×

NMB BANK
NIC ASIA

बढी मूल्य लिएर रासायनिक मल बिक्री गर्ने पसलमा धमाधम छापा

काठमाडाैं | साउन २०, २०८०

NTC
Premier Steels

जिल्ला प्रशासन कार्यालय भक्तपुरले मलको अभाव देखाउँदै बढी मूल्य लिएर रासायनिक मल बिक्री गर्ने पसलहरूमा धमाधम छापा मार्दै कारबाही गर्ने अभियान सञ्चालन गरेको छ ।

Muktinath Bank

अभियानअन्तर्गत शुक्रवार जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाको नेतृत्वमा गएको टोलीले अनुदानको रासायनिक मल बढी मूल्य लिएर बिक्री गर्ने भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित न्हुँछेभक्त कटुभाजुले सञ्चालन गरेको एनबी मल पसलमा छापा मारी सिलबन्दी गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल सरकारको अनुदान प्राप्त रासायनिक मल कालोबजारी गरी बिक्री गरेको उपभोक्ताको गुनासो आउने बित्तिकै जिप्रका भक्तपुरको टोलीले उक्त पसलमा छापा मारी गैरकानुनी रुपमा भारतबाट ल्याएको अवैध मल दुई हजार एक सयमा बिक्री गरेको पाइएपछि मल बरामद गर्दै पसल सिलबन्दी गरिएको प्रजिअ खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

प्रजिअ रिजालले भने, “उक्त मल पसलबाट कालोबजारी गरी महँगो मूल्य लिएर बिक्री गर्दै गरेको अवैध एक सय २९ बोरा रासायनिक मल बरामद गरेका छौँ, त्यसमध्ये २० वटा बोरामा कृषि सामग्री लिमिटेड लेखिएको छ, अरू बोरामा नेपालमा बिक्री वितरण गर्ने भनी उल्लेख गरिएको छैन, त्यस्तो मल अवैध हो, त्यस मल पसललाई सिलबन्दी गरी थप अनुसन्धान सुरु गरेका छौँ ।” 

Vianet communication

जिल्ला प्रशासनको टोलीलाई मल बिक्रेता कटुभाजुले मल खरिदको बिल समेत देखाउन नसकेको जानकारी दिँदै उनले मल बिक्री गर्दा एग्रो वल्र्ड ललितपुर लेखिएको बिल दिने गरेको पाइएकाले आवश्यक कारवाही गरिने बताए ।

जिप्रका भक्तपुरले धान रोपाइँको समयमा मल अभाव देखाउँदै कालोबजारी गर्ने गरेको पाएपछि भक्तपुरका मल पसलहरूमा अब आकस्मिक अनुगमन गर्ने अभियान नै सञ्चालन गर्ने भएको छ । कालोबजारी गरेर कतै मल बिक्री गर्ने गरेको पाइए तत्काल खबर गर्न उपभोक्ताहरूलाई आग्रह गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x