×

NMB BANK
NIC ASIA

सहयात्रा कांग्रेससँग, कुरा नेकपाको

प्रचण्डको फेरिँदो बोली : दिन्दिनै किन गरिरहेका छन् नेकपा ब्यूँताउने भाषण ?

काठमाडाैं | असार १८, २०८०

NTC
Premier Steels

तत्कालीन ‘नेकपा’ विघटनको साढे दुई वर्षपछि प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पुनः नेकपातिरै फर्किने रहर जागेको उनका पछिल्ला अभिव्यक्तिहरूले देखाउँछ । विगत बिर्सिएर नेकपा (एमाले)सँग पुन: जुरेको सत्ता सहयात्रा समेत तोडेको चार महिनापछि प्रचण्डले नेकपातिरै फर्किने सार्वजनिक भाषण गरिरहेका छन् ।

Muktinath Bank

समाजवादी मोर्चा घोषणापछि उनको नेकपा मोह झन् बढेको देखिन्छ । सरकारमा आफ्नो पकड बलियो बनाउन ४ असारमा प्रचण्डको नेतृत्वमा माओवादीसहित नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा मिलाएर समाजवादी मोर्चा घोषणा गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फेरि नेकपातिरै फर्किने योजनासाथ घोषणा गरिएको मोर्चामा एमाले भने अटाउन सकेको छैन । त्यसो त प्रचण्डले आफ्ना पूर्व सहयात्री डा. बाबुराम भट्टराईलाई समेत मोर्चामा अटाएका छैनन् । एमालेलाई बाहिरै राखेर मोर्चा बनाएका प्रचण्डले आइतवार भक्तपुरमा आयोजित एक कार्यक्रममा विगतका कमजोरीबाट सिकेर फेरि नेकपातिरै फर्किने चाहना व्यक्त गरे ।


Advertisment
Nabil box
Kumari

भक्तपुरमा नारायणविलास जोशीको स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले भनेका थिए,

Vianet communication

‘कम्युनिस्ट शक्तिलाई एकताबद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्नसक्छ भन्ने ठानेर मैले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छिटोभन्दा छिटो आर्थिक समृद्धितिर पनि जान सकिन्छ, समाजवादतिर पनि देशलाई डोहोर्‍याउन सकिन्छ, भनेको थिएँ । कम्युनिस्ट एकता भयो पनि । देशको सबैभन्दा ठूलो शक्ति बन्यो । झन्डै दुईतिहाइ प्राप्त पनि भयो । जनतामा ठूलो उत्साह देखापर्‍यो । अब कम्युनिस्टहरूले ४०/५० कति वर्ष शासन गर्छन् भन्ने थियो । तर, दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं । त्यो बचाउन सकिएन । म अहिले कसैलाई दोषारोपण गर्न उभिएको छैन । हामीले फेरि त्यसबाट शिक्षा लिएर अघि बढ्ने उद्देश्य राख्नुपर्दछ । विश्वभरकै कम्युनिस्ट आन्दोलनको इतिहास एकता, संघर्ष, विभाजन, फेरि रूपान्तरण, फेरि एकता, फेरि संघर्ष यस्तैमा गुज्रिँदै अघि बढेको छ । नेपालको कम्युनिस्ट आन्दोलन पनि त्यही नियमानुसार नै अघि बढेको छ । आज हामीले फेरि एकपटक विचार गर्नुपरेको छ । सबैले चिन्तन गर्नुपर्छ कि हिजो एकीकृत भएको कम्युनिस्ट आन्दोलन के कारणले बच्न सकेन ? त्यहाँ विचारमा कहाँ त्रुटि थियो ? राजनीतिमा कहाँ त्रुटि थियो ? आचरण र संस्कृतिमा के त्रुटि भयो ? विभाजनको गम्भीर समीक्षा गर्दै त्यसबाट शिक्षा लिएर अघि जाने जमर्को हामीले गर्नुपर्छ । अहिले कमरेड माधवकुमार नेपाल, म लगायत कमरेड विप्लव र उपेन्द्र यादव समेतले फेरि समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई एकताबद्ध गर्ने पहल शुरू गरेका छौं । माधवजी र मैले पनि के भनेका छौं भने फेरि नेकपातिरै फर्किनुपर्छ । फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ ।’ 

null

ठाउँ र परिस्थितिअनुसार बोल्न प्रचण्ड खप्पिस छन्, त्यसैले वामपन्थी नेताको कार्यक्रममा गएर कम्युनिस्ट एकताको कुरा गर्नु स्वाभाविक नै हो । तर, उनले आइतवार गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा पनि वाम एकताबारे दोहोर्‍याए । कोइरालाको जन्मजयन्तीमा वाम एकताबारे चर्चा गरेका प्रचण्डले कांग्रेसलाई पनि विश्वासमा लिने प्रयास गरे । ‘वाम एकता भए पनि कांग्रेससँगको सम्बन्ध टुट्दैन, सहकार्य कायम रहन्छ,’ गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै प्रचण्डले आइतवार भने । 

नेकपा एकतादेखि आजपर्यन्त कम्युनिस्ट एकता गर्ने प्रचण्डको हुटहुटी मरेको छैन । त्यसको एउटै अभीष्ट हो, ‘देशको प्रमुख पार्टीको नेतृत्व लिने र राजनीतिमा बलियो भइरहने ।' पछिल्ला तीन चुनावमा माओवादीको खस्किँदो साखका कारण पनि प्रचण्डले एउटै कम्युनिस्ट पार्टी बनाउने चाहना व्यक्त गर्दै आएका हुन सक्छन् ।

शान्ति प्रक्रियामा आउँदा पहिलो दल (दोस्रो र तेस्रो जोड्दा भन्दा पनि ठूलो)को नेतृत्व गरेका प्रचण्ड अहिले कमजोर तेस्रो दलको नेतृत्व गरिरहेका छन् । दोस्रोसँग फराकिलो र चौथो दलसँग साँघुरो अन्तर रहेको दलको नेतृत्वमा प्रचण्ड छन् । बोइङ जहाज उडाएको पाइलटलाई ट्विनअटर जहाजको ककपिटमा राखेजस्तो अनुभव प्रचण्डले गरिरहेका छन्, शायद । किनकि उनी तत्कालीन शक्तिशाली नेकपाको एकजना अध्यक्ष समेत थिए । 

प्रचण्डले नेकपा ब्युँताउने कुरा गरेको यो पहिलोपटक भने होइन । उनी बेलामौकामा नेकपा ब्युँताउने कुरा गरिरहन्छन् । गत जेठ ३० गते दाङमा पुगेर प्रचण्डले नेकपा ब्यूँताउन सम्भव रहेको बताएका थिए ।

‘माधव नेपाल, उपेन्द्र यादव, बाबुराम भट्टराई, विप्लव र वामदेव गौतमलगायत शक्ति मिलाएर केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ । समाजवादी मोर्चा तल्लो तहसम्मै बन्छ । एमालेको मुख्य नेतृत्व एकताको बाधक रहे पनि धेरै नेता/कार्यकर्ता एकता पक्षधर छन् । नेकपालाई पुनर्जीवित गर्न, अझ नयाँ नेकपा बनाउन असम्भव छैन,’ जेठ ३० गते दाङमा प्रचण्डले भनेका थिए । 

२०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा फुटको दिशामा गएको थियो । फागुन ११ गते सर्वोच्च अदालतको फैसलाले पुन:स्थापित भएको प्रतिनिधि सभाको बैठक बस्ने दिन फागुन ११ गते सर्वोच्चकै आदेशले नेकपा विभाजन भयो । त्यसपछि एमाले र माओवादी ब्यूँतिएका थिए । त्यो बेला माओवादीका उपाध्यक्ष रामबहादुर थापा, सचिव टोपबहादुर रायमाझी र लेखराज भट्टलगायत नेताहरू ओलीसँग लागेका थिए । माओवादी नेताहरू समेत समेटिएको सन्दर्भ उल्लेख गर्दै ओलीले एमालेलाई नेकपाको निरन्तरता भन्दै आएका छन् ।

प्रचण्डसँग अझै सशंकित छ एमाले

‘मुख्य नेतृत्व’ (केपी ओली) बाधक रहे पनि नेकपा एमालेका तल्लो तहका धेरै नेता/कार्यकर्ता कम्युनिस्ट एकताको पक्षमा रहेको प्रचण्डले बताउँदै आएका छन् । प्रचण्डका हरेक क्रियाकलापप्रति सशंकित नेकपा एमाले उनीसँग तत्काल सहकार्य गर्न इच्छुक देखिएको छैन, परन्तु कम्युनिस्ट एकताको सैद्धान्तिक प्रस्तावमा विरोध पनि गर्न सक्दैन ।

सबै ‘पुराना’ दलप्रति नयाँ दल र स्वतन्त्र सांसद हावी भएको समयमा क्षयीकरण भएको किन नहोस्, माओवादीसँगको सहकार्य भविष्यमा हुन सक्ने सम्भावनालाई एमाले नेताहरू नकार्दैनन् । ‘माया बैगुनी, नभई नहुने भन्नेजस्तो अवस्था छ, सत्ता राजनीतिमा निर्णायक भइदिएको शक्तिसँग हामी सहकार्य नै गर्दैनौं भन्न मिल्दैन,’ एमालेका एक प्रभावशाली नेताले लोकान्तरसँग भने । 

तर, अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरू भने संकटमा परेपछि प्रचण्डले नेकपा ब्युँताउने अभिव्यक्ति दिइरहेको बताउँछन् । पुरानै अवस्थामा नेकपा ब्यूँतिने सम्भावना नरहेको उनीहरूको भनाइ छ । पोलिटब्युरो सदस्य सूर्य थापाले गठबन्धनभित्र कांग्रेसलाई तर्साउन प्रचण्डले बेलाबखत समाजवादी मोर्चा र नेकपा ब्युँताउने कुरा गरिरहेको आरोप लगाए ।

‘प्रचण्ड र माधव नेपालले चाहे पनि हिजोको नेकपा फेरि ब्यूँतिन्न । उहाँहरूले कब्जा गरेर नेकपा आफ्नो बनाउन खोज्नुभएको थियो, नसकेर आजको स्थिति आएको हो । हामीले उहाँलाई यो सन्दर्भमा बुझेका छौं,’ सांसद थापाले भने, ‘बेला-बेला संकट आउँदा कहिले समाजवादी मोर्चा त कहिले नेकपा ब्युँताउने भन्दै मूलतः गठबन्धनभित्र कांग्रेसलाई तर्साउने कुरा गरिरहनुभएको छ ।’

कांग्रेसलाई तर्साउन पर्नेगरी प्रचण्ड संकटमा परेका हुन् त ? भन्ने प्रश्नमा थापाले भने, ‘संकटमा हुनुहुन्छ नि, बजेट बल्ल-बल्ल पास भएको छ । देउवा (कांग्रेस सभापति) विदेश गएको बेलामा समाजवादी मोर्चा बनाउनुभयो, त्यसले गठबन्धनमा अविश्वास छ भन्ने देखाउँछ । सरकारको नीति तथा कार्यक्रम र बजेटको 'डिफेन्स'मा कांग्रेसका कसैले संसदमा बोलेको सुन्नुभयो र ? संसदीय राजनीतिमा दलको ह्वीप लागेको कारणले मात्र कांग्रेस सांसदले बजेटको पक्षमा भोट हालेका हुन्,’ थापाले दाबी गरे ।

साउनसम्म जसोतसो चले पनि प्रचण्ड सरकारले दशैं पार नगर्ने उनको भविष्यवाणी छ ।

आफ्नै पहलमा प्रधानमन्त्री बनाए पनि राष्ट्रपति निर्वाचनमा गम्भीर धोका दिएको भन्दै प्रचण्डसँग तत्काल सहकार्य गर्ने मुडमा एमाले छैन । तर, पूरै निषेध पनि गरेको छैन ।

शुरूमा प्रचण्डप्रति गरम ओली पछिल्ला दिनमा नरम देखिन्छन् । सार्वजनिक कार्यक्रममा पनि प्रचण्डविरुद्ध त्यति आक्रामक देखिएका छैनन् । यसले अनुकूल अवस्थामा प्रचण्डसँग सहकार्य गर्ने बाटो ओलीले खुला राखेको प्रस्ट हुन्छ ।

त्यसो त राजनीतिक निर्णय लिन प्रचण्ड निकै सिपालु छन् ।

कांग्रेससँगको सत्ता गठबन्धन तलमाथि पर्ने अवस्था आए बालकोट पुगेर ओलीलाई 'तपाईं प्रधानमन्त्री बन्नुस्, समयक्रममा फेरि नेकपा ब्यूँताउँला' भन्न समेत प्रचण्ड नहिच्किचाउने उनका एक पूर्वसहकर्मीले तर्क गरे ।

नाम उल्लेख नगर्ने शर्तमा उनले भने, 'प्रचण्ड कमरेडको एउटा गज्जबको क्षमता छ, हामी अस्थिर स्वभाव भन्छौं, उहाँचाहिँ डायनामिक भएको भन्नुहुन्छ, त्यो के भने कठिन परिस्थितिमा जस्तोसुकै निर्णय लिन पनि उहाँ हिच्किचाउनुहुन्न । अहिले कांग्रेस-एमाले सहकार्यको गाइँगुइँ सुनिन्छ, यदि प्रचण्ड कमरेडले त्यस्तो हुँदैछ भन्ने थोरै मात्र सेन्स गर्नुभयो भने सिधै बालकोट पुगेर ओली कमरेडलाई प्रधानमन्त्री अफर गर्न पछि पर्नुहुन्न ।'

एकातिर कांग्रेसलाई साइजमा राख्न र अर्कातिर एमालेसँग पुन: सहकार्यको बाटो बनाउन पनि प्रचण्डले जानीबुझी यस्तो अभिव्यक्ति दिइरहेको उनको तर्क छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x