×

NMB BANK
NIC ASIA

मनाङ एयरको हेलिकप्टर दुर्घटना

अनुभवी पाइलट गुरुङ– चार वर्षअघि लुक्लामै दुर्घटनामा परेर बाँचेका थिए !

काठमाडाैं | असार २६, २०८०

NTC
Premier Steels

मनाङ एयरको ९ एन-एएमभी कलसाइन हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ५ स्थित लामजुरानजिक दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको छ । १ जना बेपत्ता छन् ।

Muktinath Bank

माउन्टेन फ्लाइटका लागि गएका ५ मेक्सिकन नागरिक चढेको हेलिकप्टर क्याप्टेन चेतबहादुर गुरुङले उडाएका थिए । हेलिकप्टर माउन्टेन फ्लाइटबाट फर्किँदै गर्दा दुर्घटनामा परेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त दुर्घटनामा परेका ५ जनाको शव फेला परिसकेको कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी राजेश बास्तोलाले पुष्टि गरेका छन् । मृतक को-को हुन् र बेपत्ता रहेका को हुन् भन्ने आधिकारिक जानकारी प्राप्त भएको छैन ।


Advertisment
Nabil box
Kumari

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय मातहत रहेको उद्धार समन्वय समितिका अनुसार विमानमा क्याप्टेन गुरुङका अलावा सिफुन्तेस जी फर्नान्डो, सिफुन्तेस जी मारिया होसे, रिन्कोन स्माइल, गोन्जालेज ओलासियो लुज र गोञ्जालेज एब्रिक छन् ।

Vianet communication

अनुभवी पाइलट थिए गुरुङ

मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार हेलिकप्टर उडाउने क्याप्टेन चेतबहादुर गुरुङ निकै अनुभवी तथा साहसी पाइलट हुन् ।

उनले कोभिडका बेला सयौं सिकिस्त बिरामीलाई हेलिकप्टरमा उद्धार गरी अस्पतालसम्म पुर्‍याउने जोखिमपूर्ण काम गरेका थिए । गुरुङ सन् १९९८ अगाडिदेखिकै अनुभवी पाइलट रहेको उनले खुलाए ।

'उनले शुरूमा ठूलो हेलिकप्टर एमआई १७ उडाएको हो । त्यसपछि गोर्खा एयरलाइन्स, श्री एयरलाइन्स, इको एयर (विदेशी कम्पनी) हुँदै २०१४ मा मनाङ एयरसँग उहाँ आबद्ध हुनुभएको हो,' न्यौपानेले लोकान्तरसँग भने ।

उनी चार वर्षअघि समिट एयरको विमानले मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिँदा बाँच्न सफल भएको समेत न्यौपानेले खुलाए ।

२०७६ वैशाख १ गते लुक्ला विमानस्थलमा समिट एयरको जहाजले मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा समिट एयरका को-पाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको थियो । घाइते भएका असई रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा परी समिट एयरका क्याप्टेन आर.बी. रोकाया र मनाङ एयरका क्याप्टेन चेतबहादुर गुरुङ घाइते भएका थिए ।

'अहिले दुर्घटनामा पर्नुभएको क्याप्टेन गुरुङ यसअघि दुर्घटनामा परी बाँच्नुभएको थियो,' न्यौपानेले लोकान्तरसँग भने, 'त्यतिबेला उहाँको खुट्टामा चोट लागेको थियो । ३/४ महिना रेस्ट गरेर फिट भई पुनः फ्लाइट गरिरहनुभएको थियो ।'

क्याप्टेन गुरुङ मनाङ एयरको 'फ्लाइट सेफ्टी'का प्रमुख पनि हुन् ।

'उहाँ राम्रो पाइलट हो । सचेत एव सावधान पनि हो । के गर्न हुने, के गर्न नहुने भन्ने कुरा उहाँलाई राम्रो जानकारी थियो,' उनले थपे, 'तर, दुर्भाग्यवश आज के कति कारणले दुर्घटना भयो, अहिलेसम्म खुलेको छैन, पछि थाहा होला ।'

क्याप्टेन गुरुङ पोखराका हुन् । उनका श्रीमती र एक छोरी छन् ।

'अहिले हामीले शव संकलन गरी काठमाडौं ल्याउने तयारीमा छौं,' न्यौपानेले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x