×

NMB BANK
NIC ASIA

पाँच वर्षदेखि सम्पर्कविहीन डोल्मा घर फिर्ता, खुशीमा भोज

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौँ, ३० भदौ - वैदेशिक रोजगारीका सिलसिलामा कुवेत गएपछि पाँच वर्षदेखि सम्पर्कविहीन सिन्धुपाल्चोककी डोल्मा तामाङ नेपाल आइपुग्नुभएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका, कुभिण्डेकी डोल्मा विसं २०६८ मा कुवेत गएकामा पाँच वर्षदेखि परिवारको सम्पर्कमा नआएको बारे गत भदौ २१ गते राससबाट समाचार सम्प्रेषण भएको थियो । स्थानीय दलालले राम्रो काम र पैसा पाउने प्रलोभन देखाउँदै उनलाई कुवेत पु¥याएको थियो । डोल्मा आज घर आइपुगेको जानकारी दिँदै आमा छेकुले पाँच वर्षपछि आफ्नो खुशी फर्किएको प्रतिक्रिया दिनुभयो ।


छेकुले टेलिफोनमा भन्नुभयो, “आजबाट रात पनि दिनजस्तै उज्यालो हुन्छ जस्तो लागेको छ ।” पाँच वर्ष सम्पर्कमा नआएपछि छोरीसँग भेट हुने आशा मरिसके पनि एक्कासि आज भेट हुँदा खुशीको सीमा नरहेको उहाँको भनाइ छ ।

छोरी भेटिएको खुशीमा शनिबार घरमा भोज गर्ने योजनासमेत रहेको उहाँले जानकारी दिनुभयो । गएको एक वर्षसम्म फोन सम्पर्कमै रहेकी छोरीसँग एक्कासि पाँच वर्षअघिदेखि फोन सम्पर्क छुटेपछिका धेरै दिन रोएरै बिताएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “छोरीले जेल परेको थिएँ, तीन दिनअघि प्लेनमा राखेर नेपाल पठाइदिए भन्छे, के के भयो अब सोध्दै गर्नुपर्ला, छोरी फर्की, त्यही हाम्रा लागि खुशीको कुरा हो ।”
डोल्मा कुवेत जाँदा १७ वर्षकी मात्रै भए पनि नागरिकतामा उमेर बढाएर घरका सदस्यले पठाएका थिए । त्यसबेला रु ४५ हजार खर्च गरेर तामाङ कुवेत जानुभएको थियो । सिन्धुपाल्चोक, पाँचखर्कका कर्मा लामा र बतासेका प्रकाश लामा भन्ने व्यक्तिले डोल्मालाई कुवेत पठाउन भूमिका खेलेका थिए । डोल्मा त्यतिबेला कक्षा ६ मा पढ्दै थिइन् । छेकुका एक छोरी डोल्मा र दुई छोरा छन् । छोरामध्ये एक कक्षा १० र अर्कोे कक्षा ८ मा पढ्दै गरेका छन् । रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x