×

NMB BANK
NIC ASIA

युवा पुस्तामा मात्र नभई पछिल्लो समय नेपालमा सबै पुस्तामा कफी पिउने संस्कृति दिनानुदिन बढ्दो छ । दूध चिया भन्ने बित्तिकै हुरुक्क हुने हामी नेपाली कफीको संस्कृतिसँगै बिस्तारै विस्थापित हुँदै गएको छ । 

Muktinath Bank

शहरका कुना–कुनामा कफीशप खुलेका छन् । दूध चियाबाट अलि हुनेखानेले नेसकफी पिउँथे कुनै जमानामा ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर अब नेसकफी पनि विस्थापित हुँदै गएको छ । कारण – दाना कफीको आयात र मशिनबाट निस्किने कफीको लत अब धेरैमा परिसकेको छ । चिया गफ अब शहरीयाहरूको कफी गफमा बढुवा भएको प्रस्ट छ । थरिथरिका कफीका मशिन भित्र्याएर कफीशप खुलेका छन् । 


Advertisment
Nabil box
Kumari

चिया दुनोट र चिया सेल या चिया मालपुवा खाने समयले अब कफीको चुस्कीसँग अरु नै परिकार भेटिन्छन् । क्रोसन्ट खाने कि चिज केक खाने कि मफिन खाने कि सिनामन रोल खाने कि फ्रुट केक खाने कि स्वीस रोल खाने ? जे खाए तापनि कफीशपमा उपलब्ध हुन्छ ।

Vianet communication

कफीका भेराइटी त झन् कति हुन कति ! साथी, इष्टमित्र जोसँग जमघट हुँदा पनि कफीको चुस्कीमा गफिनुको मज्जा नै छुट्टै हुन्छ । जिम, क्लब, स्वीमिङ पुल, पार्लर, कम्प्लेस, कलेज, फिल्म हल, कर्पोरेट अफिज जता पनि कफीशप देख्न सकिन्छ ।

नेपालमा कफी खेती कति ?

नेपालमा कफी खेती विक्रम संवत् १९९५ सालमा शुरू भए तापनि विभिन्न उतारचढाव पार गर्दै मध्यपहाडी ४० जिल्लामा यसको खेती पहिचान गरी उत्पादन गरिएको छ । जम्माजम्मी २३ जिल्लामा मात्र यसले व्यावसायिक मोड लिएको छ । नेपालको बजारमा दाना कफीको मागलाई पूर्ति गर्न स्थानीय उत्पादनले धान्नै नसकेका कारण विदेशबाट प्रत्येक वर्ष करोडौंको कफी आयात हुन्छ । यदि स्वदेशी उत्पादन बढाउन सकेमा आयात प्रतिस्थापन मात्र नभई विदेशी मुद्रा समेत पर्याप्त आर्जन गर्न सकिन्छ ।

देशको माग र विश्व बजारको मागलाई ध्यानमा राखेर उत्पादन र गुणस्तर वृद्धि गर्न सकेमा कफीको व्यावसायिक खेती गर्नेको भविष्य उज्ज्वल देखिएको छ ।

नेपाली कफीको माग विश्व बजारमा अत्यन्त राम्रो छ तर स्वदेशको बजारमा नै पर्याप्त नहुँदा महंगो पैसा आर्जन गर्न चुकेको अवस्था देखिएको छ । नगदे बालीको रूपमा चिनिएको कफी खेतीका लागि सरकारी र गैरसरकारी संघसंस्थाहरू यसको उत्पादन बढाउन र गुणस्तर बढाउन लागिपरेका छन् ।

nullकफीका के–के परिकार बन्छन् ?

कफीको बजार विश्वभर छरिएको हुनाले हरेक कोणबाट फाइदै–फाइदा देखिएको छ । रोजगारीका हिसाबले होस् या व्यवसायका हिसाबले कफीसँग धेरैको नाता जोडिएको हुन्छ । विदेश जाने जो कोही सजिलै जागिर पाइन्छ भनेर कफीको तालिम लिन छुटाउँदैनन् । सिक्न सजिलो र सहजै रोजगारी पाइने हुनाले कफीको बरिस्ताको तालिम पछिल्लो समय निकै लोकप्रिय छ ।

चियाको तुलनामा कफीमा धेरै विकल्प र किसिमहरू छन् । तपाईंलाई तातो मन पर्छ या चिसो, जुन पनि रोज्न सक्नुहुन्छ ।

कफी बनाउनका लागि सकेसम्म फ्याट बेस अलि बढी भएको दूध प्रयोग गर्दा उत्तम हुन्छ र फम निकाल्न पनि सहज हुन्छ । साधारणतया हामीले दैनिक रूपमा प्रयोग गर्ने प्याकेटको दूधमा ३ प्रतिशत मात्र फ्याट (क्रिम) हुने हुँदा खासै राम्रो कफी बनाउन सकिन्न । 

न्यूनतम ५ प्रतिशत फ्याट हुने दूध कफीका लागि उत्तम हुन्छ, जुन डेरी या टेत्रा प्याकमा पनि उपलब्ध हुन्छ ।

क्यपचिनो, अमेरिकानो, डबल अमेरिकानो, अराबिका, क्याफेमोचा, एक्सप्रेसो, लाते, आइस कफी, आइस अमेरिकानो, कोल्ड ब्रिउ, कफी टुर्किस, ड्रिप कफी, कोर्टाडो, फ्रापे, रेड आइ, अफगाडो, आइरिस, रिस्ट्रेटो, लुङ्गो, गलाउ, ड्रिपेड आइ, ब्लेक आइ, ग्रीन कफी, क्यारामेल फ्रापे, ग्लेस, क्यपोचिनो फ्रेडो, कफी ब्रेभ, एक्सप्रेसो कन पन्ना लगायत कफीका सयौं भेराइटी बनाएर पस्कन सकिन्छ । युरोप अमेरिकामा बन्ने दर्जनौं केकहरूमा पनि दाना कफीको पाउडर प्रयोग गरिएको हुन्छ । जुन केकको स्वादमा छुट्टै मिठास हुन्छ र यसका पारखीहरू पनि उल्लेख्य रहन्छन् ।

विभिन्न अल्कोहलको भेराइटीमा पनि कफीको पाउडर प्रयोग गरिएको हुन्छ । कफी फ्लेबरमा विभिन्न चकलेट र टफीहरू पनि बनेका हुन्छन्, जुन बच्चाहरूको प्रिय मानिन्छ ।

nullकति पर्छ कफी मशिनको ?

प्रतिकप कफीको २०० देखि २००० रुपैयाँसम्म परे जस्तै मशिनको पनि ९० हजारदेखि १८ लाख रुपैयाँसम्मको कफी मशिन पाउन सकिन्छ । म्यानुअलदेखि फुल्ली अटोमेटिकसम्मका कफी मशिन नेपालको बजारमा पाइन्छ । अधिकांश सबै मशिनहरूको बीन ग्रेन्डर मशिनकै साथमा सँगै आउँछ । नेपालमा कफी रोस्टिङ मशिन पनि उपलब्ध छन् ।

ठूलाठूला ब्राण्डका कफीशपका आफ्नै रोस्टिङ मशिन उपलब्ध छन् । एक कप कफी बन्न डेढ टेबल स्पुनदेखि २ चम्चा अर्थात ८–१० ग्राम कफी पाउडर प्रयोग हुन्छ । यो हिसाबले एक किलो कफीको दानाबाट लगभग १२५ कप कफी बन्न सक्छ । १ किलो रोस्ट गरिएको कफीको दानाको ११ सयदेखि ४५ सयसम्म मूल्य निर्धारण गरिएको हुन्छ । यो हिसाबले पनि १ किलो दानाबाट न्यूनतम मूल्यमा बेच्दा पनि लगभग २०–२५ हजार रुपैयाँसम्म कमाइ गर्न सकिन्छ ।

कफी बनाउनका लागि सकेसम्म फ्याट बेस अलि बढी भएको दूध प्रयोग गर्दा उत्तम हुन्छ र फम निकाल्न पनि सहज हुन्छ । साधारणतया हामीले दैनिक रूपमा प्रयोग गर्ने प्याकेटको दूधमा ३ प्रतिशत मात्र प्याट (क्रिम) हुने हुँदा खासै राम्रो कफी बनाउन सकिन्न । न्यूनतम ५ प्रतिशत फ्याट हुने दूध कफीका लागि उत्तम हुन्छ, जुन डेरी या टेत्रा प्याकमा पनि उपलब्ध हुन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

असोज ८, २०७९

समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x