×

NMB BANK
NIC ASIA

गौरापर्व एवं दूर्वाष्टमीसम्बन्धी निर्णय सच्याउन माग

कञ्चनपुर | असार २६, २०८०

NTC
फाइल फोटो
Premier Steels

गौरापर्व एवं दूर्वाष्टमी सम्बन्धी निर्णयलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले सच्याउनुपर्ने माग गरिएको छ ।

Muktinath Bank

समितिले स्वेच्छाले त्रुटिपूर्ण निर्णय पटक–पटक दोहोर्‍याउँदै आएकाले सच्याउनुपर्नेमा जोड दिइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘भाषा, धर्म संस्कृति र चाडपर्व कुनै पनि सभ्य समृद्ध समाजको पहिचानको धरोहरका रूपमा रहेको छ,’ पण्डित ताराप्रसाद जोशीले भने, ‘हिन्दू धर्ममा आस्था राख्ने सुदूरपश्चिम प्रदेशका महिलाले व्रत बसी पति र पुत्रको दीर्घायुको कामना गर्दै पौराणिककाल (विक्रम सवत्ं १२६४)देखि शिव–पार्वतीको पूजाआजा गरी गौराष्टमी (गौरा) पर्व मनाउँदै आएका छन् ।’


Advertisment
Nabil box
Kumari

पञ्चाङ्ग समितिले दूर्वाष्टमी र गौराष्टमी पर्वलाई श्रावणशुक्ल पक्षको अष्टमी तिथिमा लगाएको छ । श्रावण शुक्लपक्षको अष्टमीलाई दूर्वाष्टमी मान्नुपर्छ भन्ने कुनै पनि शास्त्रमा उल्लेख नभएको उनले उल्लेख गरे । उनका अनुसार निर्णय सिन्धुमा भनिएको छ, ‘शुक्ल भाद्रपदेमासे दूर्वासंज्ञा तथाष्टमी । सिंहार्क एवं कर्तव्या न कन्यार्के कदाचन । सिंहस्थे सोत्तमासूर्येऽनुदिते मुनि सत्तमे । भाद्र शुक्लाष्टम्या मगस्त्योदये भाविनि सति पूर्वकृष्णाष्टम्यामेव कुर्यात् ।’

Vianet communication

अर्थात् पूर्णिमान्त चान्द्रमासको भाद्रशुक्ल अथवा कृष्णपक्षको अष्टमी तिथिलाई मात्र दूर्वाष्टमी मान्नुपर्छ । त्यो पनि अगस्तिमुनिको पौराणिक उदय हुनुभन्दा पूर्वको अष्टमीलाई ग्रहण गर्नु पर्दछ । कन्याको सूर्यमा दूर्वाष्टमी मान्नु हुँदैन । उक्त निर्णयको ख्यालै नगरी नेपाल पञ्चाङ्ग निर्णायक समितिले गलत निर्णय गरेको उनको भनाइ छ ।

विक्रम संवत् २०३४, २०४२, २०४९, २०५३, २०६१ र २०८० को दूर्वाष्टमी र गौराष्टमी पर्वलाई श्रावण शुक्लपक्षको अष्टमी तिथिमा लगाएको उनको आरोप छ । उनी भन्छन्, ‘विक्रम संवत् २०३१, २०५० र २०६९ मा भाद्र महिनामा अधिकमास (मलमास) परेको बेला नेपाल पञ्चाङ्ग निर्णायक समितिले अधिकमासको अष्टमीलाई दूर्वाष्टमी भनी उल्लेख गरेको थियो, भाद्र महिनामा अधिकमास परेमा शुद्ध भाद्रमासको कृष्णाष्टमीलाई सौर श्रावणमासमा मान्नुपर्छ भनी शास्त्रमा उल्लेख भएको पाइन्छ ।’

स्कन्ध पुराणमा वर्णन गरिएअनुसार अधिमासे तु सम्प्राप्ते नभस्य उदये मुनेः । अर्वाग्दूर्वाव्रतं कार्यं परतो नैव कुत्रचित् । भन्ने वचनको उल्लंघन गरेर पञ्चाङ्ग निर्णायक समितिले दूर्वाष्टमीको गलत निर्णय गरेको पण्डित जोशीले बताए । नेपाल पञ्चाङ्ग निर्णायक समितिले गणितागत अगस्तिको उदयको आधारमा दूर्वाष्टमीको निर्णय गर्ने गरी समाजमा ठूलो भ्रम सिर्जना गरेको उनले उल्लेख गरिन् ।

यसको आधारमा दूर्वाष्टमीको निर्णय गर्नु नितान्त गलत र अव्यावहारिक हुन्छ किनभने ज्योतिषीय विज्ञानअनुसार ३ अक्षप्रभा (पलभा) रहेको स्थानमा भाद्र २ गते नै गणितागत अगस्त्योदय हुन्छ भने ८ अक्षप्रभा (पलभा) भन्दा माथि भएको स्थानमा असोज ७ गतेसम्म पनि क्रमिकरूपमा अक्षप्रभा (पलभा) अनुसार फरक–फरक स्थानमा फरक–फरक मिति र तिथिमा अगस्त्योदय हुने उनको भनाइ छ । 

निर्णयअनुसार एउटै दिनमा सबै स्थानमा दूर्वाष्टमी नहुने र कुनै ठाउँमा कहिलेकाहीँ दूर्वाष्टमीको लोप नै हुने हुँदा यस्तो विषमपूर्ण आएको जनाइएको छ । यस्तो अवस्थाका सन्दर्भमा वेदलाई ४ विभागमा विभाजित गर्ने तथा महाभारत समेत १८ पुराणका रचयिता वेदव्यासजी र अन्य ज्योतिषशास्त्रका महान् विद्वान् तथा प्रवर्तक गर्ग, परासर आदि ऋषिमुनिहरूले सर्वत्र एउटै दिनमा दूर्वाष्टमी मनाउन सकियोस् भनी अगस्त्योदयको सीमारेखा निर्धारण गरी पौराणिक अगस्त्योदयको आधारमा दूर्वाष्टमीको निर्णय गर्नुपर्छ भनी ज्योतिषशास्त्र र धर्मशास्त्रका अनेक ग्रन्थ र पुराणमा उल्लेख गरिएको उनको बुझाइ छ ।

‘त्यो सीमारेखा भनेको भाद्र महिनामा सिंहराशिको २३ अंशमा जब सूर्य भगवान् प्रवेश गर्दछन्,’ उनले भने, ‘त्यो दिनदेखि अगस्त्योदय मान्नुपर्दछ, सिंह राशिको २३ अंश भन्नाले भाद्र महिनाको २४ देखि २६ गतेसम्मको कुनै एउटा दिनमा गणितीय आधारमा पर्ने गर्दछ, त्यसभन्दा तलमाथि हुन सक्दैन ।’
 
भारतको काशीबाट प्रकाशित भएको ऋषिकेश पञ्चाङ्गले पनि यस वर्षको दूर्वाष्टमीको व्रत ७ सितम्वर सन् २०२३ तदनुसार संवत् २०८० भाद्र २१ गतेमा नै गर्ने भनी निर्देश गरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णयअनुसार विक्रम संवत् २०८० भाद्र ७ गते श्रावणशुक्ल अष्टमी तिथिको दिनमा दिएको दूर्वाष्टमी र गौराष्टमी पर्वलाई मान्यता दिएको छ ।

धर्मशास्त्रीय विधान र ज्योतिषीय विज्ञान ग्रन्थसम्मत प्रमाणका आधारमा विश्लेषण गर्दा  विसं २०८० भाद्र २१ गते भाद्रपद कृष्णपक्षको अष्टमी तिथिको दिनमा दूर्वाष्टमी र गौराष्टमी पर्वका लागि सर्वोत्तम मानक र प्रामाणिक दिन भएकाले यसै तिथिमा गौरापर्व मनाउनुपर्ने ज्योतिषार्चाय जोशीको तर्क छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिलाई धर्मशास्त्रानुसार तथ्यगत आधारमा दूर्वाष्टमीको निर्णय गरी सांस्कृतिक मूल्यमान्यताको संवर्द्धन र संरक्षणका लागि कार्य गर्नुपर्ने उनको सुझाव छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x