×

NMB BANK
NIC ASIA

‘विज्ञान भैरव’ र ‘रघुकुल तिलक श्रीरामको वैराग्य’ कृति एकैसाथ प्रकाशन

काठमाडाैं | साउन २२, २०८०

NTC
Premier Steels

‘विज्ञान भैरव’ र ‘रघुकुल तिलक श्रीरामको वैराग्य’ नामक २ कृति एकैसाथ प्रकाशनमा आएका छन् ।

Muktinath Bank

कमलप्रसाद ढुंगानाद्वारा लिखित यी दुवै पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तन्त्रशास्त्र खासगरी आगम तन्त्र अन्तर्गत पर्ने विज्ञान भैरव तन्त्रमा ११२ वटा ध्यानका विधि उल्लेख छन् । महादेवले पार्वतीलाई जुन ध्यानका विधि बताएका थिए त्यही नै विज्ञान भैरव तन्त्र हो । पुस्तकमा लेखकले तिनै ११२ वटा ध्यानका विधिलाई सरल ढंगले नेपाली भाषामा व्याख्या गरेका छन् । 


Advertisment
Nabil box
Kumari

लेखक ढुंगानाका अनुसार यी ध्यान भनेका त्यस्ता ध्यान हुन्, जुन विगत, वर्तमान र आगत तिनै पुस्ताका मानव समुदायलाई उपयोगी मानिएका छन् । 

Vianet communication

व्याख्याका साथमा मूल ग्रन्थको श्लोक समेत दिइएकाले पुस्तक थप पठनीय र विश्वसनीय हुन पुगेको छ । 

रघुकुल तिलक श्रीरामको वैराज्ञ नामक पुस्तकमा श्रीरामको ब्रह्मचिन्तन र वैराज्ञ सम्बन्धी विषयवस्तु वर्णन भएका छन् । महर्षि वाल्मीकिले ऋषि भरद्वाजलाई बताएका श्रीरामका ब्रह्मतत्व सम्बन्धी जिज्ञासालाई नेपाली भाषामा सरल ढंगले विवेचन भएका छन् । 

रत्न पुस्तक भण्डारका प्रबन्ध निर्देशक गोविन्द श्रेष्ठका अनुसार समाजलाई आध्यात्मिक ज्ञान सदैव आवश्यक पर्ने भएकाले रत्न पुस्तक भण्डारले यस्ता पुस्तकहरू पनि प्रकाशनमा ध्यान दिने गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x