×

NMB BANK
NIC ASIA

माछा धेरैलाई मनपर्छ, त्यसमा पनि टाउको मन पराउने धेरै हुन्छन् । माछाको टाउको खाने चलन नेपालमा मात्र होइन, संसारमा प्रायः सबै देशहरूमा माछाको परिकारलाई मन पराएको पाइन्छ ।

Muktinath Bank

माछाको टाउकोमा धेरै पोषक तत्वहरू पाइन्छन् । माछाको टाउकोबाट धेरै परिकार बन्छ पनि । माछाको टाउकोले अन्य शरीरको अंगभन्दा छुट्टै र बलियो खालको स्वाद दिन्छ । माछाको टाउकाको परिकार मन पराउने पारखीहरू धेरै हुन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महिलाभन्दा पनि पुरुषले बढी मन पराउने माछाको टाउको महिलाले खान हुन्न भन्ने पनि चलन छ तर यसमा कुनै सत्यता छैन । कति मान्छेहरूले सोच्छन् कि माछाको टाउको विषाक्त पदार्थले भरिएको हुन्छ तर यो गलत हो । माछाको टाउकोमा प्रोटिन, ओमेगा–३, फ्याटी एसिड र अन्य पोषक तत्वले भरिपूर्ण हुन्छ । सही तरिकाबाट पकाउनुभयो भने माछाको टाउको स्वस्थ आहारको रमाइलो र रोचक खुराक हो । टाउको खादा यसको आँखा र दिमागमा अलि होसियारी अपनाउनुपर्छ । किनकि यी अंगहरूमा हाम्रो शरीरलाई हानि पुर्‍याउने विषाक्त पनि हुनसक्छ ।


Advertisment
Nabil box
Kumari

माछाको टाउकोमा पर्याप्त मात्रामा ओमेगा–३ पाइने हुँदा हाम्रो स्नायुलाई फाइदा पुग्ने र स्मरणशक्ति बढ्ने हुँदा नियमित खादा फाइदा पुर्‍याउँछ । भिटामिन ‘ई’ पनि पर्याप्त पाइन्छ माछाको टाउकोमा । कतिले माछाको टाउको खान रुचाउँदैनन् तर विकसित देशमा यसको उपयोगिता धेरै छ भन्ने बुझेरै हुनसक्छ, विविध परिकार पकाएर पस्किने गरिन्छ । नेपालमा माछाको टाउको तारेर मात्र खाने चलन छ तर अन्य देशमा यसलाई पानीमा उमालेर सुप या स्टु बनाई खाइन्छ ।

Vianet communication

nullब्रेनको कार्यक्षमतामा बढवा दिन माछाको टाउकोले धेरै महत्त्व दिने र खादा चिल्लो जस्तो अनुभव भए तापनि अन्य तेल जस्तो माछाबाट प्राकृतिक रूपमा आउने तेलले कुनै हानि पुर्‍याउँदैन । माछाको टाउकोमा क्याल्सियम, फस्फोरस, आइरन, जिंक, आयोडिन, म्याग्नेसियम र पोटासियम जस्ता खनिजहरू पाइन्छ ।

nullमाछाको टाउको कसरी खाने ? के–के परिकार बनाउन सकिन्छ ?

माछाको टाउको भारतीयहरूले निकै मन पराउँछन्, त्यसमा पनि कलकत्तामा त यसको कैयौ परिकार बन्छ । गोवा, केरला र अन्य साउथ इन्डियन राज्यमा माछाको टाउकोको परिकार निकै लोकप्रिय छन् । युरोपियन र अमेरिकन देशहरूमा पनि माछाको टाउकाको स्टु, सुप, स्टक, सस बनाउन रुचाउँछन् । चाइनिज, जापानिज र थाइहरूले पनि माछाको टाउकोको परिकारलाई निकै महत्त्वका साथ विविध परिकार बनाएर पस्किन्छन् ।

नेपालमा खसी र राँगाको टाउकोका कैयौ परिकार बनाए जस्तै यी देशहरूले माछाको टाउकाको महत्त्व बुझेका छन् र परिकारमा पनि विविधता ल्याएका छन् । नेपालको तराई भेगमा माछालाई महत्त्व बढी दिएर परिकारमा पनि विविधता दिएका छन् । ससुराली आएका ज्वाइँलाई माछाको टाउकाको परिकार नपस्किने भान्सा अधुरो रहन्छ ।

nullबेङ्गोलीहरूले मुङको दालमा माछाको टाउको हालेर पकाउँछन्, जसलाई मुरी घोन्टो भनिन्छ । यो परिकार निकै स्वादिष्ट हुन्छ । बास्मती राइस या रोटी जेसँग खाए पनि यो करी निकै मिल्ने हुँदा निकै लोकप्रिय छ । श्रीलंकनहरूले नरिवलको दूध हालेर पिरो करी बनाई माछाको टाउको खान्छन् । केरलाका मानिसले पालकमा माछाको टाउको मिसाएर पकाउँछन्, जसलाई मालाबार मछि करी भनिन्छ ।

nullमाछाको टाउको लौकासँग मिसाएर पकाउँदा पनि राम्रो हुन्छ । गोवाकाले चिल्ली पेस्ट, नरिवल र करी पत्ता हाली माछाको टाउकाको करी बनाउँछन् । नेपालीहरूले सर्सुको पेस्ट हालेर माछाको टाउकाको करी बनाउँछन् र तेलमा तारेर पनि खाने चलन छ । भारतमा माछाको टाउकाको बिर्यानी पनि बनाउने पुरानो चलन छ ।

nullसिंगापुरियनहरूले इम्ली हालेर माछाको टाउकाको करी बनाएर पस्किन्छन् । चाइनिजहरूले रातो खुर्सानी चप गरेर माछाको टाउको उसिनेर खान रुचाउँछन् । मेक्सिकनहरूले माछाको टाउकाको पिरो सुप रुचाउँछन् । थाइहरूले लेमनग्रास, खुर्सानी, गालङगाल हालेर सुप, हटपट या करी बढी रुचाउँछन् । मलेसियनहरूले पनि माछाको टाउकाको करी या सुप नै बढी रुचाउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x