×

NMB BANK
NIC ASIA

साउन २१–२४ गतेसम्म कोरोना विरुद्धको खोप अभियान चलाउँदै काठमाडौं महानगर

काठमाडाैं | साउन १७, २०८०

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

काठमाडौं महानगरपालिकाले साउन २१–२४ गतेसम्म कोभिड–१९ विरुद्ध खोप अभियान चलाउने भएको छ । 

Muktinath Bank

कोरोनाविरुद्ध खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएकालाई लक्षित गर्दै काठमाडौं महानगरले साउन २१–२४ गतेसम्म खोप अभियान चलाउने भएको हो । १२ वर्षमाथिका सम्पूर्ण नागरिकलाई खोप लगाइनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरपालिकाका अनुसार वडा नम्बर ६, ११, १२, १४, १५,१७, १९, ३१ र ३२ नम्बर वडाभित्र खोप लगाइनेछ । यसअघि कोरोना विरुद्धको खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएका काठमाडौंमा बसोबास गर्ने सबै खाले नागरिकले खोप लगाउन सक्नेछन् । जसअन्तर्गत वडा नम्बर ११ को त्रिपुरेश्वरस्थित विश्वनिकेतन विद्यालय, वडा नम्बर १७ को वडा कार्यालय, वडा नम्बर ३१ को शहरी स्वास्थ्य क्लिनिक भीमसेनगोला, वडा नम्बर १४ को शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र कुलेश्वर, वडा नम्बर ६ को वडा कार्यालय, वडा नम्बर १२ को कुमुदिनी मावि टेकु, वडा नम्बर ३२ को वडा कार्यालय र वडा नम्बर १५ को सामुदायिक स्वास्थ्य सेवा स्वयम्भूमा खोप अभियान सञ्चालन गरिनेछ ।


Advertisment
Nabil box
Kumari

बुधवार स्वास्थ्य सेवा विभागमा भएको कोभिड–१९ विरुद्ध खोप सम्बन्धी कार्ययोजना गोष्ठीमा स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले अहिलेसम्म दोस्रो मात्रा ८८ प्रतिशतले लगाइसकेको जानकारी दिए । उनले बुस्टर डोजको पहिलो मात्रा ४३ प्रतिशत र चौथो मात्रा ६ प्रतिशतले लगाएको बताए ।

Vianet communication

उनले खोप प्रवद्र्धनका लागि अन्य कार्ययोजना बनाएर अघि बढेको पनि बताए ।

डा. गौतमले भने, ‘घरबाट ननिक्लेर पनि बस्यौं । पछि खोप आइसकेपछि सजिलै लगाउँदै गइसकेपछि अहिले त्यो अवस्थाबाट यूटर्न भएका छौं । हामी पुरानै तरिकाले जीवनयापन गरिरहेका छौं । अहिले जति पनि खोप पाउने अवस्था छ तर माग घट्दो छ । हामीले कोरोना परीक्षण पनि गर्न छोड्यौं । जसकारण कोभिड–१९ बढ्यो कि घट्यो थाहा हुँदैन । अहिले पनि काठमाडौं उपत्यकासहित अन्य स्थानमा खोप लगाउन छुट्नुभएको छ । पहिलो मात्रा र दोस्रो मात्रा अधिकांशले लगाइसक्नुभएको छ । दोस्रो मात्रा ८८ प्रतिशतले लगाइसक्नुभएको छ । बुस्टर डोजको पहिलो मात्रा ४३ प्रतिशतले लगाउनुभएको छ । चौथो मात्रा ६ प्रतिशतले मात्रै लिनुभएको छ । एक पटक खोप लियो र अब लिनुपर्दैन भन्ने होइन । कोभिड–१९ लाई एउटा डोज लगाएर, २ वटा डोज लगाएर मात्रै पुग्दैन । यसमा बुस्टर डोज पनि चाहिन्छ भनेर ४ मात्रासम्मको बुस्टर डोज लगाउनुपर्ने प्रावधान सरकारले ल्याएको छ । माग भयो भने अन्य खोप पनि लिएर आउँछौं । खोप प्रमोट गर्नका लागि केही कार्ययोजना पनि लिएर आएका छौं ।’

गोष्ठीमा कोभिड १९ विरुद्ध प्रयोग भइरहेका खोपहरूबारे जानकारी गराइएको थियो । कोभिड–१९ खोप योजना प्रस्तुत गरिएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x