×

NMB BANK
NIC ASIA

करिब सय किलो सुन बरामद प्रकरण

सय किलो सुन तस्करी अनुसन्धानको जिम्मा सीआइबीलाई

काठमाडाैं | साउन १९, २०८०

NTC
Premier Steels

सरकारले त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको झण्डै एक क्विन्टल सुनको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई दिने तयारी गरेको छ । 

Muktinath Bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीसहित प्रहरीका उच्च अधिकारीसँग छलफल गरेर अनुसन्धानका लागि तयार बस्न आग्रह गरेका हुन् । बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संवैधानिक परिषद् बैठकलगत्तै प्रधानमन्त्रीले गृह प्रशासनसँग छलफल गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी प्रमुख बसन्त कुँवर, सीआइबी प्रमुख किरण बज्राचार्यलयायत अधिकारीसँग प्रचण्डले छलफल गरेका थिए । ‘प्रधानमन्त्रीज्यूले सय किलो सुनको एग्रेसिभ्ली अनुसन्धान गर्नुपर्‍यो । सीआईबीले लिड गर्नुपर्‍यो भन्नुभयो । संलग्न जोसुकै र जुनसुकै पार्टी वा उच्च तहको नेता भए पनि कारवाही गर्नुस् भन्नुभयो,’ प्रधानमन्त्रीसँगको भेटमा भएको छलफलबारे एक अधिकारीले लोकान्तरसँग भने । सम्भवतः आइतवारदेखि नै सीआएबीले छानबिनको जिमा लिने प्रहरी स्रोतले लोकान्तरलाई बतायो । 


Advertisment
Nabil box
Kumari

एक क्विन्टल सुनबारे हाल प्रधानमन्त्री मातहतको राजश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । सुन तस्करीको अनुसन्धान प्रहरीलाई नदिइएको भन्दै सरकारको आलोचना भएको थियो । बिहीवार मात्र कांग्रेस नेता शेखर कोइरालाले सुन तस्करी सम्बन्धमा प्रहरीलाई अनुसन्धानको जिमा नदिइनु गम्भीर भएको टिप्पणी गरेका थिए । 

Vianet communication

‘राजश्व अनुसन्धान विभागले मात्र यसको अनुसन्धान गर्न नसकेको निष्कर्षमा सरकार पुगेको छ, यसलाई निष्कर्षमा पर्‍याउने गरी सीआइबीलाई अनुसन्धानका जिम्मा दिन लागिएको हो’ प्रधानमन्त्री कार्यालय स्रोतले लोकान्तरलाई जानकारी दियो । 

साउन २ गते विमानस्थल बाहिरबाट मोटरसाइकलको ब्रेक सुमा लुकाएर ल्याइएको सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो । बरामद सुन राष्ट्र बैंकको टक्सार विभागमा राखिएको छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x