीको उपचारको लागि वीर अस्पतालमा आएका चन्द्र गुप्ताले अस्पतालको औषधि पसलमा खोजेको कुनैपनि औषधि नपाएको बताए । ‘डाक्टरले दिएको औषधि लिन आएको पाइएन, आज पनि बाहिरैबाट लानुपर्ने भयो’ उनले लाकान्तरसँग भने ।

गुप्ताले यसअघि पनि अस्पतालको फार्मेसीमा औषधि नपाएर बाहिरै बाट किनेको बताए । ‘डाक्टरले भनेको औषधि यहाँ पाइदै पाइदैन । यहाँ अलि सस्तोमा पाहिन्छ कि भनेर आयो, औषधि छैन बाहिर किन्नुस् भनेर पठाउँछन् । अस्पतालमै औषधि पाइदिए अन्त धाउन र ठगिन पर्दैन थियो’ उनले गुनासो गरे ।

बालाजुका अशोक नगरकोटी पनि आफ्नी आमालाई डाइलासिस गराउन नियमित रुपमा वीर अस्पताल आइरहन्छन् । उनले पनि आमालाई चाहिने सबै औषधि अस्पताल बाहिरको फार्मेसीबाटै किन्ने गरेको बताए ।

यि तीन जना त प्रतिनिधि पात्र मात्रै हुन् । वीर अस्पतालमा आउने सबै विरामीहरुले अस्पातलको फारर्मेसीमा अत्याबस्यक औषधि पाउदैनन् । बिरामी लिएर आएकाहरु मानसिक रुपले पनि तनावमा रहेका हुन्छन् । औषधि नपाउदा कतिपयले त औषधि व्यपारमा बसेका फर्मासिष्टहरुलाई गाली गरेर जान्छन् ।

वीर अस्पतालकै फार्मेसीमा कार्यरत एक फर्मासिष्टले सुनाइन्, ‘यहाँ सबै रोगको प्रयाप्त औषधि नै छैन । औषधि लिन आउँनेहरुलाई रित्तै फर्काउनु पर्छ । औषधि दिनुस्न भन्छन्, बाहिर गएर किन्नुस् यहाँ छैन भनेर पठाउँछौं ।’
फार्मेसीमा औषधि नहुँदा बिरामीलाई बाहिरको पठाउनु पर्ने आफुहरुको बाध्यता रहेको उनीहरु बताउँछन् । ‘हाम्रो काम त भएको औषधि बेच्ने मात्रै हो । अरुकुरा त अस्पताल प्रसाशनले गर्नुपर्ने हो । यहाँ यस्तै छ’ उनले भनिन्।
वीर अस्पतालमा सिटामोट पनि किन्नुपर्छ !

राष्ट्रिय स्वास्थ्य नीति २०७१ मा सरकारी अस्पताल आफैले संचालन गर्नुपर्ने र त्यहाँ ७० प्रकारको औषधि निशुल्क हुनुपर्ने व्यवस्था छ । तर मुलुककै जेठो काठमाडौंको वीर अस्पतालमा सरकारले निशुल्क भनेको ७० प्रकारका औषधि समेत किन्नुपर्ने बाध्यता छ । विरामीहरुले सरकारी अस्पताल भित्रैबाट सिटामोल पनि किनेर खाने गरेका छन् ।

राजधानीका सरकारी अस्पतालमा रहेको फार्मेसी नाम मात्रैको छ । अस्पतालको फार्मेसीमा औषधिहरुमा छुट र सहुलिय हुने भएपनि औषधि नै नहुदा विरामीहरु निजी फार्मेसीमा महंगोमा औषधि किन्नुपर्ने बाध्यता छन् ।
वीर अस्पताको आकस्मिक सेवामा आउने विरामीहरु स्लाइन पानी र ड्रेसीङका सामाग्री समेत अस्पताल बाहिरको पसलबाट किन्नुपर्ने बाध्यता रहेको वीर अस्पतामै कार्यरत एक कर्मचारीले लोकान्तरलाई बताए ।

‘अस्पतालको फार्मेसी त नाम मात्रैको हो । यहाँ आकस्मिक सेवा लिन आउँनेहरुले स्लाइन पानी पनि बाहिरबाट किन्छन् । यो अस्पताल प्रसाशनको कमजोरी हो । अस्पतालको फार्मेसीमा औषधि भए त विरामीहरुलाई सास्ती हुदैन थियो’ उनले भने ।

वीर अस्पतालको बाहिर पट्टि १० भन्दा बढी नीजि औषधि पसलहरु संचालनमा छन् । वीर अस्पतालको फार्मेसीमा औषधि नपाए पछि विरामीहरु त्यही औषधि किन्ने गछन् ।

वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले पनि अस्पातको फार्मेसीमा प्रयाप्त औषधि नहुदाँ विरामीलाई औषधि उपलब्ध गराउन नसकेको स्वीकार गरे । ‘हाम्रो अस्पतालमा १६ प्रकारको सेवा छ । यहाँ कार्य गर्ने २ सय भन्दा बढि डाक्टरले सिफारीस गरेको औषधि राख्न सक्ने अवस्था नै छैन’ उनले लोकान्तरसँग भने, ‘बजारमा एउटै रोगको पनि धेरै किसिमका औषधिहरु हुन्छन् । हामी सबै राख्न मिल्दैन । टेन्डर निकालेर जुन सस्तो छ त्यहि मात्र राख्ने हो ।’

केन्द्रीय अस्पतालमा ७० प्रकारका औषधि राख्ने व्यवस्था नभएको भन्दै उनले वीरमा आउने विरामीले सिटामोट पनि किनेरै खानुपर्ने बताए । वीर अस्पतालमा आउँने विरामीको मात्रै हैन् । काठमाडौंको अधिकांश सरकारी अस्पतालको फार्मेसीमा विरामीको लागि चाहिने सबै प्रकारका औषधि पाइदैन ।

राजधानीका ठूला अस्पतालहरु त्रि.वि. शिक्षण अस्पताल (टिचिङ), नयाँ बानेश्वरको सिभिल अस्पताल, थापाथलीको पाटन, ललितपुरको पाटन अस्पतालको फार्मेसीमा पनि विरामीलाई चाहिने सबै औषधि पाउन मुस्किल छ । सबै सरकारी अस्पतालका फार्मेसी नाम मात्रैको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x