फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
काठमाडाैं | भदौ १६, २०८०
राजनीतिलाई नीतिहरूको पनि सर्वाेत्कृष्ट नीति मानिन्छ । यो देश, समाज र जनताको सेवाको रुपमा समेत चित्रृत छ । तर पछिल्लो समय राजनीति कमाउने भाँडो भयो भन्ने जनगुनासो बढ्न थालेको छ । हुन पनि अहिले उपप्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म बनेकाहरू भ्रष्टाचार र अनियमितता गरेकै अभियोगमा प्रहरी खोरमा छन् । भ्रष्टारका ठूला काण्डहरू एकपछि अर्को गर्दै खेल्दैछन् । यसको टाउको राजनीतिकर्मीसँगै ठोक्किएको अवस्था छ ।
यसै मेसोमा कोशी प्रदेशकी पूर्वउपसभामुख सरस्वती पोख्रेल भने राजनीति गर्नेले राजनीतिलाई पेसा बनाउन नहुने पक्षमा लागेकी छिन् । नेकपा (माओवादी केन्द्री केन्द्रकी केन्द्रीय सदस्यसमेत रहेकी उनी राजनीति गर्न आत्मनिर्भर बन्ने सुर गरिरहेकी छिन् । यसका लागि उनी स्कूल पढाउँछिन् । उनी अहिले इटहरीका दुई विद्यालयकी शिक्षिका बनेकी छिन् । जनता माध्यमिक विद्यालयमा र ईडीयूटेक विद्यालयमा उनले अहिले पढाउने गरेकी छिन् । उनी अहिले दुवै विद्यालयमा कक्षा ११ सामाजिक विषय पढाउन थालेकी छिन् ।
राजनीतिलाई अगाडि बढाउन पढाउन थालेको उनले बताइन् । ‘राजनीति पेशा नभइ सेवा हो । यसर्थ, यसलाई कैले पनि पेशा बनाउनु हुँदैन,’ उनको तर्क छ,‘ आर्थिक पाटोमा आत्मनिर्भर भएपछि मात्रै राजनीतिलाई अगाडि बढाउन सकिन्छ भनेर म अहिले इटहरीका दुईवटा विद्यालयमा कक्षा ११ का विद्यार्थीलाई सामाजिक विषय पढाउन थोलकी छु ।
राजनीतिको विकल्पमा शिक्षक पेशा भने नरोजेको उनले स्पष्ट पारिन् । दोस्रो पेशाको रुपमा शिक्षणलाई रोजेको उनको भनाइ छ । ‘आर्थिक विषयमा पनि सहयोग पुग्ने र जनतामा समेत जोडिन सजिलो हुने भएकाले मैले कक्षा ११ का विद्यार्थीलाई रोजेकी हुँ,’ उनले भनिन् ।
राजनीति गर्नेहरू आत्मनिर्भर भएमात्रै भ्रष्टाचार रोकिने उनको तर्क छ । राजकीय पदमा पुगेपछि अन्य कुनै पेसा व्यवसाय गर्नु हुँदैन भन्ने सोच अब बदल्नुपर्छ,’ उनी थप्छिन्, 'आफ्नो क्षमता र दक्षताले भ्याएसम्म नेताहरूले पनि वैकल्पिक पेशा अँगाल्ने हो भने भ्रष्टाचार नियन्त्रणमा ठूलो मद्दत पुग्छ ।
यस्तो छ राजनीतिक यात्रा
प्रदेशसभाको पहिलो कार्यकालमा उपसभामुख थिइन् पोख्रेल । उनी माओवादी केन्द्रकी समानुपातिक सांसद हुन् । २०७९ को निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ (१) बाट प्रत्यक्ष निर्वाचन लडेकी पोख्रेल नेकपा (एमाले)का रोहितबहादुर कार्कीसँग पराजित भएकी थिइन् ।
प्युठानदेखि काठमाडौंसम्म
प्युठानको झुम्रुक गाउँमा जन्मिएकी पोख्रेलले गाउँकै वाल शिक्षा माध्यमिक विद्यालयबाट एसएलसीसम्मको अध्ययन गरेकी थिइन् । उनी उच्च शिक्षा पढ्नका लागि भने काठमाडौं गएकी थिइन् । उनले पाटन क्याम्पसबाट आइए र बिएसम्मको अध्ययन गरिन् । सोही क्याम्पसमा उनी स्ववियु सभापतिको उम्मेदवारसमेत बनिन् ।
उनी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयबाट पनि स्ववियु सभापतिको उम्मेदवार बनेकी थिइन् । मालेनिकट अखिलबाट स्ववियु सभापतिको उम्मेदवार बनेकी सरस्वतीको लागि निर्वाचन सिकाइ मात्रै बन्यो । उनका लागि निर्वाचन भने अहिलेसम्म अफाबसिद्ध नै बन्ने गरेको छ ।
होस्टलबाटै पक्राउ, जेलबाट परीक्षा
पोख्रेलले राजनीतिमा उचारचढाब भोगेकी छिन् । २०५८ मा कीर्तिपुरको होस्टेलबाटै उनी पक्राउ परेकी थिइन् । तत्कालीन विद्रोही माओवादीले शुरू गरेको सशस्त्र युद्ध चरम उत्कर्षमा पुगेका बेला उनी पक्राउ परेकी हुन् । प्युठानमा जन्मिएकी उनले क्याम्पस पढ्ने क्रममा होस्टेल वार्डेनको कामसमेत गरिन् ।
त्यसपछि उनी ०५७ सालदेखि माओवादीको भूमिगत राजनीतिमा सक्रिय बनिन् । उनी २०५८ भन्दाअघि नेकपा (माले) निकट अनेरास्वियुको केन्द्रीय सदस्यहुँदै एमालेनिकट अनेरास्वियुको पनि केन्द्रीय सदस्य बेनेकी थिइन् । विद्यार्थीको राजनीतिबाट उदाएकी पोख्रेलले डिग्रीको परीक्षा भने जेलबाट दिएकी थिइन् ।
२०५७ मा मेजर अंग्रेजीको मास्टर डिग्रीको अध्ययन गर्दागर्दै उनी भूमिगत भएकी थिइन् । त्यसपछि पक्राउ परेकी उनले जेलबाट नै परीक्षा लेखेकी थिइन् । अंग्रेजीमा स्नातकोत्तर गरिन् । पछि उपसभामुख पदमा रहँदा पनि उनले अर्को विषयमा मास्टर्स गरिन् । उनले राजनीति शास्त्रमा गरेकी हुन् । साथै, उनले एलएलबीको पनि परीक्षा लेखेकी छिन् । तर नतिजा भने आएको छैन ।
एउटा संयोग
जसरी अहिले पूर्वसभामुख पोख्रेल शिक्षिका बनेकी छिन् । तत्कालीन प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी पनि विद्यालयका पूर्वप्रधानाध्यक थिए । उनी धरानको शिक्षा सदन माविका प्रअ थिए ।
प्रअबाट बिदा भएका भण्डारीले सभामुख हुने अवसर पाएका थिए । संयोग कस्तो मिलेको छ कि, शिक्षण पेशा छोडेपछि भण्डारी सभामुख बने भने उपसभामुख छोडेपछि पोख्रेलले शिक्षण पेशा गर्न थालिन् ।
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...